झरनाको त्यो रूप र त्यसबाट आउने त्यो मीठो सङ्गीत सहजै सम्भव भएको होइन ।
झरना मन नपराउने मान्छे कमै हुन्छन् । झरना मन पराइने कारण त्यसको आफ्नै छुट्टै र विशेष अस्तित्वका कारणले हो । पानी झर्दा देखिने विशेष रूप र त्यसबाट सृजित हुने सङ्गीतले गर्दा सायद धेरै मान्छेले झरनालाई मन पराउँछन् ।
तर, झरनाको त्यो रूप र त्यसबाट आउने त्यो मीठो सङ्गीत सहजै सम्भव भएको होइन ।
त्यो मीठो सङ्गीत आउनका लागि पानीलाई निकै कडा चट्टानको डहर भएर हिँड्नु पर्ने हुन्छ । यदि कडा चट्टान भएर पानीले हिँड्न आँट नगर्ने हो र त्यो अनुशासनलाई पालना नगर्ने हो भने झरनाबाट सङ्गीत आउने त कुरै छाडिदिऊँ, झरनाको अस्तित्व पनि रहँदैन ।
अनि देश समृद्ध हुने र जनता सुखी हुने कुरा गफ र अस्वस्थ प्रतिस्पर्धाले आउँदो हो त ? साँच्ची नै समृद्ध देश र सुखी जनता खोजेकै हो भने एउटा पुस्ताले त्याग त गर्नै पर्छ । कडा पथ परेज र अनुशासनमा रहने आँट गर्नु पर्ने हुन्छ ।
हाम्रो देशका पढेलेखेका तथाकथित विद्वानजन, वरिष्ठ प्रशासक, नीति निर्माता र राजनीतिक नेताहरूले यति साधारण सत्य बुझ्ने दिन कहिले आउने होला ?
तस्बिर: लमजुङ जिल्ला, मर्स्याङ्दी गाउँपालिका वडा नं. ४ स्थित अन्नपूर्ण चक्रीय पदमार्ग कै सबैभन्दा ठुलो साङ्गे झरना ।