शुक्रबार , मंग्सिर २३, २०७९

“चालु आर्थिक वर्षमा नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्छ” -निर्देशक घिसिङ

बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन् ।

image

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन् ।

बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै घिसिङले १५ वर्ष पूरा भएका जलविद्युत आयोजनाहरु सम्पन्न हुन लागेकाले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका हुन् ।

घिसिङले अबको ५-६ वर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता हुने बताए ।

१५ हजार मेगावाट विद्युत उत्पादन पुग्दा करिब ५ अर्ब रुपैयाँ विद्युत प्राधिकरणबाट राजश्व संकलन हुने उनको भनाइ छ ।

उनले जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्दा ५० अर्ब राजश्व सरकारलाई तिर्नुपर्ने बताए ।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपाल विद्युत प्राधिकरणमा १५ वर्ष नाघेका प्रोजेक्ट धेरै छन् । कालीगण्डकी १५ वर्ष मागेपछि रोयल्टी नै हामीले १० प्रतिशत तिर्नुपर्छ । क्यापसिटी रोयल्टी हामीले हजार रुपैयाँ पर किलोवाट तिर्नुपर्छ । यसो गर्दा करिब ७० करोड त हामीले एउटा प्रोजेक्टले तिर्नुपर्दो रहेछ । करिब १ अर्ब ७० करोड हामीले प्राधिकरणको प्रोजेक्टहरुले मात्रै रोयल्टी तिर्दा रहेछौँ । अहिलेको व्यवस्था अनुसार रोयल्टीको हिसाव गर्दा १५ वर्ष २ प्रतिशत इनर्जी रोयल्टी र १०० रुपैयाँ क्यापासिटी रोयल्टी छ । १५ वर्षपछि १० प्रतिशत रोयल्टी र हजार रुपैयाँ क्यापसिटी रोयल्टी छ । यसरी हेर्दा करिब १५ वर्षपछिका प्रोजेक्टहरू अब ३ हजार मेगावाट त हुँदैछ । यो वर्ष नै करिव ३ हजार मेगावाटको क्यापासिटी हुन्छ नेपालमा । हामी ५-६ वर्षभित्र करिव १०-१५ हजार मेगावाट क्यापासिटी हुन्छ भनेर क्यालकुलेसन गरेका छौँ । ३ हजार मेगावाट मात्रै भयो भनेपनि करिब ५० अर्बको हामीले रोयल्टी तिर्दा रहेछौँ ।’

उनले जलविद्युत आयोजनाहरुको प्रवर्द्धन गर्नसके राजश्वमा ठूलो योगदान पुग्ने बताए ।

चालु आर्थिक वर्षको ५ महिनामा विद्युत निर्यातमार्फत ११ अर्ब आम्दानी गरेको उनको भनाइ छ ।

सम्बन्धित समाचार