शुक्रबार , मंग्सिर २३, २०७९

मन्दिर छिरेको निहुँमा सुनारमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

image

 बाजुरा । बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा  वडा अध्यक्ष पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन् ।

उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।

त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट भएको भन्दै पीडित सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिएको प्रहरीले जनाएको छ ।

सुनारले निवेदन दिएपछि वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बाजुराका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्यबहादुर थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Tags:

सम्बन्धित समाचार