शुक्रबार , मंग्सिर २३, २०७९

 नेपाली चलचित्र ‘लाखे’ को ट्रेलर सार्वजनिक

 नयाँ नेपाली चलचित्र ‘लाखे’ को ट्रेलर फूलपातिको अवसरमा सार्वजनिक भएको छ ।

image

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘लाखे’ को ट्रेलर फूलपातीको अवसरमा सार्वजनिक भएको छ । सस्पेन्स थ्रीलर विधामा आधारित चलचित्रको ट्रेलर आइतबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कार्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा सौगात मल्ल,अनुप विक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारीको अभिनय रहेको छ  ।

सम्राट बस्नेतको निर्देशन रहेको चलचित्रमा सिजन अर्यालको कथा र निर्माण रहेको छ भने डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) चलचित्रका निर्माता रहेका छन् ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका कोरियोग्राफर कविराज गहतराज]रहेका छन् । चलचित्रमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको सङ्गीत, निर्देशक सम्राटको द्वन्द्व निर्देशन र अर्जुन जिसीको सम्पादन रहेको छ ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको पटकथा आकाश बरालको रहेको छ भने भने सम्वादमा उनलाई अनुप न्यौपाने मदत गरेका छन् । चलचित्रको वितरण कार्य आरआर फिल्मस्ले गर्नेछ ।

भिडियो

Tags:

सम्बन्धित समाचार