शुक्रबार , मंग्सिर २३, २०७९

पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने कम्पनी बन्यो मनकामना दर्शन प्रालि

image

काठमाडौं ।  ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको छ ।  आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत  आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच कम्पनीलाई सम्मान गरेको हो ।

वि.स. २०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपालकै पहिलो मनकामना केवलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केबुलकार सेवा प्रदान गरिसकेको छ ।

यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवलकार प्रालिले करीब रु. ४८ करोड लागतमा मनकामनामा ४० कोठायूक्त सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनी गर्न लागेको जनाएको छ ।

 

सम्बन्धित समाचार