शनिबार , फागुण १९, २०८०

काठमाडौंको नागार्जुनमा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने 

image

काठमाडाैं । काठमाडौंको नागार्जुन नगरपालिकामा नेकपा माओवादी केन्द्र एक्लै चुनावमा जाने भएका छन् । सत्ता गठबन्धनमा संलग्न भएर आफूले केही नपाउने भएपछि गठबन्धनमा रहनुको औचित्य नभएको भन्दै एक्लै चुनावमा जाने छलफल भएको केन्द्रका नगर कमिटी सहसचिव शास्वत सुवेदीले बताएका छन् ।

नेपाली कांग्रेसले उपमेयरको उम्मेदवारी फिर्ता लिए पनि उक्त पद गठबन्धनका कुन दलले पाउने भन्ने टुङ्गो लागेको छैन । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले उपमेयर आफूले पाएको दाबी गरिरहेका छन् । तर कांग्रेसले उम्मेदवारी फिर्ता लिए पनि कसले पाउने भन्ने विषयमा कुनै ठोस निर्णय नभएको सुवेदीले बताए ।

गठबन्धनले गरेको सहमति अनुसार माओवादी केन्द्रले पाउनुपर्ने भए पनि समाजवादी र जसपाले पनि दाबी गरेपछि माओवादीले एक्लै चुनाव लड्ने योजना बनाएको सुवेदीले बताए ।

गठबन्धनले गरेको भागबन्डाअनुसार काठमाडौंमा माओवादीलाई एक मेयर र तीन उपमेयर, समाजवादीलाई एक मेयर र दुई उपमेयर र जसपालाई एक उपमेयर दिने सहमति भएको थियो । जसपाले कीर्तिपुरको उपमेयर पाइसको छ । जसपाले नागार्जुनमा पनि उपमेयर खोजेपछि समस्या भएको हो । सहमति बमोजिम नागार्जुनको उपमेयर आफूले नै पाउनुपर्ने माओवादीको दाबी छ ।

नेकपा माओवादी केन्द्रले नागार्जुनको मेयरमा सरस्वती सुनार उपमेयरमा प्रताप दानीलाई उठाएका छन् ।

नागार्जुनमा नेकपा माओवादी केन्द्रबाट बनेका उम्मेदवारहरू:

१। नगर प्रमुख -सरस्वती सुनार
२। नगर उपप्रमुख-प्रताप दानी

वडा नंं। १
अध्यक्ष- हरि कृष्ण लामा
दलित महिला सदस्य- जुना माया विस्वकर्मा
महिला सदस्य- हिम कुमारी थापा
सदस्य- जुनु माँया सुनुवार खड्का
सदस्य- दिल वहादुर लामा

वडा नंं। २
अध्यक्ष- यलम्वर राई
दलित महिला सदस्- खिनु मायाँ वि।क।
महिला सदस्य- मिरा न्यौपाने
सदस्य- दिनेश नगरकोटी
सदस्य-भुवन लाल श्रेष्ठ

वडा नंं। ३
अध्यक्ष- छत्र वहादुर श्रेष्ठ
दलित महिला सदस्य- प्रमिला लामिछाने कामि
महिला सदस्य- मुरली श्रेष्ठ (मुना)
सदस्य- दिनेश पुतुवार
सदस्य- विष्णु माया भण्डारी (विनु)

वडा नंं। ४
अध्यक्ष- भिम वहादुर अस्लामी मगर
दलित महिला सदस्य-
महिला सदस्य- गोपि वस्नेत
सदस्य- चिनिकाजि महर्जन
सदस्य- न्विन किशोर श्रेष्ठ

वडा नंं। ५
अध्यक्ष- उमेश थापा
दलित महिला सदस्य- सरु सिहं पुर्कोटी
महिला सदस्य- सुष्मा पुतुवार
सदस्य- आकाश पुतुवार
सदस्य- सन्त वहादुर तामाङ

वडा नंं। ६
अध्यक्ष- दिपक श्रेष्ठ
दलित महिला सदस्य-
महिला सदस्य- लक्ष्मी मगर
सदस्य- गम वहादुर क्षेत्रि
सदस्य- रविन्द्र कुमार भट्टराई

वडा नंं। ७
अध्यक्ष प्रभाकर रिमाल
दलित महिला सदस्य- अन्जली विश्वकर्मा
महिला सदस्य- सवित्री कुमारी प्रसाई गौतम (शान्ता)
सदस्य- दिलिप तामाङ
सदस्य- राजु गिरी

वडा नंं। ८
अध्यक्ष- इन्द्र नारायण महर्जन
दलित महिला सदस्य- शान्ता मिजार कोइराला
महिला सदस्य- सोवर्ण वरुवाल
सदस्य- सानु कान्छा लामा
सदस्य- राम चन्द्र मरहट्टा

वडा नंं। ९
अध्यक्ष- रवि विडारी
दलित महिला सदस्य- चिनि माया विशुंके (सुनिता)
महिला सदस्य- अम्विका भारती
सदस्य- मिलन गुरुङ
सदस्य- विनायक वन्धु भट्टराई

वडा नंं। १०
अध्यक्ष- सविना थापा (जमुना)
दलित महिला सदस्य- सरस्वती नेपाली
महिला सदस्य- निर्मला सुवेदी
सदस्य- कृष्ण वहादुर खत्री
सदस्य- शेर वहादुर अधिकारी

सम्बन्धित समाचार