शुक्रबार , मंग्सिर २३, २०७९

अन्तिम संस्कार गरिसक्दापनि जलेन एक वृद्धको मुटु

image

एजेन्सी । भारतको उत्तर प्रदेशको अलिगढ जिल्लाबाट एउटा अचम्मको घटना बाहिर आएको छ ।

चिता जलाएपछि आफन्तले बिहान शवदाह गृहमा हड्डी जम्मा गरिरहेका थिए । यसै क्रममा अचानक मृतक दयारामको मुटु पनि हड्डीसहित फेला परेको आफन्तले बताएका छन् । मृतकको मुटु आफन्तले घर ल्याएपछि गाउँले पनि स्तब्ध भएका थिए । त्यसैको कारण यो घटना वरपरका गाउँमा चर्चाको विषय बनेको छ ।

वास्तवमा यो घटना थाना लोढा क्षेत्रको नौगावान अर्जुनपुर गाउँसँग सम्बन्धित छ । गाउँका ८२ वर्षीय दयाराम उमरको गएराति हृदयघातका कारण निधन भएको थियो । त्यसपछि दयारामको शवलाई विधिपूर्वक जलाइएको थियो । उनको ८२ वर्षको उमेरमा निधन भएपछि परिवारका सदस्य खरानी संकलन गर्न शवदाह गृह गएका थिए । आफन्तका अनुसार यसै क्रममा हड्डी खरानी भइसकेको थाहा भयो तर दयारामको मुटु शरीरमा पहिले जस्तै थियो । यो सुनेर गाउँका सबै स्तब्ध भएका थिए ।

घटनाको जानकारी पाएपछि वरपरका गाउँका मानिसहरु पनि दयारामको मुटु हेर्नको लागि भीड लागेका थिए । अहिले गंगामा हड्डी विसर्जनसँगै मुटु विसर्जन गर्ने निर्णय गरिएको गाउँका सम्भ्रान्त नागरिकले बताएका छन् ।

सम्बन्धित समाचार