शुक्रबार , मंग्सिर १५, २०८०

दयाहाङ र मिरुनापछि फिल्म ‘नांगो गाउँ’मा कार्म र साम्राज्ञी अनुबन्धित

आलोक शुक्लाको छायाङ्कन रहने यस फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकार अभिनय रहनेछ ।

image

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नाङ्गो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कार्मको प्रवेश भएको छ ।

यसअघि फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर अनुबन्धित भइसकेका छन् । आलोक शुक्लाको छायाङ्कन रहने यस फिल्ममा शिशिर वाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकारको समेत अभिनय रहनेछ ।

मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ ।

सम्बन्धित समाचार