शुक्रबार , अषोज १४, २०७९

‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ एकैसाथ प्रदर्शनमा

image

काठमाडौं । आज हलमा दुई नेपाली मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । ‘स्पाइडरम्यान : नो वे होम’ को पुनः प्रदर्शन रोकिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्किन्छ भन्ने सन्देश यस फिल्ममा छ ।

मुकुन भुसाल, केकी अधिकारी र आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्मको गीत यसअघि नै हिट भइसकेको छ । महालक्ष्मी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’ मा आधारित फिल्म बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित फिल्म हो ।

सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई लभस्टोरी रुचाउने दर्शकले मनपराउन सक्छन् । बेलायतमा छायांकन गरिएकाले पनि दर्शकका लागि लोकेसन रुचिकर हुन सक्छ ।

प्रदीप खड्का स्टारर फिल्म प्रकाश शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । वर्ड अफ माउथ बलियो भएकाले फिल्मले दोस्रो साता पनि राम्रो कमाइ गर्ने अपेक्षा छ ।

सम्बन्धित समाचार