शुक्रबार , मंग्सिर १५, २०८०

अस्ट्रेलियामा नेपथ्यको कन्सर्ट यात्रा सम्पन्न

अस्ट्रेलियाका अन्य प्रान्तीय राजधानीभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्त्वको १०७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो ।

image

काठमाडौँ । लोकप्रिय नेपाली सांगितिक ब्याण्ड नेपथ्यले आफ्नो अष्ट्रेलियाको कन्सर्ट भ्रमण सम्पन्न गरेको छ ।

एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया शृङ्खलाबद्ध यात्राको समापन भएको हो । अस्ट्रेलियाका अन्य प्रान्तीय राजधानीभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्त्वको १०७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो ।

शुक्रबार स्थानीय समयअनुसार बेलुकीको ठिक ७ः३० बजे हलका ढोका खुला गरिएको थियो भने ठिक ९ः०० बजेदेखि कन्सर्ट सुरु भएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्यान्ड स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’बाट सुरु गरियो । त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिङ्गो कार्यक्रम अवधिभर जारी रहन पुग्यो ।

कन्सर्टका बेला सधैँजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुबिन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

सम्बन्धित समाचार