काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू कमिशनको खेलमा मात्रै लाग्ने गरेको बताएका छन् ।
शनिबार पशुपतिनाथ क्षेत्रको सरसफाइमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
पशुपति क्षेत्र परिसरमा सफाइ गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरूले “पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने” गरेको बताए ।
मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताए । त्यहाँ जाने दर्शनार्थीहरूले शौचालय आफूलाई सोधेको र आफू पनि खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उनको गुनासो थियो ।