शुक्रबार , मंग्सिर २३, २०७९

पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवा उपलब्ध गराउन निगमको अनुरोध

image

काठमाडौं । नेपाल वायुसेवा निगमले नागरिक उड्डयन प्राधिकरणलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको सेवा  उपलब्ध गराउन निगमले अनुरोध गरेको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।

निगमले हाल गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोही अनुसारको दक्ष जनशक्ति र आवश्यक प्राविधिक र स्रोत साधनको उपलब्धता रहेको जनाएको छ । आफ्नो ग्राउन्ड ह्यान्डलिङ सेवा अन्तर्राष्ट्रियस्तरको रहेको बताएको छ ।

तर प्राधिकरणले भने पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सिधै निगमलाई नदिने बताउँदै आएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले ग्राउन्ड हृयान्डलिङमा धेरै विवाद आएकाले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैंले चलाउने बताएका थिए ।

यसअघि एक कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले भनेका थिए, ‘पोखरा विमानस्थल सञ्चालनको तयारीमा छ यसको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैंले चलाउँछ कि त प्रतिस्पर्धामा निर्णय हुन्छ ।

सम्बन्धित समाचार