शनिबार , फागुण १९, २०८०

तीनै प्रज्ञा–प्रतिष्ठानका कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

शपथ ग्रहण गर्नेहरूमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली रहेका छन् ।

image

काठमाडौँ । नवनियुक्त तीन प्रतिष्ठानका तीनैजना कुलपतिहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ ।

आज बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त कुलपतित्रयलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नेहरूमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छाली रहेका छन् ।

सपथ ग्रहणकै अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले तीनैजना कुलपतिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत  दिएका छन् ।

सम्बन्धित समाचार