शुक्रबार , मंग्सिर २३, २०७९

चितवन २ बाट रवि लामिछाने भारी मतान्तरसहित विजयी

image

काठमाडौं । यही मंसिर ४ गते देशैभर निर्वाचन भएको थियो । हाल कतिपय ठाउँमा मतगणना भइसकेको छ भने कतिपय ठाउँमा जारी रहेको छ ।

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी भएका छन् ।

अन्तिम गणनामा उनले ४९ हजार २६१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् भने एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत पाएका छन् ।

सम्बन्धित समाचार