शुक्रबार , अषोज १४, २०७९

फिल्म ‘राधा’ तस्बिर साउथ एसियन फिल्म फेस्टिभलमा छानियाे

image

काठमाडौं । नेपाली फिल्म ‘राधा’ तस्बिर साउथ एसियन फिल्म फेस्टिभल ‍(टीएसएएफएफ- २०२२) मा छनोट भएको छ ।

फिल्मका निर्देशक सुवर्ण थापाले बिहान फिल्म छनोट भएको इमेल प्राप्त गरेको जानकारी दिए । सियाटलमा नोभेम्बर ३ देखि १३ सम्म हुने महोत्सवमा विश्वका राम्रा सिनेमाहरू छनोट हुन्छन् ।

यसअघि पनि थापाको फिल्म ‘सुनगाभा’ टीएसएएफएफमा छनोट भई पालिक च्वाइस अवार्ड जितेको थियो ।

अघिल्लो साताबाट हलहरूमा प्रदर्शनमा आएको फिल्मलाई हलहरूले कम शो दिएपछि निर्माण टिमले एक साता नबित्दै शो बन्द गरेको थियो । मौलिक कथामाथि बनेको ‘राधा’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्ममा सृष्टि श्रेष्ठ, सौगात मल्ल, खगेन्द्र लामिछाने, दिव्यदेव पन्त, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, बुद्धि तामाङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारको अभिनय छ ।

Tags:

सम्बन्धित समाचार