शुक्रबार , मंग्सिर १५, २०८०

रामेछापको मन्थलीबाट सोलुखुम्बु–लुक्ला उडान हुने

image

काठमाडौं । रामेछापको मन्थली विमास्थलबाट सोलुखुम्बु–लुक्ला उडान हुने भएको छ ।यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरू हुने निर्णय गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

प्राधिकरणको निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवासुविधाका लागि विमानस्थल निर्माणकार्य विस्तार भइरहेको उनले बताए ।

निजी क्षेत्रका हवाइसेवा प्रदायक कम्पनीले यही असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरू गर्ने तयारी गरिसकेका पनि उनले बताए ।

लुक्ला उडान गर्ने यात्रु बढी विदेशी पर्यटक हुने भएकाले रामेछापको मन्थली विमानस्थललाई व्यवस्थित बनाउन आवश्यक रहेको देखिएकाले आवश्यक संरचना तथा सेवासुविधाका लागि निर्माणकार्य तीव्र गतिमा विस्तार भइरहेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार