दसैँका लागि ५६ अर्ब रुपैयाँ बजारमा पठाइएको छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थामार्फत नेपाल राष्ट्र बैङ्कले साना र ठुला दरका नोटहरू बजारमा पठाएको हो ।
काठमाडौं । दसैँका लागि ५६ अर्ब रुपैयाँ बजारमा पठाइएको छ । विभिन्न बैङ्क तथा वित्तीय संस्थामार्फत नेपाल राष्ट्र बैङ्कले साना र ठुला दरका नोटहरू बजारमा पठाएको हो ।
राष्ट्र बैङ्कले यो दसैँमा ५ देखि १०० सम्मका साना दरका नयाँ नोट मात्रै १६ अर्ब रुपैयाँ साटिएको जनाएको छ । गत वर्षको तुलनामा साना दरका नोट बढी साटिएको हो । यो वर्ष साटिएको नयाँ नोट करिब २ अर्ब रुपैयाँले बढी बजारमा गएको बताइएको छ ।
यो वर्ष दसैँमा ४० अर्ब रुपैयाँका ठुला दरका नोट गएको र पुराना नोट बजारबाट आउने गरेको छ । ठुला दरका नयाँ र पुराना दुवै नोट गएका छन् भने साना दरका भने नयाँ मात्रै बजारमा पठाएको राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले धेरै क्षति पुगेका पुराना नोट जलाउने गरेको छ । पछिल्लो एक वर्षमा बैङ्कले प्राप्त ६ अर्ब २९ करोड रुपैयाँ बराबरको नोट जलाएको छ ।