सोमबार , फागुण १४, २०८०

सकियो रातो मच्छिन्द्रनाथको रथयात्रा

image

काठमाडौं । आजबाट रातो मच्छिन्द्रनाथ रथयात्रा जात्रा सकिएको छ ।

वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाएपछि जात्रा सकिने गर्दछ ।

तीन सातासम्म रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्‍याइएको मच्छिन्द्रनाथको रथ भोटो देखाएकै दिन आज मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्‍याइन्छ ।

यसअघि कोरोना महामारीका कारणले हुन् नपाएको भोटो जात्रा यसपालि ललितपुरको जावलाखेलमा शनिबार अपरान्हमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको हो ।

यस्तै, उक्त रथयात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, मन्त्री शशी श्रेष्ठलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए ।

सम्बन्धित समाचार