नमुना महिला संसद् अभ्यास कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त अभ्यास कार्यक्रम चियर्स नेपाल नामक संस्थाले गर्न लागेको हो ।
उक्त संस्थाले देशमै पहिलोपटक २०१४ बाट अभियान सुरु गरेको थियो । राष्ट्रिय मुद्दाहरूमा छलफल र बहस गर्न विभिन्न पृष्ठभूमि र विभिन्न जातिका १०० महिलाहरूलाई जोड्दै नमुना महिला संसद् कार्यकम सञ्चालन गर्न लागेको संस्थाले जनाएको छ ।
कार्यक्रममा नेपालको वास्तविक संसद्को ढाँचालाई पालन गरिनेछ। सहभागिहरूले निर्वाचन प्रक्रियामा डाटाको दुरुपयोग र गलत सूचनाको प्रयोग, बलात्कार र यौन दुर्व्यवहार, विकास प्रक्रियामा निहित विनाश, स्वतन्त्र उम्मेदवारहरूको उदयलगायतका अन्य धेरै विषयहरूमा छलफल र बहस गर्नेछन् ।