शुक्रबार , अषोज १४, २०७९

प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

image

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनको उक्त सिट बाँडफाँट कार्यदलको बैठक आज दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।

बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले तिन सिटको दाबी पेश गरेका छन् ।

कार्यदलको बैठकले प्रतिनिधिसभाका एक सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्नेछ । बैठकले विस्तृत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शीर्ष नेताले अन्तिम निर्णय लिनेछन् ।

सम्बन्धित समाचार