सोमबार , फागुण १४, २०८०

शिवरात्रिमा मात्रै खुल्ने भक्तपुरका मन्दिरहरू

भक्तपुरमा पनि शिवरात्रिकै दिन मात्र दर्शन पाइने केही महादेवहरू छन् । ती महादेवको दर्शनका लागि सर्वसाधाराणले शिवरात्रि नै पर्खिनुपर्ने हुन्छ ।

image

आज फाल्गुन कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि, देशभरका शिवालय मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आज देशभर र बाहिरबाट पनि पशुपतिनाथको दर्शनका लागि भक्तजनहरू भित्रिने क्रम जारी छ । भक्तजनहरू आज शनिबार बिहान ३ बजेदेखि नै लाइनमा बस्न थालेपछि आज पशुपतिनाथ मन्दिरका चारैवटा ढोका दर्शनका लागि खुला गरिएको छ ।
यस्तै, भक्तपुरमा पनि शिवरात्रिकै दिन मात्र दर्शन पाइने केही महादेवहरू छन् । ती महादेवको दर्शनका लागि सर्वसाधाराणले शिवरात्रि नै पर्खिनुपर्ने हुन्छ, जो यस प्रकार छन् ।

गुरु दत्तात्रेय

ताचपल महादेव

रत्नेश्वर महादेव

विरभद्रेश्वर महादेव

विश्वेश्वर महादेव

यक्षेश्वर महादेव

शिलु महादेव

सम्बन्धित समाचार