अभिनेता सुकुमारनको जन्मदिनको उपलक्ष्यमा सोमबार चलचित्रको पहिलो झलकसहितको पोस्टर सार्वजनिक गरिएको छ ।
काठमाडौं । लोकप्रिय दक्षिण भारतीय कलाकार पृथ्वीराज सुकुमारनको आउँदो चलचित्र ‘खलिफा’को छायाङ्कन नेपालमा पनि गरिने तय भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको छायाङ्कन नेपाल, यूएई र भारतमा हुनेछ । अभिनेता सुकुमारनको जन्मदिनको उपलक्ष्यमा सोमबार चलचित्रको पहिलो झलकसहितको पोस्टर सार्वजनिक गरिएको छ ।
नेपालमा समेत चलचित्र छायाङ्कन हुने जानकारी दिँदै कार्यकारी निर्माता जिनु अब्राहमले भने, ‘खलिफा बदलाको कथावस्तुमा बन्ने रिभेन्ज चलचित्र हो । ठुलो बजेट र ठुलै क्यानभासमा चलचित्र बन्नेछ । यो स्टाइलिस मास थ्रिलर चलचित्र हुनेछ । नेपाल, केरला र युएईमा चलचित्रको सुटिङ हुनेछ ।’
स्क्रिप्ट लेखक समेत रहेका कार्यकारी निर्माता जिनु अब्राहम र अभिनेता सुकुमारनले यसअघि ‘जोन’ र ‘कडुवा’ नामक दुई चलचित्रमा सहकार्य गरिसकेका छन् । जसको छायाङ्कन पनि विदेशमै गरिएको थियो ।
निर्माता जिनुले अहिले स्क्रिप्टमा काम भइरहेको र अङ्ग्रेजी नयाँ वर्षदेखि छायाङ्कन सुरु हुने जानकारी दिएका छन् । चलचित्रमा वैशाखको निर्देशन रहनेछ ।