यस पर्वले हामीलाई ऋणमा डुबेर नबस्न, आफूसँग भएको धन सम्पत्ति बचाएर राख्न, आफ्नू धर्मकर्ममा रहेर आआफ्न्प्प व्यवसाय गर्न हौसला बढाउन खोजेको छ ।
नेवार समुदायले आज धनलक्ष्मी को पूजा गर्दै स्वन्ति(तिहार) मनाउँदैछन् ।
नेपालमा १६ लक्ष्मी पुज्ने प्रचलन छ । नेपाल सम्वत को अन्तिम दिन धनलक्ष्मी को पूजा गर्दै कारोवारहरू को लेखाजोखा गर्दै स्वन्ति मनाउने परम्परा रहेको छ ।
धनलक्ष्मीको चित्र हातै ले तयार गरिन्छ । पु (चित्रकार) हरू ले थासा(काठको ब्लक)मा छापेर हातै ले लक्ष्मीको चित्र मा रंग भर्ने गर्छन् । तर, हाल भारत बाट आयातित लक्ष्मी का चित्रहरु का कारण धनलक्ष्मी को चित्र ओझेलमा परेको छ ।
भारत बाट आयातित लक्ष्मीको चित्र वैष्णव सम्प्रदाय सँग मिल्छ । लक्ष्मी पूजा मा भारत मा विष्णुकी अर्धाङ्गिनीका रुपमा लक्ष्मी को आराधना गर्छन् । तर, नेपालीहरू ले पुज्ने लक्ष्मी विष्णुकी श्रीमती लक्ष्मी नभई धनलक्ष्मी रहेको बताइन्छ ।
धनलक्ष्मी को बाहन का रुपमा कछुवा लाई पुजिँदै आएको छ । कछुवा ढिलो हिँड्ने भएकाले त्यसमा सवार धनलक्ष्मी ले जथाभावी धन खर्च गर्दिनन्, कछुवाले धन संचय गर्न सिकाउने विश्वास छ । यसैसम्बन्धमा बद्रीनाथ कायस्थको यो लेख पढौं- सम्पादक;
स्वन्ति नख: स्वन्हुं तिथि ( तीन तिथि हरू ) को चाडपर्व भन्ने प्राय सबै विद्धानहरू को भनाइ छ । यसमा तीन तिथि प्रष्ट छ ।
⁃ १.कौला गा आमाई तिथि ( कार्तिक कृष्ण पक्ष औँसी ) को दिन लक्ष्मी पूजा गरिन्छ ।
⁃ २. कछला थ्व पारु तिथि ( कार्तिक शुक्ल पक्ष प्रतिपदा ) को दिन म्ह पूजा गरिन्छ ।
⁃ ३. कछला थ्व द्वितीया तिथि ( कार्तिक शुक्ल पक्ष द्वितीया ) को दिन किजा पूजा गरिन्छ ।
यसरी तीन तिथिहरू मा मनाउने हुनाले यस पर्व लाई स्वन्ति नख: = स्वन्हु+ तिथि नखलाई छोटकरी मा स्वन्ति नख: भनेको हो भन्ने भनाइ ठिकै देखिन्छ ।
यी तीनै दिनको आआफ्नु महत्त्व रहेको पाइन्छ ।
आज म पहिलो चौला गा आमाई तिथि ( कार्तिक कृष्ण पक्ष औँसीको) को दिन गरिने लक्ष्मी पूजा को बारेमा चर्चा गर्न गइरहेको छु ।
१.. लक्ष्मी पूजा भनेको के हो ?
साधारण त लक्ष्मी पूजा भन्नाले औँसीको रातमा झलमल बत्ती बालेर धनलक्ष्मी लाई सम्मानका साथ धर भित्र भित्र्याएर पूजा गरेर सुखरात्री मनाउने हो । नेवा धार्मिक ग्रन्थहरूमा लक्ष्मी र धर्मराज को संवाद बाट लक्ष्मी पूजा को महत्त्व प्रस्टाउन खोजिएको भेटिन्छ । यसमा घरको महिला ले शक्ति साधना गरी धर्ममा रहेर काम कर्तव्य गर्ने र लक्ष्मी लाई प्रसन्न पारेर घर भित्र्याउन आवश्यक स्वच्छता कायम राख्न सरसफाइ, राम्रो घर व्यवहार , आफू र आफूसँग भएको धन सम्पत्ति को सम्मान र बचौट को साथ साथै राम्रो सदुपयोग गर्न यस चाडपर्व मा जोड दिएको पाइन्छ । यहाँ धन सम्पत्ति संरक्षण र बचाएर सदुपयोग गर्ने काम घरको महिलाको धर्मकर्म , सरसफाइ, घरायसी व्यवहार, घरको सबै सँगको मेलमिलाप, आदि कुराहरू मा भरपर्ने प्रस्ट्याउन खोजिएको छ । यसबारेमा धेरै अध्ययन हुन अझै बाँकी नै छ ।
२.. लक्ष्मी पूजा मा के को पूजा गरिन्छ ?
भनिन्छ, ‘औँसीको दिन मा गरिने लक्ष्मी पूजा खासमा धनलक्ष्मी को पूजा हो ।’ यहाँ धनलक्ष्मी भनेको आफूले बचौट गरेको धन सम्पत्ति भनेर परिभाषित गरिएको पाइन्छ । त्यसकारण लक्ष्मी पूजा गर्ने भनेको साधारण मानिसहरू ले बचाएर राखेको धन सम्पत्ति को पूजा गर्नु हो ।
२.१. परापूर्व काल देखि नै नेवा समुदाय का घरपरिवार सँग हुने धन सम्पत्ति भनेको के त भन्दा खेरि तीन वस्तुहरू देखिन आउँछ । ती हुन:- नेवा समुदाय मा किसानहरू को, परिवार को धन सम्पत्ति भनेको उनीहरूको मेहनत बाट उत्पादन गरेको अन्न उत्पादन लाई मुख्य मानिन्थ्यो । त्यसमा पनि यस सिजनमा धान चामल भन्ने मुख्य देखिन्छ ।त्यस कारण पूजामा माना पाथीमा धान चामल राखिन्छ ।
२.२. नेवा समुदाय मा विशेष व्यवसाय गर्नेहरू को कमी थिएन र उनीहरूको मुख्य धन सम्पत्ति भनेको आआफ्नु व्यवसाय बाट उत्पादन गरेको सामानहरू जसमा भाँडा कुँडा , गरगहनाहरू, मूर्तिहरू आदि पर्दछन् । यसमा कलाकार व्यवसाय गर्नेहरूको कलाकृति लाई पनि धन सम्पत्ति मा लिइन्छ । त्यस कारण पूजामा गरगहना पैसा राखिन्छ ।
२.३. नेवा समुदाय मा यी स्थानीय स्तरमा उत्पादन भएको वस्तुहरू को व्यापार गर्ने परिवार र समूहहरू पनि धेरै थिए । यी व्यापारीहरू मूलभूत रूपमा व्यापारमा संलग्न भएको पाइन्छ । यी व्यापारीहरू ले साहुजी भनेर विशेष उपाधि प्राप्त गरेका थिए । यिनीहरू को लागि व्यापार को नाफा नोक्सान को लेखौट भएको बहिखाता समेत पूजा मा राख्ने प्रचलन छ ।
३.. लक्ष्मी पूजा मा धन सम्पत्ति को रूपमा के-के सामाग्रीहरू पूजा गर्न राखिन्छन् ?
३.१. नेवा समुदाय को किसानहरू आफ्नू मेहनत र सिपमा प्रसिद्धि पाएको र आफ्नू खेतबारी मा मेहनत गरेर प्रशस्त फलाएर घरमा भित्र्याइएको अन्न नै धन सम्पत्ति हो ।त्यस कारण पूजा मा माना पाठीमा धान चाँवल भरेर राखेर धन्यवाद भनेर पूजा गरिन्छ । साथ मा गरगहना , रुपैयाँ पैसा, अन्य धन सम्पत्ति को सामानहरू र कागजहरू पनि राखिन्छन् ।
३.२. नेवा समुदाय मा आआफ्नु व्यवसाय गर्ने घरपरिवार सदस्यहरू सिपवान्, कलायुक्त र मेहनती कलाकार र श्रमजीवीहरू को लागि आआफ्नु कला र व्यवसाय बाट उत्पादित वस्तुहरू नै आआफ्नु धन सम्पत्ति हो । तिनीहरू त्यही धन सम्पत्ति राखेर पूजा गर्दथे । साथमा गरगहना, रुपैयाँ पैसा, माना पाथीमा धान चामल आदि आफूसँग भएको धन सम्पत्ति को पूजा गर्ने प्रचलन जस्तो लाग्दथ्यो । उदाहरण को लागि: माटोको काम गर्ने अवाले प्रजापतिहरूको लागि माटोको भाँडा कुँडाहरू, माटोको मूर्तिहरू, इँटामा बनाउने बुट्टाहरू, डिजाइनहरू आदि सबै धनसम्पत्तिहरू हुन् ।
तामा पितलको काम गर्ने तमौट ताम्राकार आदि धेरैको लागि तामा पित्तल को भाँडा कुँडा बनाउने मूर्तिहरू बनाउने वा अन्य सामान तैयार पारेको नै आफ्नू धन सम्पत्ति हो ।
सुन चाँदीको काम गर्ने शाक्य र सुनारहरू को सुन चाँदीको भाँडा कुँडा, गहनाहरू, मूर्तिहरू आदि बनाएको नै वहाँहरूको धन सम्पत्ति हो ।
त्यस्तै डकर्मी सिकर्मीहरू को काम र काठको काम गर्ने शिल्पकार आदि सबैको काठको मूर्ति बनाउने, फर्निचर बनाउने, घरको झ्याल ढोका आदि बनाएर पाउने पैसा नै वहाँहरूको धन सम्पत्ति हो । यहाँ सम्म कि चित्रकारहरूले चित्र बनाउने, रन्जितकारले कपडा छाप्ने, स्थापितहरूले डिजाइन बनाउने, सुजिकार (सूचिकार)हरूको लुगाहरू सिलाउने आदि धेरै प्रकार को कला कृति बनाउने , विभिन्न आवश्यक सामाग्रीहरू बनाउने कालिगडहरू को उत्पादनहरू आआफ्नु धनसम्पत्तिहरू हुन् ।
यो सबै कुराहरू हेर्दा हामी परापूर्व काल देखि आत्मनिर्भर थियौँ र यी चाडपर्वहरू रमाइलो सँग मनाउन सक्षम रहेको हाम्रो इतिहास ले देखाउँछ ।
३.३. हामी आआफ्नु र समाज को आवश्यकता लाई बुझेर, महत्त्व दिएर, सबैको सन्तुष्टि र सुविधा जनक वस्तुहरू तैयार पारेर, एक अर्का लाई फायदा पुर्याउन खोजिरहेका थियौँ भन्ने झल्कन्छ जुन महत्त्वपूर्ण थियो ।
३.४. त्यसमा झन् व्यापार व्यवसाय मा लागेको नेवा समुदाय को व्यापारीहरू ज्यादै मेहनती, लगनशीलता र धर्मको ख्याल राखेर इमानदारी का साथ सफलता पूर्वक व्यापार गरिआएको हाम्रो इतिहास यी चाडपर्वहरू ले झल्काएको पाइन्छ ।
त्यस कारण हामीले यी चाडपर्वहरू मनाउँदा यसबाट हामीले पाइआएको फायदाहरू र पुर्याईआएको सहयोग र सद्भावनाहरू लाई पनि सम्झेर अगाडि बढ्नु पर्ने अवस्था आएको छ । यसमा नेतृत्व नेवा समुदाय को अग्रजहरूले नै लिनु पर्ने अवस्था आएको छ । नत्र देशको हालत बिग्रँदै जाने बाटो अपनाएको जस्तो भान हुन्छ ।
४.. यसरी हामीले लक्ष्मी पूजा भनेको आफ्नू धन सम्पत्ति को धनलक्ष्मी माता को पूजा गर्ने हो ।
४.१. हामीहरू को धन सम्पत्ति भनेको किसानहरू को उत्पादन, व्यवसायीहरूको उत्पादन, कलाकारहरूको मेहनत को फल , हाम्रो शक्ति पीठहरू बाट प्राप्त शक्ति बाट जीवन सफलताका साथ जिउन सक्षम भई मेहनतका साथ गरिआएको आआफ्नू व्यवसायहरू नै हुन्, जसलाई सुधार गरी विकास गरी पूर्ण रूपमा लक्ष्मी आर्जन गरी लक्ष्मी लाई घरभित्र भित्र्याउने काम गरिआएका छौँ । यसरी नै आफूलाई आत्मनिर्भर राख्ने हाम्रो आफ्नै उत्पादनहरू लाई आफ्नू धन सम्पत्ति मानेर सच्चा धनलक्ष्मी को पूजा गर्न सकेमा पूजा को सार हुनेछ ।
४.२. घरपरिवार को दैनिक आय व्यय रुपैयाँ पैसा राख्ने सानो कन्तुर लाई धन्यवाद दिँदै पूजा गर्ने ।
४.३. घर परिवार को धन सम्पत्ति, गरगहना , सुनचाँदी , आदि राख्ने ठुलो गह्रुँगो काठको सन्दुक लाई धन्यवाद दिँदै पूजा गर्ने ।(आजकाल को सेफ भने जस्तै ।)
४.४. घर परिवार को धन सम्पत्ति को हिसाबकिताब राख्ने बहिखाताहरू जसमा सालको आम्दानी खर्च को बहिखाता , लेनदेन को बहिखाता , र आफ्नू सर सम्पत्ति को बहिखाता सबै राखेर साल तमाम भएको मा धन्यवाद दिँदै पूजा गर्ने ।
४.५. अन्य धन सम्पत्ति पशुधन, वनजंगल धन, जग्गाजमिन धन सम्पत्ति, आदि सबै धन सम्पत्ति लाई सम्झेर धन्यवाद दिँदै पूजा गर्ने।
यिनीहरू सबै कुराहरू लाई धन लक्ष्मी मानेर पूजा गर्ने हो । यसमा मूर्ति को पूजा र देवताको पूजा गर्ने चलन पछि पछि थपिँदै गएको भान हुन्छ ।यसमा आफूसँग भएको आफ्नू धन सम्पत्ति लाई धनलक्ष्मी मानेर धन्यवाद दिँदै पूजा गर्ने हो । तर आजकाल आएर सुनको नयाँ गणेश लक्ष्मी को मूर्ति , सुनको चाँदीको पैसा , आदि पनि राख्ने चलन बढ्दै आइरहेको छ ।
५.. यसमा हामीले इतिहास को एउटा कुरा कहिले पनि बिर्सनु हुँदैन । त्यो हो शंखधर साख्वाले चलाएको नेपाल संवत् लाई ।
५.१. कारण यसले हामीलाई ऋणमा डुबेर नबस्न, आफूसँग भएको धन सम्पत्ति बचाएर राख्न, आफ्नू धर्मकर्म मा रहेर आआफ्नु व्यवसाय गर्न हौसला बढाउन खोजेको छ ।
५.२. अर्को कारण हामी सबैलाई ऋण मुक्त गरी नयाँ नेपाल संवत् चलाएको छ । जसले गर्दा प्रत्येक वर्षको अन्तिम दिनमा आफ्नू धन सम्पत्ति भित्र्याएर, लेखाजोखा गरेर, सम्मान का साथ पूजा गरेर राख्ने प्रथा चलाएको छ ।
५.३. अर्को कारण हामी आफूसँग जे छ त्यसमा खुसी भएर दीप बत्ती बालेर सो अँध्यारो रात्रि लाई सुखरात्री को रूपमा मानिआएका छौँ ।
६.. यो स्वन्ति नख : को लक्ष्मी पूजा को अभिप्राय:-
६.१. हामी सबै आआफूसँग भएको धन सम्पत्ति मा गर्व गरौँ मानसम्मान गरी पूजा गरौँ ।यसको अरू विकास कसरी गर्ने भन्नेतिर ध्यान दिऊँ ।
६.२. हामी सबै आआफ्नु व्यवसाय गरी देशलाई आत्मनिर्भरता तिर लैजाने कोसिस गरौँ । यसबाट हाम्रो पुर्खाहरू पनि धेरै खुसी हुनेछन् ।
हाम्रो आउने सन्तानहरूले पनि आत्मनिर्भरता का साथ आआफ्नु व्यवसाय सञ्चालन गर्न सकोस् ।
६.३. नेवा समुदाय को सङ्घर्षवादी एउटा मुख्य दर्शन र सिद्धान्त हो । यसले हामीलाई शक्ति पीठहरू को शक्ति पूजाहरू गरी शक्ति प्राप्त गरी सङ्घर्षमय जीवन सफलताका साथ जिउन सक्षम हुन प्रेरित गरेको छ । त्यस कारण आआफ्नु व्यवसाय मा मेहनत गरी आवश्यक सङ्घर्ष गरी अगाडि बढ्न हौसला दिन्छ । हामी सबै यही अभिप्राय लाई ध्यानमा राखी यो स्वन्ति नख : को लक्ष्मी पूजा सम्पन्न गरौँ । धन्यवाद छ !