बिहिबार , मंग्सिर २१, २०८०

टीकापुर साहित्य महोत्सव आयोजना हुँदै

image

काठमाडौं । कैलालीमा टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ । यही चैत २५ गतेदेखि २७ गतेसम्म टीकापुर साहित्य समाजले महोत्सव आयोजना गर्न लागेको हो ।

समाजका अनुसार नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सभ्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रूपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्त्विक सम्पदा, प्रकृति, पर्यटन तथा सामाजिक विकासका सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा साहित्य, कला र संस्कृतिसम्बन्धी २१ वटा अन्तर बहसका सत्रहरू सञ्चालन गरिने जनाइएको छ । हरेक दिन सात/सात सत्रहरू सञ्चालन गर्ने गरी तयारी थालेको समाजले बताएको छ ।

सम्बन्धित समाचार