काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने खर्च पछिल्लो सात महिनामा दुई गुना बढेको छ । आइतबार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा विदेशी पर्यटकले ३२ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका छन् ।
अघिल्लो वर्ष यो अवधिमा विदेशी पर्यटकले १५ अर्ब ५४ करोड खर्च गरेका थिए ।