सरकारले चुक्ता पुँजी घटाएपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।
काठमाडौं । बागमती प्रदेश सरकारले ट्रेकिङ कम्पनीको चुक्ता पुँजी घटाएको छ । प्रदेश पर्यटन ऐन २०७८ ले ट्रेकिङ कम्पनीको चुक्ता पुँजी २५ लाखबाट दोब्बर बढाएर ५० लाख रुपैयाँ बनाएको थियो ।
नयाँ निर्णयअनुसार चुक्ता पुँजी २५ लाख नै कायम भएको छ । ऐन जारी भएदेखि नै पर्यटन व्यवसायीहरूले चुक्ता पुँजी घटाउन बारम्बार लबिङ गर्दै आएका थिए ।
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)को पुरानो कार्यसमिती चुक्ता पुँजी घटाउन गरिरहेको पहललाइ नयाँ कार्यसमितिले समेत निरन्तरता दिँदै पर्यटन क्षेत्रका समस्याहरू समाधान गर्न सङ्घ र प्रदेश सरकारलाई दबाब बढाएका थिए ।
टानका नवनिर्वाचित अध्यक्ष निलहरी बास्तोला नेतृत्वको टोलीले केहीदिन अघि पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पनि साक्षात्कार गरेका थिए । उक्त भेटमा पर्यटन क्षेत्रका थुप्रै समस्याहरूको बारेमा टानको टोली र मन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।
टानका पदाधिकारीहरूले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठसँग पनि विभिन्न चरणमा छलफल गरेका थिए । टानका नवनिर्वाचित अध्यक्ष निलहरी बास्तोलाले आफू निर्वाचित भएपछि चुक्ता पुँजी घटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सरकारले चुक्ता पुँजी घटाएपछि पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।