शुक्रबार , अषोज १४, २०७९

ट्विटरमा अरेस्ट जुबिन नौटियाल ट्रेन्डमा

ट्विटरमा अरेस्ट जुबिन नौटियाल पछिल्ला केही दिनदेखि पहिलो नम्बरमा ट्रेन्ड गरिरहेको छ । जुबिन नौटियालको नामको यो ह्यासट्यागमा हजारौँ ट्विट गरिएको छ, जसको माध्यमबाट गायकलाई गिरफ्तार गरिनुपर्ने माग राखिँदैछ । तर आखिर यस्तो किन भइरहेको छ, आउनुहोस् बुझौँ यो रिपोर्टमा ।

image

बोयकट बलिउडले पछिल्लो केही समयबाट सामाजिक सञ्जालदेखि लिएर सिनेमाघरसम्म आपत् मचाएको छ । तर अब यसैबिच सामाजिक सञ्जालमा बलिउड चलचित्र उद्योगका लोकप्रिय गायक जुबिन नौटियाल पनि लगातार ट्रेन्ड भइरहेका छन् । अब तपाईँलाई लाग्ला कि यसमा नयाँ के छ किनकि जुबिन अक्सर आफ्नो गीतका कारण ट्रेन्डमा रहने गर्छन् । तर यस पटक कुरा बेग्लै कछ , जसले उनको करियरका साथै उनको छविमा समेत दाग लगाउन सक्छ । ट्विटरमा अरेस्ट जुबिन नौटियाल पछिल्ला केही दिनदेखि पहिलो नम्बरमा ट्रेन्ड गरिरहेको छ । जुबिन नौटियालको नामको यो ह्यासट्यागमा हजारौँ ट्विट गरिएको छ, जसको माध्यमबाट गायकलाई गिरफ्तार गरिनुपर्ने माग राखिँदैछ । तर आखिर यस्तो किन भइरहेको छ, आउनुहोस् बुझौँ यो रिपोर्टमा ।

बलिउडको धेरै चलचित्रमा र साङ्गीतिक एल्बममा आफ्नो आवाजको जादु चलाउने जुबिनलाई कन्सर्टहरूका लागि ट्रेन्ड गरिरहेको देख्नु भएको होला । तर यस पटक ‘राता लम्बिया’, ‘दिल गल्ती कर बैठा है’ जस्ता चर्चित गीत गाइसकेका जुबिन आफ्नो आउँदो कन्सर्टका कारण नेटिजन्सको निशानामा आएका छन् । मान्छेहरूले उनलाई निकै ट्रोल गरिरहेका छन् । उनको समस्या केवल ट्रोलमा मात्र सीमित छैन, ट्रोल गरिनुका साथै पुलिससँग उनलाई गिरफ्तार गर्ने माग समेत राखिँदैछ । यसको एउटा ठुलो कारण रहेको छ । ट्विटरमा जुबिन नौटियालको आउँदो कन्सर्टको एक पोस्टर भाइरल भइरहेको छ, जसले उनलाई समस्या सिर्जना गरिरहेको छ ।

जुबिनको आउँदो कन्सर्टको यो पोस्टरमा लेखिएको आयोजकको नामलाई लिएर सामाजिक सञ्जालमा यो बबाल सुरु भएको हो । नेटिजन्सहरुले लगातार यो पोस्टर शेयर गर्दै दावा गरिरहेका छन् “जय सिंह नामक यी व्यक्ति खासमा भारतका वान्टेड अपराधी रहेका छन् ।” सञ्जाल प्रयोगकर्ताका अनुसार ती व्यक्ति जय सिंह नभएर रेहान सिद्दीकी रहेका छन् । जय सिंहको नामले गर्दा नै यो सारा बबाल भएको हो । सामाजिक सञ्जालमा दावा गरिँदैछ की जय सिंह एक अपराधी हुन्, जसको खोजी पुलिस करिब ३० वर्षदेखि गरिरहेको छ । ऊनीमाथि लागूऔषध ओसारपसारदेखि खालिस्तानलाई समर्थन गरेको लगायतका धेरै गम्भीर आरोप छन् । यसका साथै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनी पाकिस्तानी खुफिया एजेन्सी ‘आईएसआई’सँग जोडिएको आरोप समेत लगाएका छन् ।

सामाजिक सञ्जालमा बाक्लो प्रशंसक रहेका जुबिनमाथि प्रयोगकर्ताले देशद्रोही भएको सम्म आरोप लगाएका छन् । उनीहरूले भनेका छन् “जुबिन देशद्रोहीहरूको कन्सर्ट गर्छन् । यो देशको विरुद्ध रहेको छ र यस्तो अवस्थामा उनलाई गिरफ्तार गरिनु पर्छ ।” यति मात्र होइन जुबिनको बहानामा एकपटक फेरी प्रयोगकर्ताले बलिउडलाई घेर्ने मौका पाएका छन् । केही मान्छेहरूले जुबिनका अलावा अरिजीत सिंहको नाम पनि यसमा मुछिरहेका छन् । मान्छेहरूका अनुसार अरिजितले पनि जय सिंह नामक व्यक्तिसँग कन्सर्ट गरेका थिए । अब यो मामिला अगाडी कहाँसम्म पुग्छ र यसमा को-को मुछिन्छन् भन्ने कुरा हेर्न भने बाँकी छ ।

Tags:

सम्बन्धित समाचार