काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फूयालको एकल इजलासले प्रमाणीकरण नगर्नुको कारण पेस गर्न आदेश दिएको हो ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै रिट परेको थियो ।
राष्ट्रपतिविरुद्ध अधिवक्ता डा. सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरूले रिट दायर गरेका थिए ।
सर्वोच्चको आदेशअनुसार राष्ट्रपतिले लिखित जवाफ पेस गर्नुपर्ने छ ।
राष्ट्रपति भण्डारीले संसदबाट दाेस्राे पटक पारित गरि पठाएकाे विधेयक प्रमाणिकरण नगरेपछि उनीमाथि संवैधानिक एवम् नैतिक प्रश्न समेत उठेकाे छ ।