सोमबार , फागुण १४, २०८०

विश्वकप फुटबल : आजबाट दोस्रो चरणका खेल सुरु हुँदै

image

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आजबाट दोस्रो चरणका खेल सुरु हुँदैछ । पहिलो खेल समूह ‘बी’ को इरान र वेल्सबीच हुँदैछ ।

नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे अहमद बिन अली रंगशालामा यी दुईको खेल हुनेछ ।

दोस्रो खेल समूह ‘ए’ को कतार र सेनेगलबीच हुँदैछ । आयोजक राष्ट्र कतारले पहिलो खेल हारेकाले निकै दबाब हुनेछ । यो खेल अल थुमामा रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।

आजको तेस्रो खेल समूह ‘ए’ कै नेदरल्याण्ड र इक्वेडरबीच हुनेछ । यी दुईको खेल राति ९ः४५ बजे हुनेछ । यी दुबैले आफ्नो समूहको पहिलो खेल जितेका छन् ।

आजको अन्तिम खेलमा समूह ‘बी’ का इंग्ल्याण्ड र अमेरिकाबीच हुँदैछ । राति १२ः४५ मा अल बेत रंगशालामा यी दुईबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचार