बुधबार , साउन ९, २०८१

य: मरि पुन्हि, आत्मनिर्भर र धन धान्य सम्पन्न को प्रतीक !

image

य: मरि पुन्हि पर्व लाई नेपाल मण्डलमा एउटा महत्वपूर्ण पर्व को रुपमा हेरिन्छ । यो पर्व मनाउनु पर्ने धेरै कारणहरु देखिन्छन् । त्यस मध्येको तीन मुख्य कारणहरुको बिशेष चर्चा गर्न गइराखेका छौं । धार्मिक र ऐतिहासिक कारणहरु अर्को मा चर्चा गरिने छ । यो पर्व मनाउन को कारण केही मात्रा मा फरक पर्न गएको पनि पाईन्छ । तर यस्बाट मौलिक संस्कृति मा असर पर्न भएन । यस पर्वको मौलिक संस्कृति जारी रहने गरी यो पर्व मनाउन आबश्यकता देखिन्छ ।

१. सबभन्दा पहिले नेपाल कृषि प्रधान देश हो । त्यस्मा पनि नेपाल मण्डल त झन धानबाली को लागि प्रख्यात नै हो । सोही धानबाली बाट उत्पादन भएको धान भित्र्याएर, मोही र तहलसिं सबैको घर घरमा भकारी भरेर, बर्षभर मनाउने चाडपर्बहरु र घरपरिवार लाई आबश्यक खाद्यान्न प्रसस्त मात्रा मा उपलब्ध भएको उपलक्क्ष मा यो य: मरि पर्व मनाउनु मुख्य र पहिलो कारण मानिन्छन् ।

नेपाल मण्डलमा शक्ति पीठहरु र मठ मन्दिर का जग्गाहरु मोहीको रुपमा कृषकहरु ले खेतीपाती गरी यस्को उत्पादन र आम्दानी बाट शक्ति पीठहरु को र मठमन्दिरहरुको पूजाहरु र जात्राहरु संचालन गर्न पुजारीहरु को आबश्यक पूजा सामग्री र खाद्यान्न ब्यबसाय गरिन्थ्यो । त्यस्तै ब्यापारीहरु र ब्यबसाय गर्नेहरुको जग्गाहरु पनि मोहीले खेतीपाती गरी सबैको घर घरको अन्न भकारीहरु भरिने गर्दथ्यौ । यसरी कृषकहरु लाई मोहीको रुपमा खेतीपाती गर्न दिने प्रचलन् थियो । कृषकहरु ले मोहीको रुपमा जग्गा कमाएको बदलामा भएको उत्पादन को आधा भाग आफुले राख्ने र आधा भाग तहलसिं लाई बुझाउने सम्झौता गर्ने चलन थियो । यो ब्यबस्था ले गर्दा सबैको घरमा भकारी भरिने गर्दथ्यौ । यस हिसाबले य: मरि पुन्हि पर्व सबैले आआफ्नु धरहरुमा धानबाली र अन्य बालीहरु भित्र्याँएर भकारी भरेपछि सोही उपलक्षमा सबै मिलेर घर घरमा यो चाड मनाई आएको देखिन्छ ।

१.१. यस मोही – तहलसिं प्रणाली मा सबभन्दा राम्रो कुरा दुबै समूह को घरमा अन्न ले भकारी भरिने गर्दथ्यौ । यस्मा जमिदार र रैति को भावना थिएन । खेतीपाती गर्ने किसानहरु ले आआफ्नु ईच्छा ले शक्ति पीठहरु र मठ मन्दिर को गुठीहरु को जग्गा ब्यापारीहरुको ब्यक्तिगत जग्गाहरु र ब्यबसाय गर्नेहरु को जग्गाहरु मा मोहीको रुपमा खेती गर्ने चलन थियो ।

१.२. यस मोही तहलसिं प्रणाली मा कृषकहरु लाई आआफ्नु सीप र ज्ञान अनुसार कामगर्ने र खेतीपाती गर्नेमा तहलसिं को तर्फबाट कुनै हस्तक्षेप भएको देखिंदैनथ्यो । कृषकहरु आफ्नु बुद्धि र बिबेक लगाएर बेहतर उत्पादन गर्न कोशिश गरिरहेको पाईन्थ्यो ।

१.३. कोही बेरोज़गार युवाहरु बिदेश मा नोकरी गर्न जानु परेको थिएन । मोही जग्गा कमाउन दिएको लाई रोजगार दिएको वा कुनै काम बिशेष गर्न आम्दानी गर्न दिएको भन्ने सोंचाइ रहेको थियो । त्यस्कारण कुनै जग्गा बाँझो रहँदैनथ्यो ।

१.४. यसरी सबै प्रकारका कामगर्नेहरु बिच मतभेद नभइ सद्भाव को भावना रहेको थियो । यस्ले नेपाल मण्डलमा सबै आत्मनिर्भर देखिन्थे ।

१.५. कुनै काम बिशेष को लागि गुठीहरु खडा गरिएका थिए ।

समाजमा सबैको भलोहुने गरी सामाजिकताबादी सिद्धान्त अपनाएको पाईन्थ्यो । यसरी यो य: मरि पुन्हि पर्व सबैको भलो हुने उद्देश्य राखेर सबैले मनाई आएको पर्व हो ।

१.६. तर आज आएर य: मरि पर्व खुशियाली मनाउन र मिठोखाने उद्देश्य राखेर मनाइन्छ भने पनि नराम्रो होईन । यस्लाई य: मरि बनाएर बेच्ने पेशानै बनाएर ब्यापार गरेमा पनि आजको ब्यापार गर्ने जमानामा त्यो पनि फायदा जनकनै हो । तर यस्लाई सिर्फ ज्यापु दिवस हो भन्ने सोंचाइ मा जान भएन । यस्लाई कृषकहरु को दिवस हो भन्न पनि मिल्दछ नमिल्ने होईन । यस्मा अझ य: मरि बनाउने सीप बिकाश गरेर ब्यापार गरेर फाईदा उठाउन चाहन्छ भने मौका दिनु पर्दछ ।तर यस्लाई आफ्नै मौलिक पर्व को रुपमा अगाडि ल्याउन जरुरी छ । यस्मा य: मरि को आकारमा बदलाव ल्याउन हुँदैन । कारण यस्को मौलिकता रहनु पर्दछ ।

तर य: मरि भित्र राखिने चाक़ू र तिलमा ग्राहक लाई मनपर्ने बिभिन्न कुराहरु राखेर बनाउन सक्दछ । यस्ले य: मरि को स्वादमा फरक ल्याउन सक्दछ ।

अझ यस्मा ग्राहकको चाहना अनुसार स्वास्थ्य लाभ दायक नेपालमा पाइने जडिबुटी लाई समेत समेट्न सकिन्छ । य: मरि लाई बढी आकर्षित गर्न अन्य उपायहरु पनि अजमाउन सक्तछ ।

२. दोस्रो कारण को रुपमा

नेपाल मण्डलमा यस्ले आफ्नै छुट्टै महत्व बोकेको पाईन्छ । नेपाल मण्डलको स्थानीय वासीहरु को जीवन को बिशेष दिनहरुमा पनि य: मरि बनाएर आशिर्बाद दिने लिने चलन भएको पाईन्छ ।

२.१. कुनैपनि राम्रो काममा स्वागत सत्कार गर्न य: मरि प्रयोग गर्ने नेवा मौलिक परम्परा हो ।

२.२. बच्चाहरु को जन्मदिन दिन मनाउन दुई बर्ष देखि बारह बर्ष सम्म य: मरि को संख्या बाट बर्ष थाहा हुने गरि दुई वटा य: मरि देखि बारह वटा य: मरि को माला लगाई दिएर आशिर्बाद दिने चलन छ ।

सो आशिर्बाद को उद्देश्य जीवन भर धनसम्पत्ति बाट सम्पन्न रहोस, धन धान्य ले सधै पूर्ण रहोस, अन्नपूर्णा माता को कृपा रहोस, आदि भनेर आशिर्बाद दिने चलन हो

२.३. गर्भवती महिलाहरु को पनि सुस्वास्थ्य को कामना गर्दै य: मरि को प्रयोग भएको पाईन्छ ।

२.४. यहाँ सम्मकि उमेर पुगेर जंकू गर्दा समेत य: मरि लाई आशिर्बाद को रुपमा प्रयोग गर्ने प्रचलन छ ।

२.५. आजकाल त झन बिबाह आदि मा मात्र होईन कि मेलाहरु आयोजना गर्दा समेत य: मरि ले हर्सोउल्लास थपेको मानिन्छ

२.६. यहाँसम्म कि नयाँ घर प्रबेश गर्नु भन्दा पहिले घर छानाबाट य: मरि खसालेर सुसाइत को कामना गरिन्छ ।

२.७. नेवा समुदाय मा शक्ति पीठहरु मा गरिने शक्ति पूजाहरु मा पनि य: मरि को प्रयोग भएको पाईन्छ । म्हपूजा र किजा पूजा मा समेत य: मरि बनाएर प्रयोग भएको पाईन्छ ।

यसरी य: मरि मार्फत आशिर्बाद दिने/ लिने एक बिशेष प्रचलन चलिआएको प्रष्ट देखिन्छ । य: मरि लाई धन धान्य सम्पन्न को प्रतीक बस्तुहरु को रुपमा लिएर आशिर्बाद दिने / लिने प्रचलन भएको देखिन्छ । सो आशिर्बाद को उद्देश्य जीवन भर धनसम्पत्ति बाट सम्पन्न रहोस, धन धान्य ले सधै पूर्ण रहोस, अन्नपूर्णा माता को कृपा रहोस, आदि भनेर आशिर्बाद दिने प्रचलन हो ।

३.. तेस्रो र महत्वपूर्ण कारण यस्ले नेपाल मण्डलको धान खेती बिकाश को ऐतिहासिक पृष्ठभूमि लाई पनि झल्काउँछ ।

३.१. पुरानो ऐतिहासिक घटनाहरुको किन्बदन्तिहरु अनुसार किराँत कालमा बलबल नाम गरेको कृषकले आफ्नो बल बुद्धि लगाएर खनेर धान रोपाई गरेर देखाएको र प्रसस्त उत्पादन गरी फ़ायदा लिएको देखेर सबै कृषकहरु ले उस्ले देखाएको धान खेती प्रणाली अपनाएको दर्शाएको पाईन्छ ।

यसरी बलबल किराँत ले धान रोपाई को लागि खेत खनेर रोपाई को परीक्षण गरी उत्पादन बढाउने तरिका सर्बसाधारण कृषकहरु लाई देखाएको र स्थानीय किसानहरु ले सोही प्रणाली अपनाएर धानको उत्पादन मा बृद्धि भएको पाईन्छ ।

३.२. त्यस्तै लिच्छवि कालमा पाँचाल देश पनौतीमा एक जना सुचन्द्र नाम गरेको ब्यापारी साहु बस्दथ्यो । उस्को परिवार ले गरीब र असक्तहरु माथि दया माया गरेर ब्यबहार गर्दछन भन्ने प्रचार प्रसार भएको थियो ।

सोही कुरा सुनेर परीक्षण गर्न वा बुझ्न कुवेर आफै उनको घरमा एक दरिद्र ब्यक्ति को भेष धारण गरी गए । त्यो देखेर सुचन्द्र साहूकि पत्नीले सो दरिद्र रुप धारण गरेको कुबेरलाई देखेर उस्को दुःख कष्ट देखि दया माया गरेर राम्रा राम्रा लुगाफाटा दान गरिन् । सो दिनमा घरमा य: मरि लगायत अन्य मिष्ठानहरु पकाएर राखेको कारण सो गरीब रुप कुबेरलाई खान दिईन् । यसरी सो साहूको परिवार को दया माया को भाबना र स्वभाव देखेर कुबेर ज्यादै प्रसन्न भए र धन धान्य होस भन्ने बरदान दिए । भनिन्छ कुबेरले सो साहू परिवार लाई य: मरि को महिमा बताउँदै धान को भकारीमा य: मरि राखेर पूजा गरेमा गणेश, कुमार, कुबेर, लक्ष्मी, आदि सबै देवताहरु खुशि भएर घरमा धनधान्य बढ्छ भन्ने अर्ति दिएर गए । कुबेरले आफ्नु हातमा भएको एउटा बिमिरो पनि दिएर गए । सो कुरा सुचन्द साहू लाई परिवार ले सुनाए । त्यसै घटनाको आधारमा त्यही बेला देखि नै यो परम्परा बस्यो भनिन्छ । यो परम्परा को थालनी लिच्छवि राजा अंशुबर्माको पाला देखि भएको हो भन्ने भनाइ छ ।

३.३. यो किराँत क़ालीन बलबल किराँत द्वारा धान रोपाई मा अनुसन्धान गरी धान उत्पादन मा प्रसस्त बृद्धि हुने प्रकृया को बिकाश गरेको किम्बदन्ति बाट हामीले त्यस जमानाको एक महत्वपूर्ण धान रोपाई मा भएको अनुसन्धान र बिकाश को उदाहरण को रुपमा लिएर यस्लाई हाम्रो मौलिक खोज को रुपमा लिन सक्तछौं ।

३.४. पनौती को एक सुचन्द्र ब्यापारी साहुको परिवार ले गरीब र असक्तहरु माथि दया माया गरेको र कुबेरलाई य: मरि ख्वाएर प्रसन्न पारेर बरदान पाएको किम्बदन्तिले नेवा समुदाय मा रहेको धनी र गरीब को सम्बन्ध दर्शाएको छ । नेवा समुदाय मा हुनेले नहुने लाई सहयोग गर्ने प्रचलन रहेको प्रष्ट झल्काएको छ ।

३.५. यस्तै य: मरि सम्बन्धित गीत जुन य: मरि मागेर हिड्नेहरुले गाएर हिड्छन् त्यस्बाट समाज मा सक्षम र असक्षम ब्यक्तिहरु लाई ब्यबहार गर्ने र आशा गर्ने झल्काएको छ । जस्ले मेहनत गरी सिनाज्या गरी धान रोपाई गरी फलाएर धान भकारी भरी त्यस्को पूजा गरी आफ्नु मेहनत बाट उब्जनी भएको धान चामल बाट य: मरि बनाएर सबैलाई बाँड्न सक्ने भए सम्म वहाँलाई तरुरी भनि संज्ञा गरियो । अनि य: मरि बनाएर बाँड्न नसक्ने भएमा बुढी भयौ भनेर संज्ञा गरेको प्रष्ट देखाइएको छ ।

गीत गाउंदै माग्ने चलन यस्तो छ

त्य: छिं त्य: बकछीं त्य:

लातापाता कुलिंचा जिस त्य: ।

य:मरि च्वामु उकिई दुने हामु,

ब्युसा माकु मब्युसा फाकु ।।

ब्युम्ह ल्यासे, मब्युम्ह बुरिकुति

सम्बन्धित समाचार