आज सार्वजनिक हुँदै इलेक्ट्रिक कार निसान लिफ, थाहा पाउनु होस १० रोचक तथ्य

प्रख्यात इलेक्ट्रिक कार निसान लिफ नेपाली बजारमा सार्वजनिक हुँदैछ । एक बर्षअघि नेपाली बजारमा सार्वजनिक हुने चर्चा बटुलेको यो कारको तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले भारी मात्रामा कर वृद्धि गरेका कारण एकाएक सेलाएको थियो ।

अहिले कर घटाएका कारण नयाँ नयाँ इलेक्ट्रिक कार भित्रिने क्रममा निसान लिफ समेत नेपाल आउन लागेको हो । नेपालस्थित आधिकारिक बितरक पायोनियर मोटोकर्पले यसको भर्चुअल लन्च गर्ने जनाएको छ ।

नेपाल भित्रिन लागेको र विश्व बजारमा सर्बाधिक बिक्री हुने निसान लिफबारे केही तथ्यहरु यस प्रकार रहेका छन् :
१. विगत १० वर्षयता ५ लाख निसान लिफ उत्पादन भइसकेका छन् । ५औ लाख लिफ नर्वेकी मारिया जेनसेनले खरिद गरेकी थिइन् ।

२ निसान लिफका प्रयोगकर्ताहरुले १० वर्षको अवधिमा करिब १० अर्ब माइलको प्रदूषणविहीन दुरी पार गरेका छन् । यो भनेको विश्वमा ४ लाख ट्रिप गरे बराबर हो ।

३. निसान लिफ प्रयोगकर्ताहरुले यसबाट विश्वमा करिब २५ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन हुनबाट बचाएका छन् ।

४. इलेक्ट्रिक पावर बाहेक निसान लिफमा प्रो–पाइलट र ई–पेडल टेक्नोलोजी समेत छ, जसले ड्राइभिङलाई थप सहज बनाउँछ ।

५. प्रतिबर्ष एउटा निसान लिफ प्रयोगकर्ताले करिब ११ हजार माइल दुरी पार गर्दा ७४४ किलोवाट आवर शक्ति पुनःउत्पादन गर्छ, जसको सहयोगले एउटा मोबाइल फोनलाई ३७२ वर्ष सम्म चार्ज गर्न सकिन्छ ।

६. निसान लिफमा प्रयोग गरिएको ब्याट्रीको क्षमता पहिलेको तुलनामा दोब्बर भन्दा धेरैले वृद्धि गरिएको छ । शुरुमा २४ किलोवाट आवर भएकोमा हालको ई प्लस मोडलको क्षमता ६२ किलोवाट आवर भन्दा धेरै छ ।

७. निसान लिफ प्रयोगकर्ता मध्ये ९२ प्रतिशत भन्दा धेरैले आफ्नो साथीभाई र परिवारलाई यही गाडी प्रयोग गर्न सिफारिस गरेको पाइएको छ ।

८. अन्तर्राष्ट्रिय बजारमा निसान लिफ कति विश्वसनिय छ भने कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख माइल वारेन्टी दिएको छ ।

९. नेदरल्यान्डको आर्मस्टर्डमा सन् २०१८ मा इन्नोभेटिभ इनर्जी स्टोरेज सिस्टम बनाउनका लागि रिसाइकल गरिएका १४८ निसान लिफ ब्याट्री प्रयोग गरिएको थियो ।

१०. सन् २०२३ बाट प्रतिवर्ष १० लाख इलेक्ट्रिक गाडी बिक्री गर्ने लक्ष्यका साथ निसानको अल–इलेक्ट्रिक रेन्ज विकसित गर्नका लागि निसान अरियासँग निसान लिफ जोडिने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE