केहि दिन अघि मात्र बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिइएको थियो । यो खबरले बलिउड लगायतका सिने जगत तथा सञ्चार माध्यम र सामाजिक सञ्जाल तातिएको थियो । सलमानका बुवा सलीम खानलाई एउटा धम्कीपूर्ण पत्र पठाइएको थियो ।
काठमाडाैं । केही दिन अघि मात्र बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिइएको थियो । यो खबरले बलिउड लगायतका सिने जगत् तथा सञ्चार माध्यम र सामाजिक सञ्जाल तातिएको थियो । सलमानका बुवा सलीम खानलाई एउटा धम्कीपूर्ण पत्र पठाइएको थियो । त्यसपछि भारतको महाराष्ट्र सरकारले दुवैको सुरक्षामा विशेष ध्यान दिएको छ । त्यसैगरि मुम्बई पुलिसले घटना दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । हालै मुम्बई पुलिसले लरेन्स बिश्नोईले उक्त धम्कीपूर्ण पत्र पठाएको पुष्टि गरेको छ । यसैबिच सलमान खानलाई मार्ने उद्देश्यले उनीमाथि हमला भएको खबर बाहिर आयो । जसले अझ खैलाबैला मच्चायो ।
हमलाको खबरको वास्तविकता
‘मिरर नाऊ’को रिपोर्ट अनुसार सलमान खानलाई मार्ने उद्देश्यले उनीमाथि हमला गरिएको थियो । यो हमला लरेन्स बिश्नोईले आफ्ना शार्पशुटर पठाएर गरेका थिए । तर, बलिउड लाइफमा छापिएको रिपोर्ट अनुसार सलमान खानको परिवारको नजिकका सूत्र र सेक्युरिटीले सलमान माथि कुनै हमला नभएको बताएका छन् । यसका साथै बताइएको छ कि सलमानमाथि हमला मुम्बईमा भएको थियो, जबकि सलमान आजकाल आफ्नो आउँदो चलचित्र ‘कभी ईद कभी दिवाली’को शूटिंगका हैदराबाद गएका छन् ।
मुम्बई पुलिसको दावा
मुम्बई पुलिसले यो दावा गरेको छ कि आरोपी सौरभ महाकालले लरेन्स बिश्नोईका साथी विक्रम बराडले पत्र पठाएको खुलाएका छन् । मुम्बई पुलिसले न्युज एजेन्सी एएनआईलाई जेलमा रहेका लरेन्स बिश्नोईले सलमान र उनका पितालाई धम्कीपूर्ण पत्र पठाएको बताएका छन् । उसको ग्याङका तीन साथी राजस्थानको जालोरबाट पत्र छोड्न मुम्बई आएका थिए र आरोपी सौरभ महाकालसँग भेटेका थिए ।
पन्जाबी गायक सिद्धू मूसेवालाको हत्याको योजना बनाएको आरोपमा सौरभ महाकाल गिरफ्तार भएका हुन् । लरेन्स बिश्नोई पनि गायक सिद्धु मुसेवालाको हत्याको आरोपित हुन् ।