acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
तिहारको केही आफ्नै विशिष्टता छ । जस्तो कि, सेलरोटी, सयपत्री अनि संगीत । ढकमक्क फूलेका सयपत्री र सेलरोटीको सुगन्धले जसरी तिहारलाई खास बनाएको छ, उसैगरी देउसी-भैलो भाकाले पनि ।
जब देउसी-भैलो गुञ्जन थाल्छ, तिहारको उल्लास छाउँछ । यसरी संगीतसँग अभिन्न रुपमा जोडिएकैले हुनुपर्छ, तिहारलाई लक्षित गरेर सर्जकहरुले थुप्रै गीतहरु रचेका/गाएका छन् । जब यी गीतहरु घन्किन थाल्छन्, तब सप्तरंगी पर्व तिहारको रंग अरु प्रगाढ बन्छ । तिहार शुरु नहुँदैदेखि केही तिहारका गीतहरु गुञ्जिन थाल्छन् । यहाँ यस्तै तिहारका सदाबहार गीतहरु प्रस्तुत गरिएको छ ।
तिहारै आयो लौ झिलिमिली…
तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन…’
चलचित्र ‘स्वर्ग’मा समावेश गीत हो यो । शम्भु प्रधानको निर्देशन रहेको यो चलचित्र २०५० सालमा प्रदर्शनमा आएको हो । यो गीत यादव खरेलले लेखेका हुन् भने शम्भूजीत बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । सार्वजनिक भएको २८ वर्षसम्म पनि यो गीत उत्तिकै ताजा लाग्छ । हरेक वर्ष तिहारमा सर्वाधिक घन्किनेमा पर्छ यो गीत । एक हिसाबले यो गीत तिहारको पर्याय नै बनेको छ ।
दियो बाली साँझको…
दियो बाली साँझको
फूल सजाई पूजाको…’
तिहारको अर्को सदाबहार गीत हो, दियो बाली साँझको । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘चिनो’मा समावेश गरिएको यो गीतमा कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर छ । गीतमा स्वर्गीय कलाकार शुभद्रा अधिकारी, केशव भट्टराईको शीर्ष भूमिका छ । यो चलचित्र पनि प्रदर्शनमा आएको तीन दशक भइसकेको छ, तर आजसम्म पनि ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । हरेक वर्षको तिहारमा घन्किने गीतमध्ये यो पनि शीर्षस्थानमा पर्छ ।
निधारमा लर्काएर सप्तरंगी टीको…
निधारमा लर्काएर सप्तरंगी टीका
हिँडिरहू सधैँ तिमी शिखरको बाटो…’
यो गीत चलचित्र ‘विजय पराजय’मा समावेश छ । राजेन्द्र शलभले निर्देशन गरेको यो चलचित्रको यस गीतमा दिनेश अधिकारीको शब्द, शम्भूजीत बास्कोटाको संगीत र बलिउड गायिका हेम लताको स्वर छ । यस गीतमा तिहारको सांस्कृतिक पक्षलाई जोडिएको छ । दाजु र बहिनीबीचको मायालाई गीतमा प्रस्तुत गरिएको छ । २०४७ सालमा प्रदर्शनमा आएको चलचित्रको यो गीत आजसम्म पनि उत्तिकै लोकप्रिय छ । हरेक वर्ष तिहारमा यो गीत घन्किने गर्छ ।
यसपालिको तिहारै रमाइलो…
ए हजुर यसपालीको
तिहारै रमाइलो…’
आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘कोहिनूर’मा समावेश गरिएको यो गीत पनि तिहारको बेला घन्किने गीतमध्येमा पर्छ । गीतमा सुन्दर श्रेष्ठको शब्द, शम्भूजीत बास्कोटाको संगीत, प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको छ । पछिल्लो समय चलचित्रमा समावेश तिहार गीतमध्ये यो गीत रुचाइनेमा पर्छ ।
वर्षमा दिनैमा लै लै…
तिहारको अर्को लोकप्रिय गीत हो यो । सुगम पोखरेलको स्वरमा रहेको गीत दसैँ र तिहारमा बज्ने नयाँ गीतमा सबैभन्दा लोकप्रिय गीत यही नै हो । दसैँ र तिहार दुवै पर्वलाई समेटेको योग गीत रवी श्रेष्ठले लेखेका हुन् । गीतमा सुगम स्वयंले संगीत भरेका छन् । यो गीतले युट्युबमा पनि राम्रो भ्युज पाएको छ ।
दाई त मेरो लाहुर जाने
दाई त मेरो लाहुर जाने
म बहिनीलाई सम्झेर..’
‘दाइ त मेरो लाहुर जाने’ अर्को चर्चित दशैं–तिहार गीत हो । दैवज्ञराज न्यौपानेले लेखेको यो गीतमा युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको छ । गीतमा युक्त गुरुङले नै संगीत दिएका छन् । दाजु बहिनीको सम्बन्धसँगै लाहुरेको कथा गीतमा समेटिएको छ ।
भाईटीकामा भेटन आउँला…
भाईटीकामा भेट्न आउँला
बिदाई छ आजलाई..’
राजु लामाको स्वर, शुक गुरुङको शब्द/संगीत रहेको ‘भाइटीकामा भेटन आउँला…’ गीत तिहारमा धेरै घन्किने गीतमा पर्छ । २०५६ सालमा रेकर्डिङ गरिएको यो गीतले त्यसबेलादेखि नै राम्रो चर्चा कमाएको छ । गीतमा चेली र माइतीको सम्बन्धलाई प्रस्तुत गरिएको छ ।
सप्तरंगी टीका…
हे दैव रहर हैन
परदेशी हुने..’
गत वर्ष सार्वजनिक तिहार विशेष गीत ‘सप्तरंगी टीका’ पनि रुचाइएको छ । विजय तामाङको शब्द, प्रकाश तामाङको संगीत र विशाल कल्ताङ, प्रकाश तामाङ, जितु लोप्चन र सुमिना लोको स्वर छ । गीतमा केही मात्रामा तामाङ सेलोको भाव समेत मिसाइएको छ ।
धार्मिक तथा पौराणिक कालखण्डका कथा भन्ने पर्वका गीतमा पनि गीतकारहरूले कतै सुटुक्क युवा उमेरका केटाकेटीमा बसेको मायाप्रेमलाई घुसाएका छन् भने कतै परिवारसँग छुट्ट्एिर परदेशिएको छोराको कथा भनेका छन् । त्यसैले त यी गीत युवादेखि उमेर ढल्किँदै गरेका वृद्धवृद्धासम्मले मन पराए ।
लाहुर गएको दाइले बहिनीलाई ल्यााइदिने फूलबुट्टे सारी होस् अथवा प्रेमिकालाई ल्याइदिने मायाको चिनो नै किन नहोस्, गीतले समेटेका छन् । परिणामः यी गीतले आम संगीतप्रेमी नेपालीको मन जितेका छन् ।
तिहारका पुराना गीतको संगीतमा शम्भुजित बास्कोटाको एकछत्र वर्चस्व छ । तिहारका अधिकांश लोकप्रिय गीतमा उनले संगीत भरेका छन् । उनीसँगै तुलसी घिमिरेले पनि आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् ।
पछिल्ला वर्षहरूमा पनि पर्व गीत नगाइएका होइनन् । चाहे तिज होस् अथवा दसैँ र तिहार । तर, ती गीतले पर्वका पुरानालाई छायामा पार्न सकेका छैनन् । महँगो स्टुडियो, सुलभ प्रविधि र भिडियो निर्माणमा महँगो लगानी भए पनि पुराना गीत नै लोकप्रिय छन् ।