बुधबार , जेठ ३०, २०८१

नेपालले जित्यो प्याराग्लाइडिङ प्री-वर्ल्ड कप प्रतियोगिता

image

काठमाडाैं । भारत- हिमाचल प्रदेशको धरमशालामा यही अप्रिल ५ देखि ९ तारिखसम्म सम्पन्न भएको एकुरेसी प्याराग्लाइडिङ प्री-वर्ल्ड कप प्रतियोगितामा नेपाली टिम नेपालले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगिताको ‘व्यक्तिगत’ तथा ‘सामूहिक’ गरी दुवै विधामा नेपाली खेलाडीले जितेका हुन् ।

सामूहिक विधामा नेपालका विजय चौलागाईं, विजय गौतम, विशाल थापा र सनिज थापा सहभागी टिमले (५०० युरो) रु.५० हजारसहित प्रथम स्थान हासिल गरेको हो ।

त्यसैगरी, अर्को टिम इक्यारो टिम नेपालले (३०० युरो) रु.३० हजार नेपालीसहित दोस्रो स्थान हासिल गरेको छ । सो टिममा नेपालका युकेश गुरुङ, सुरेन गुरुङ, अञ्जन कुँवर र अमन थापा छन् ।

नेपाल, भारत, अमेरिका, स्पेन र नेदरल्यान्डसहित ५ देशका करिब १२० जना खेलाडी उक्त प्रतियोगितामा सहभागी थिए । प्रतियोगिताको पुरस्कार वितरण हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले गरेका थिए ।

त्यसैगरी, सो प्रतियोगिताको सोलो पुरुषतर्फ नेपालका अमन थापाले (१६५० युरो) रु.१ लाख ६० हजार पुरस्कार राशिसहित प्रथम र विशाल थापाले (१०५० युरो) रु.१ लाख ५० हजारसहित दोस्रो स्थान हासिल गरेका छन् ।

यस्तै, सोलो महिलातर्फ नेपालकी रिता थापाले (३०० युरो) सहित दोस्रो स्थान हासिल गर्न सफल भइन् ।

सम्बन्धित समाचार