आइतबार , अषोज ४, २०८३

के छ साउन महिनामा सोमबार उपवासको महत्त्व ?

यस दिन धेरै महिलाहरू भगवान् शिवको व्रत बस्दछन् ।

image

आज साउन महिनाको सोमबार हाे । यस दिन व्रत बसेका भक्तजनहरुले नजिकको शिव मन्दिरमा पूजाआजा गर्दछन् । साउन महिनाको सोमबारलाई हिन्दुधर्मालम्बीहरूले विशेष रूपमा मनाउने गर्दछन् ।

यस दिन धेरै महिलाहरू भगवान् शिवको व्रत बस्दछन् । केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र नभएर मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्त्व छ । साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर, डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरहरूमा श्रदालु भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।

यस महिनामा महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर भगवान् शिवको पूजा गरी व्रत बस्ने गर्दछन् । महिला मात्र नभएर पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागि जाने गर्दछन् । सोमबार व्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खाएर व्रत समाप्त गर्ने गर्दछन् ।

यस दिन विवाहित महिला आफ्नो घरपरिवार र श्रीमान्को स्वास्थ्य लाभको कामना गदै व्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान् तथा शिवजी जस्तो वरपाम भनी व्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै व्रत बस्ने गर्दछन् । साउन महिनाभर चोखो खाएर माछामासु नखाई शुद्ध भएर बस्ने चलन छ भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाई पुरा एक महिना शुद्ध चोखो भएर बस्ने पनि गर्दछन् ।

के छ साउने सोमबारमा उपवासको महत्त्व  ?

  • स्वस्थ व्यक्तिहरूले सातामा एक दिन व्रत बस्नु स्वास्थ्यका हिसाबले पनि उपयुक्त हुने वैज्ञानिकहरूको तथ्य छ । तथापी व्रत बस्दा आफ्नो स्वास्थ्य कमजोर भएकाहरूले भने विशेष ध्यान दिन जरुरी हुन्छ ।
  • धार्मिक आस्थाका कारण एक ठाउँको व्यक्ति अर्को ठाउँमा जाँदा धार्मिक विकाससँगै पर्यटनमा विकास हुने र त्यसले स्थानीय समुदायलाई पनि आत्मनिर्भर बन्न सघाउँछ ।
  • महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने पनि धार्मिक विश्वास छ ।
  • धर्म तथा संस्कृतिविद्हरुका अनुसार साउन महिनामा धेरै पानी पर्ने, बाढी पहिरो आएर समाजमा प्राकृतिक दुर्घटना नहोस् भनेर भगवान् शिवको पूजा गरिन्छ भन्ने मान्यता रहेको छ ।
  • व्रत बस्दा शरीरमा यस्ता हर्मोनको श्राव हुन्छ जसले फ्याटी टिस्यूलाई तोड्न मद्दत मिल्छ । अर्थात् तपाईंको तौल कम हुनसक्छ । अनुसन्धानमा यो पनि प्रमाणित भइसकेको छ कि शर्ट टर्म फास्टिङ अर्थात् केही समयका लागि व्रत बस्दा शरीरमा मेटाबोलिजम तीब्र रूपमा बढ्छ जसले तौल घटाउन मद्दत मिल्छ ।
  • व्रत बस्दा जीवन लामो हुने, मधुमेह र क्यान्सरजस्ता रोगको खतरा पनि नहुने स्वास्थविद्हरूको भनाई छ ।

सम्बन्धित समाचार