लरि लरि.. लरि लै लरि लरि.. लरि लै
कोदो फुल्यो बारीमा लरि लै धानको बाला झुल्यो खेतैमा
कति राम्री देखिन्छौ बरि लै जमरा र रातो टिकैमा
हो……. हो.. दशैं आयो हो……. हो.. दशैं आयो !
प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल । जहाँ अहिले चारैतिर हरियाली वातावरण देख्न सकिन्छ । रमाइलो घमाइलो छाइरहेको छ । मौसम पनि न गर्मी न त जाडो ठिक्कको छ । खेतहरूमा धान झुलेर पहेलपुर भएका छन् । बारीभरि कोदो र तारी फुलिरहेको छ, भने चराचुरुङ्गीहरुको लर्को र मालचरीको धुइँरोले सबैलाई मोहित तुल्याएको छ । प्राकृतिक सौन्दर्यका साथै नेपालीहरूको महान् चाड बडादशैंको रमझम पनि छाइरहेको छ ।
दशैंको बेलामा प्रायः शहरतिर भन्दा गाउँघरमा नै रमाइलो हुन्छ । पहाडको छेऊछाऊमा भएका घरहरू रङ्गीचङ्गी भईरहेको हुन्छ । रातो माटो, सेतो कमेरो र कालो माटो गरी तिन रङ्गीन माटोले घरहरु रङ्गाइएका हुन्छन् । दशैंको बेला सबैजना संगै हुँदा मनमा छुट्टै आनन्द आउँछ । गाउँघरमा ठाउँठाउँमा पिङ हालेको हुन्छ । सारा मानिसहरू चाडबाड मै व्यस्त हुन्छन् ।
सबै साथीभाईसंग भेटघाट हुन्छ । सुख दु:खको कुराकानीका साथै हर्ष उल्लास छाईरहेको हुन्छ । गाउँमा को आयो, को गयो भन्नेदेखि सबैसँग भलाकुसारी हुन्छ । प्रकृतिसंग रमाउँदै साथीभाई संगको त्यो रमाइलोपन एकदमै आनन्दमय हुन्छ । पानी त्यती परेको हुँदैन, न्यानो घाम झुल्किरहेको हुन्छ । त्यो मिठो मधुर हावाले आकाश पूरै खुलेको हुन्छ ।
सारै राम्रो मौसम शरद ऋितु जुन मौसममा सबैको मन भुल्दछ । हरियाली डाँडा काँडा, रमणीय वातावरण, स्वच्छ हावापानी र सफा मौसमको दृश्य हेर्दा यस्तो लाग्छ कि सँधै शरद ऋितु नै भईरहोस् । चारैतिर हरियाली वनजङ्गल जहाँ मानिसलाई बस्नका लागि वातावरण र जिउनका लागि चाहिने अक्सिजन प्राप्त हुन्छ ।
कमलाखोंजका दनुवार रात परेपछि मात्र जन्त जाने गर्दछन् । राति जन्त जाने कारणले जन्ती प्रस्थानको शुभ साइतमा बेहुलालाई भुत प्रेत केही नलागोस् भनेर जिम्दारले मन्त्र जपेर सेतो कपडाको फेटा बाँधिन्छ ।