hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş almanya vize meybet meybet giriş meybet güncel giriş meybet mobil italya vize casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş idata kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş

शुक्रबार , फागुण २२, २०८२

कानून व्यवसायीहरूले यियस्ता नियम पालना गर्नुपर्छ..

image

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नेपाल कानून व्यवसायी परिषद्ले देहायका नियमहरू बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भः
(क) यी नियमहरूको नाम “कानून व्यवसायीको आचारसंहिता, २०५१” रहेको छ ।
(ख) यो नियमावली परिषद्ले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क)   “ऐन” भन्नाले नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० सम्झनु पर्छ ।
(ख)   “अनुशासन समिति” भन्नाले ऐनको दफा ११ मा व्यवस्था गरिएको अनुशासन समिति सम्झनुपर्छ ।
(ग)   “अदालत”भन्नाले अद्धन्यायिक निकायलाई समेत सम्झनु पर्छ ।
(घ)   “बार एशोसिएशन” भन्नाले नेपाल बार एशोसिएशन तथा यसका एकाईहरू समेत सम्झनु पर्छ ।

३. कानून व्यवसायीको पेशागत आचारः
(१)  कानून व्यवसायीले देहायका पेशागत आचार अनिवार्यरूपले पालन गर्नु पर्नेछः
(क) कानून व्यवसायीले नैतिकताका आधारभूत सिद्धान्तको प्रतिकूल हुने गरी कुनै कार्य गर्न हुँदैन ।
(ख)  झूठा मुद्दा चलाउन पक्षलाई प्रेरणा दिन हुँदैन।
(ग)  कसैलाई दुःख दिने वा प्रतिशोध लिने उद्देश्यले मुद्दा सिर्जना गर्न हुँदैन ।
(घ)  मुद्दा टुंग्याउने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्षरूपले अदालतलाई असहयोग गर्न हुँदैन ।
(ङ)  न्यायिक प्रक्रियालाई दुरूपयोग गर्न वा गराउन हुँदैन ।
(च)  सत्य कुराको बयान वा बकपत्र गर्न गराउनबाट पक्षलाई रोक्न हुँदैन ।
(छ) न्याय प्रशासनसँग सम्बन्धित काम कारवाहीका सिलसिलामा अदालत वा न्यायाधीश वा कानून व्यवसायीप्रति अनास्था पैदा हुने किसिमका झूठा प्रचार प्रसार गर्न हुदैन ।
(ज) आफूले गर्न नभ्याउने वा नसक्ने अवस्था परी मुद्दा फिर्ता गर्नुपर्दा सामान्यतया अर्को कानून व्यवसायी मुकरर गर्न नभ्याउने किसिमबाट फिर्ता गर्न हुँदैन ।
(झ) संघ संस्थाको रकम मास्न खान हुँदैन ।
(ञ) अदालतमा यथासमयमा उपस्थित हुने, कालो कोटसहितको पूर्ण पोशाकमा उपस्थित हुने, इजलास तथा विपक्षीका कानून व्यवसायीप्रति सम्मानजनक व्यवहार गर्ने, एक अर्काप्रति लाञ्छना नलगाउने, रीस राग द्वेष नराख्ने, अदालतका कर्मचारीप्रति सौहार्दपूर्ण व्यवहार गर्ने, शिष्टतापूर्वक बोल्ने र आफ्नो पालोमा उचित ढंगले बोल्ने जस्ता अनुशासनका नियम तोड्न हुँदैन ।
(ट) आफ्नो पक्षलाई फाइदा पुरयाउन जानी–जानी कायम नरहेको नजीर र मुद्दामा लागू नहुने खारेज भएको वा संशोधन पूर्वको कानूनको अदालतमा जिकिर लिन हुँदैन।
(ठ) मिसिलमा नभएको तथ्य जानीजानी बहसमा प्रस्तुत गर्न हुँदैन ।
(ड) आफू साक्षी रहेको लिखतसँग सम्बन्धित मुद्दामा कानून व्यवसायीका रूपमा संलग्न हुनु हुँदैन ।
(ढ)  पक्षले मुद्दामा उपलब्ध गराएको जानकारीको गोपनीयता भंग गर्न हुँदैन ।
(ण) व्यावसायिक प्रचारका उद्देश्यबाट कुनै पनि किसिमको नारा, परिपत्र, समाचार प्रकाशन, विज्ञापन र पत्राचार जस्ता काम गर्न हुँदैन ।
(त)  व्यावसायिक प्रचारका उद्देश्यले ठूलो नामपेटिका (साइनबोर्ड) राख्ने, नामपेटिका वा परिचयपट्टा (भिजिटिङ्ग कार्ड) वा फायल वा पत्राचार ठेली (लेटर प्याड) मा पूर्व हैसियत वा कानून व्यवसायसँग असम्बन्धित पद वा हैसियत लेख्न छाप्न हुँदैन । तर यस बन्देजले विशेष अध्ययन र अनुभवका कारणबाट आफू खास प्रकृतिका मुद्दा लिने भनी ती लिखतहरूमा आफ्नो कार्यक्षेत्र छाप्न बाधा पुरयाएको मानिने छैन ।
(थ) पक्षसँग प्रतिशतमा पारिश्रमिक लिने वा ठेक्का पट्टा बोल कवोल गरी मुद्दा लिन हुँदैन ।
(द) अदालतको समयमा मादक वा लागू पदार्थ सेवन गरी अदालतमा उपस्थित हुनु हुँदैन ।
(ध)  मुद्दाको हारजीतको आधारमा आफ्नो पारिश्रमिक तय गर्न हुँदैन ।
(न) परिषद्ले मागेको विवरण दिँदा झूठो विवरण दिन हुँदैन ।
(प) आफूले वा आफ्नो प्रत्यक्ष निर्देशन र निगरानीमा आफ्नो फर्म वा चेम्बरको कानून व्यवसायी वा आफूसँग काम गर्ने लेखन्दासबाहेक अन्य व्यक्तिले तैयार गरेको मस्यौदा प्रमाणित गरिदिने उद्देश्यले सही गर्न हुँदैन ।
(फ) मुद्दा प्राप्त गर्न दलाल नियुक्त गर्न वा मुद्दा उपलब्ध गराइदिए बापत कसैलाई दलाली दस्तूर (कमिशन) दिन हुँदैन ।
(ब) चल अचल सम्पत्ति हस्तान्तरण सम्बन्धी काममा दलाली गर्नु हुँदैन ।
(म) एकै मुद्दामा पक्ष र विपक्ष दुवैका तर्फबाट स्वयं मस्यौदा गर्न वा बहसमा प्रतिनिधित्व गर्न हुँदैन तथा आफूसँग काम गर्ने कानून व्यवसायी वा लेखन्दास वा अन्य व्यक्तिद्वारा जानी–जानी मस्यौदा वा बहस वा पैरवी गर्न गराउन हुँदैन ।
(भ) पक्षले दिएको लिफामा तमसुक, करारनामा आदि खडा गरी आफूलाई फाइदा वा पक्षलाई बेफाईदा हुने काम गर्न हुँदैन ।
(य) पक्षले दिएको सद्दे लिखत विपक्षीसँग मिली बिगारी प्रमाण नलाग्ने वा काम नलाग्ने तुल्याई दिन हुँदैन ।
(र)  पक्षले दिएको लिखत समेत अन्य प्रमाण विपक्षलाई फाइदा पुर्याउने उद्देश्यले उपलब्ध गराउनु हुँदैन ।
(ल) भ्रष्टाचार गर्न गराउन हुँदैन।
(स) नैतिक पतन देखिने फौजदारी अपराध गर्नु हुँदैन ।

(२) वरिष्ठ अधिवक्ताले उपनियम (१) मा उल्लेखित आचारका अतिरिक्त देहायका आचार समेत पालन गर्नु पर्नेछः–

(क) कुनै पनि मुद्दामा इजलासमा बहस गर्दा कम्तीमा एकजना अधिवक्तालाई व्यावसायिक रूपमा संलग्न नगराई उपस्थित हुनु हुँदैन ।
(ख)  सामान्यतया प्रशासकीय अड्डामा बहस पैरवीका लागि उपस्थित हुनु हुँदैन ।

४. उजूरीः
(१) कुनै कानून व्यवसायीले पेशागत आचार उल्लंघन गरेकोमा त्यस बिषयमा परिषद्मा उजूरी दिन सकिनेछ।
(२) उपनियम (१) बमोजिम दिइने उजूरीमा रू. २००।– नगद वा बैंक ड्राफ्ट संलग्न गरी कुन कानून व्यवसायीले कुन आचार उल्लंघन गरेको हो– त्यसका सम्भव भएसम्मका आधार प्रमाण खुलाउन पर्नेछ ।
तर अदालतले वा बार एशोसिएशनले कारबाही चलाउने जानकारी वा सूचना दिंदा कुनै दस्तूर लाग्ने छैन ।
(३) उजूरीको सम्बन्धमा कारबाही गर्दा अनुशासन समितिले उजूरवालासँग थप विवरण वा कागजात माग गर्न सक्नेछ ।

५.  गोप्य राख्नुपर्नेः
परिषद् तथा अनुशासन समितिले उजूरवालाको नाम गोप्य राख्नु पर्दछ ।

६. जाँचबुझः
पेशागत आचार उल्लंघन गरेवापत सजाय गर्नुपूर्व परिषद्ले देहायका प्रक्रियाहरू पूरा गर्नुपर्छ –

(१) कानून व्यवसायीका विरूद्ध परिषदमा कुनै उजूरी परेको वा कुनै जानकारी प्राप्त भएकोमा त्यसको आधारमा अनुशासन समितिले कानून व्यवसायीलाई कारबाही गर्न आवश्यक छ वा छैन जाँचबुझ गर्न गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा कुनै कानून व्यवसायी उपर कारबाही गर्नुपर्ने देखिएमा अनुशासन समितिले त्यस्तो कानून व्यवसायीलाई सफाई पेश गर्ने उचित मौका दिनुपर्छ ।
(३) उपनियम (२) बमोजिम सफाई पेश गर्ने मौका दिँदा सम्बन्धित कानून व्यवसायी विरूद्ध लागेको आरोप र त्यसको आधार तथा निजलाई हुन सक्ने सजाय समेत उल्लेख गर्नुपर्छ ।

६ क.  कानून व्यवसायी भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहँदा हिरासतमा रहेको अवधिभर र भ्रष्टाचार मुद्दा चलेको अवस्थामा सो मुद्दा किनारा नभएसम्म प्रमाणपत्र स्वतः निलम्बन हुनेछ ।

७  सजायः
(१) कुनै कानून व्यवसायीले नियम ३ को उपनियम (१) को खण्ड (क) देखि (प) र उपनियम (२) मा उल्लेखित आचार उल्लंघन गरेको ठहर भएमा निजलाई पहिलो पटक नसिहत दिइनेछ ।

(२) कुनै कानून व्यवसायीले नियम ३ को उपनियम (१) को खण्ड (फ) र (ब) मा उल्लेखित आचार उल्लंघन गरेको ठहर भएमा वा एक पटक नसिहतको सजाय पाइसकेपछि आचार उल्लंघन गरेको ठहर भएमा निजले कुनै खास अवधिको लागि कानून व्यवसाय गर्न नपाउने गरी निजको प्रमाणपत्र निलम्बित गरिनेछ ।

(३) कुनै कानून व्यवसायीले नियम ३ को उपनियम(१) को खण्ड (भ) देखि (व) मा उल्लेखित आचार उल्लंघन गरेको ठहर भएमा वा खास अवधिका लागि कानून व्यवसाय गर्न नपाउने गरी प्रमाणपत्र निलम्बन हुने सजाय पाइसकेपछि पुनः आचार उल्लंघन गरेको ठहर भएमा त्यस्तो कानून व्यवसायीको प्रमाणपत्र रद्द गरिनेछ ।

८. सजायको जानकारीः
कुनै कानून व्यवसायीलाई गरिएको सजायको जानकारी अदालत, न्याय परिषद्, नेपाल…..का महान्यायाधिवक्ताको कार्यालय र नेपाल बार एशोसिएशनलाई दिइनेछ ।

९. वकालतनामाः
मुद्दामा बहस पैरवी गर्न कानून व्यवसायीले अनुसूची–१ को ढाँचामा वकालतनामा पेश गर्नु पर्नेछ ।

१०.  खारेजीः
कानून व्यवसायी नियमावली, २०२५ खारेज गरिएको छ ।

Tags:

सम्बन्धित समाचार