acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । नेपालको विभिन्न भूभागमा यस दिनलाई आआफ्नै तरिकाले मनाउने गरिन्छ । पूर्वी नेपालमा यसको रौनक बेग्लै किसिमको रहने गरेको छ भने पश्चिम नेपालमा यसलाई बेग्लै ढङ्गले मनाउने गरिन्छ । विशेषगरि थारु समुदायले कृष्ण जन्माष्टमी लाई अष्टिम्की पर्वको रूपमा मनाउने गर्दछन् । यो पर्वको तयारी लाई अष्टिम्की चित्र भनिन्छ ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती समेत भन्ने गरिन्छ । यो भगवान् विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दुहरूले मनाउने वार्षिक पर्व पनि हो । कृष्णा जन्माष्टमीमा हिन्दुहरूले भगवान् श्री कृष्णको पूजा-आराधना गर्ने गर्छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दु पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले उक्त दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ। कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने गरेको समेत पाइन्छ ।
हिन्दु धर्म अनुसार भगवान् श्री कृष्ण को प्रभावशाली मन्त्र जुन समस्या छ त्यो अनुसार कुनै एक मन्त्र आज राति १००८ पल्ट जाप गर्नाले सम्बन्धित समस्याबाट छुटकारा मिल्छ ।
१. श्री कृष्ण मूत्र मन्त्र
कृ कृष्णाय नमः यो मन्त्रको जप गर्नाले धन र अन्नको प्राप्ति हुने बताइएको छ ।
२. श्री कृष्ण महामन्त्र
श्रीकृष्णाय वयं नुमस्
सच्चिदानंदरूपाय विश्वोत्पत्यादिहेतवे।तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमस्।।
(भगवान् श्रीकृष्णको महामन्त्रको जप गर्नाले करोडौँ जन्मका सबै पाप-कष्ट नष्ट हुन्छन् । जसले यो मन्त्रको जप गर्दछ, उसले अश्वमेध यज्ञको समान पुण्य प्राप्त गर्दछ ।)
३. श्री कृष्ण गायत्री मन्त्र
ओम देविकानन्दनय विधमहे वासुदेवाय धिमहि तन्नो कृष्णस् प्रचोदयात ।।
( यस मन्त्रले मनलाई शान्ति प्रदान गर्दछ, दुःख र कस्ट हटाउँछ ।)
४. श्री कृष्ण गोविन्द हरे मुरारी,
हे नाथ नारायण वासुदेव ।
( यो भगवान् कृष्णको सबैभन्दा सरल र प्रभावकारी मन्त्र मानिन्छ । यस मन्त्रको जप गर्नाले उहाँको भक्ति र अनुग्रह प्राप्त हुन्छ । सबै प्रकारका दुःखहरू हटेर भक्तको रक्षा गर्छन् ।)
५. हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे राम, हरे राम, राम राम, हरे हरे ।
(यदि कोही भगवान् श्रीकृष्णको भक्ति प्राप्त गर्न चाहन्छ भने उसले यो मन्त्रको जप गर्नुपर्छ ।)
६. संतान गोपाल मंत्र
ॐ देवकीसुत गोविदं वासुदेव जगत्पते।देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः
(यदि विवाहको लामो समय बितिसक्दा पनि सन्तान सुखबाट वञ्चित हुनुहुन्छ भने जन्माष्टमीका दिन भगवान् श्रीकृष्णको बालस्वरूपको पूजा गर्नुपर्छ । पूजा गर्दा संतान गोपाल मन्त्रको जप गर्नुपर्छ । धार्मिक मान्यता अनुसार गोपाल मन्त्रको जप गर्ने व्यक्तिलाई पुत्र प्राप्त हुन्छ । )