hacklink betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş matadorbet matadorbet giriş matadorbet güncel giriş matadobet güncel vevobahis vevobahis giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş dedebet dedebet giriş dedebet güncel dedebet güncel giriş piabellecasino piabellecasino giriş piabellecasino güncel piabellecasino güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş polobet polobet giriş polobet güncel giriş polobet güncel vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş kingbetting kingbetting giriş kingbetting güncel kingbetting güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş polobet polobet giriş polobet güncel polobet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betmoney betmoney giriş betmoney güncel betmoney güncel giriş realbahis realbahis giriş realbahis güncel realbahis güncel giriş holiganbet holiganbet giriş holiganbet güncel holiganbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil piabet piabet giriş piabet güncel giriş piabet mobil vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil tlcasino tlcasino giriş tlcasino mobil tlcasino güncel portobet portobet giriş portobet güncel giriş portobet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş meritking meritking giriş meritking güncel meritking güncel giriş meritking adres galabet galabet giriş galabet güncel giriş galabet güncel galabet mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş pulibet pulibet giriş pulibet güncel giriş pulibet güncel betebet betebet giriş betebet güncel giriş betebet mobil

बिहिबार , फागुण २८, २०८२

कत्रो छ नेपाल ?

देवकोटाको लक्ष्मी निबन्धसङ्गह-२०२४ पढेपछि प्रष्ट हुन्छ, नेपालको विशालता हाम्रो सरकारी तथ्याङ्कमा अटाउन सक्दैन ।

image

  • डा. तीर्थबहादुर श्रेष्ठ

अंशै बण्डा गर्ने हो भने पनि
यो देशका एक करोड टुक्राहरूमध्ये
एउटा टुक्रामाथि मेरो पनि छाप्रो हुनेछ
र, यो देशका असङ्ख्य बगरहरूमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ ।

आजभन्दा चार दशक पहिले संवत् २०२४ सालमा भूपि शेरचनले हाम्रो राष्ट्र नेपाललाई ‘यो हल्लै हल्लाको देश हो’ भन्दै एउटा अर्को हल्लालाई जन्म दिएका थिए । त्यसकव १०-११ वर्षपछि भूपिसँग मेरो साक्षात्कार भयो, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा । साहित्य विधालाई अँगालेर उनी प्रज्ञा-प्रतिष्ठानको सदस्यको जिम्मेवारी वहन गर्दै थिए भने विज्ञान विधालाई प्रतिनिधित्व गर्ने जिम्मवारी मेरो काँधमा थियो ।

नेपाली भाषा, कला, साहित्य, संस्कृति, ज्ञान र विज्ञानका षट्कोषलाई समायोजन गर्दै प्रज्ञा-प्रतिष्ठानलाई अगाडि बढाउने क्रममा नेपालको अशवण्डाबारे हामी दुईबीच छलफल हुन थाल्यो । भूपिले खोजेको अंशबण्डामा उनको भागमा नेपालको कति भूभाग पर्न आउँछ भन्ने हिसाब मैले निकाल्नु पर्ने भयो । वस्तुनिष्ठ हुनैपर्यो । तथ्याङ्क खोज्नै पर्यो । नेपाल कत्रो छ भन्ने बुझ्नै पर्यो । कसैले त नापतौल गरेकै होला, यस देशको भन्ने मनमा लाग्यो ।

यत्तिकैमा महाकवि देवकोटाको के नेपाल सानो छ ? भन्ने निबन्धतिर ध्यान आकृष्ट भयो । निबन्ध पढें, पूरै पढें । तर के हुनु, कवि न ठहरिए देवकोटा पनि ! पूरा निबन्धभरि एउटा पनि अङ्क रहेनछ । तथ्याङ्क भेट्ने त कुरै भएन । कविजीले नेपाललाई विशाल देखे, विशाल भने र विशाल लेखे: ….

“तब म विशाल किन नलेखूँ ? ‘विशाल’ को भावना हिमालयको श्वासमा थियो, पहाडहरूको नीला रङ्मा, प्रकृतिको प्रचुर उदारतामा, अनेक नन्दनहरूको चिरबिरमा प्रेमको भूमि, आत्माले रोजेको आनन्द र अन्वेषणको आफ्नो विश्व जहाँ म पशुभावको मनुष्यबाट पूरा मनुष्य भएर विकसित भइरहेछु, जसलाई शैशव सम्पूर्ण अनन्त सम्झन्थ्यो, म यसको मार्मिक अंश बनेर ब्यूँझेको थिएँ, यसको तातो रातो गुलाबी कलिलो चैतन्य ! जब मलाई विशालताको चैतन्य स्फुरण हुन्छ, जब म वनकालीमा गएर एकछिनसम्म मौन आनन्दमा टोलाउँछु, तब  म साथीलाई भन्दछु, आहा ! क्या विशाल भावना मलाई फुरेर आयो, जता हेर्यो ‘विशाल’ भन्दा ज्यादा टड्कारो नेपालमा केही पनि छैन ।” (लक्ष्मी निबन्धसङ्ग्रह)

देवकोटाको लक्ष्मी निबन्धसङ्गह-२०२४ पढेपछि प्रष्ट हुन्छ, नेपालको विशालता हाम्रो सरकारी तथ्याङ्कमा अटाउन सक्दैन । तथ्याङ्क अनुसार नेपाल १,४७,१८१ वर्ग किलोमिटर राष्ट्र हो । लम्बाइ र चौडाइको गुणनफलबाट प्राप्ट्ट हुने यस आँकडामा पहाड, पर्वत र तिनले सिर्जेको तेस्रो आयाम अर्थात् उचाइको गणना भएको हुँदैन । यस अर्थमा नेपालको नापी पूरा भइसकेको छैन भन्न सकिन्छ । यसको वास्तविक नाप वर्गमिटर होइन, घनमिटरमा हुनुपर्ने हो किनभने नेपाल तीन आयामसहितको देश हो ।

भूगोलवेत्ता रामकुमार पाँडे अल्टिच्युट जियोग्राफी अफ नेपाल (Altitude Geography of Nepal) नामक आफ्नो पुस्तकमा नेपालको उचाइ र त्यसको कारण उत्पन्न हुने आर्थिक, सामाजिक, राजनीतिक र राष्ट्र विकासमा चुनौतीहरूबारे उपयोगी विचार प्रस्तुत गरेका छन् । प्रत्यक्ष रूपमा नभए पनि परोक्ष रूपले भूगोलवेत्ता तथा नापी विशेषज्ञको सामुन्ने नेपालको सर्वाङ्गीण स्वरूप नाप्नुपर्ने चुनौती छ ।

आर्किमिडिजले आफुलाई पानीमा चुर्लम्म डुबाएपछि मात्र जड पदार्थको ‌ओजन र आयतन, त्यसपछि घनत्व र गुरूत्वबारे यथार्थ मापनमा विधि पत्ता लगाएका थिए । विज्ञान र प्रविधिको फाँटमा चिरहिँड्ने कुन नेपालीलर् कस्तो पानीमा आफूलाई डुबाएर नेपालको आयतनबारे सही आँकडा, सही तथ्याङ्क जनसमक्ष ल्याउला, त्यो देख्न बाँकी नै छ । यो तथ्याङ्क यकिन नभएसम्म नेपाल कत्रो छ भन्ने प्रश्नको उत्तरमा नेपाल विशाल छ, विशालभन्दा टड्कारो नेपालमा केही पनि छैन भन्ने उत्तर नै हाम्रा विद्यार्थीहरूलाई सिकाइयोस् र क्विज मास्टरले त्यसैलाई पूर्णाङ्क दिऊन् ।

नत्र भने नेपाल कत्रो छ भनेर कसैले कसैलाई नसोधून् । सोध्नै परेमा नेपालको पींध कत्रो छ वा यसको जग कति छ अथवा भूतलमा यसको क्षेत्रफल कति छ भन्ने प्रश्नको उत्तरमा घरको जगको क्षेत्रफल बताउनुजस्तो मात्र हुन्छ । घरको वास्तविक आधार र आकृति अथवा घरले प्रदान गरेको सम्पूर्ण स्थानको नाप त्यसबाट प्रकट हुँदैन ।

दुई पैतालामा उभिएको एउटा मान्छे मरेपछि ‘यो देशका असङ्ख्य बगरहरूमध्ये एउटा बगरमाथि’ उसको चिता बनाउनु परेमा दुई पैताला होइन, दुई गज जमिन चाहिन्छ । एउटा जिउँदो मान्छेको पूर्ण आयाम पैतालाको नापो मात्र होइन, त्यस निम्ति उसको कदको पनि बोध हुनु आवश्यक छ । हामीले नेपालको कद हेर्यौं भने आकाश भरिभरि चुलिएका हिमालहरू कतै सैपाल त कतै सगरमाथा, कतै धवलागिरि त कतै अन्नपूर्ण, कतै काञ्जिरोवा त कतै कञ्चनझङ्घा, कतै मनासुल त कतै मकालु छन् ।

यसैगरी गौरीशङ्कर र गणेश मात्र होइन, कुम्भकर्ण पनि हिमालै बनेर क्षितिजभरि फैलिएको छ । महाभारत पनि पर्वतै बनेर मेचीदेखी महाकालीसम्म ढसमस्स छ । त्यति मात्र नभई चुरे पर्वतमाला पनि महाभारतको कान्छीऔंला समाएर सँगसँगै दौडिरहेझैं लाग्छ । यदि हिमाल पर्वतहरू आमाले रोटी बेल्न राखेका पीठोका डल्लाझैं नरम भएको भए यिनलाई बेलेर एक विशाल रोटी बनाउन सकिने थियो होला । अनि त्यो रोटी लङ्कादेखि ल्हासासम्म पुग्दो हो, काबुल र कश्मीरदेखि म्यानमार र मलायासम्म ढाक्दो हो । त्यसपछि अंशबण्डा गर्दा कवि भूपीको भागमा कतिपर्छ भन्न पनि सजिलो हुने थियो होला ।

तर यो देश ठूलो बनाउन यसलाई बोल्नै पर्दैन, पेल्न पर्दैन । यो यसै ठूलो छ :

“….यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चीजहरूको सूक्ष्म प्रतिविम्ब टनाटन छ । हिउँदको  दृश्यमा ध्रुव-प्रदेशको नमुना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमुना यहीं नजर सामुन्ने छ । यही सब आबहबा पाइन्छन्, यही छन् बेबीलोनका ह्याङ्गिङ गार्डेन्स्-झुलनबाग, यहीं छन् तीन सय नायगरा फल्स, चीनका पर्खाललाई सात आश्चर्यमा गन्नले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली नहुनुको अन्धता हो ।” (लक्ष्मी निबन्धसङ्ग्रह)

यस्तै अन्धता लिएका, अझ त्यसमाथि पट्टीसमेत बाँध्ने खालका सरकारी तथ्याङ्कहरू ‘झुक्याङ्क’ बनेर मस्तिष्कभरि मडारिरहन्छन् । नेपालको भूसतह कति छ भन्ने लेखाजोखा छैन तापनि प्रति वर्गकिलोमिटर जनघनत्व तथ्याङ्क विभागले ठोकुवा गर्छ । यथार्थ तथ्यमा होइन, तथ्याङ्क मान्नुपर्ने बाध्यतामा साकार भइरहेको छ ।

एउटा अर्को उदाहरण हेरौँ, ‘हरियो वन नेपालको धन’ लाई । वन क्षेत्र फेरि बढ्न थालेको प्रत्यक्ष प्रमाण हाम्रो सामु खडा छ । प्राध्यापक टोनी हागन र प्राध्यापक डोब्रोमेजजस्ता नेपाललाई नियालेर कन्दरा-कन्दरा घुम्ने वैज्ञानिकहरू पछि नेपालको पहाडी भूभागमा वि.स. २०४०, २०४२ पछि वन क्षेत्र बढको सार्वजनिक चर्चा गर्दछन् ।

मन्त्रालयको छाती फुल्ने नै भयो । प्रगतिका धर्काहरू पनि लामालामा खिँचिने नै भए । त्यो स्वभाविकै भयो । अस्वभाविक केमा देखिन्छ भने जब नेपालकव वन पहाडी क्षेत्रमा पनि हट्यो भन्ने तथ्याङ्क सार्वजनिक हुन्छ अनि त्यसलाई पचाउन सजिलो हुँदैन । वन अधिकृत र जनसमूह मिलेर वनको नापी गर्छन् र वन हस्तान्तरण पनि हुन्छ तर वन क्षेत्रको आँकडा भने अन्तरिक्षबाट भूउपग्रहले खिचेका तस्वीरका आधारमा, हवाईजहाजबाट खिचेका हवाईचित्रका आधारमा तय हुन्छ ।

यस्तो चित्रले नेपालको उचाइले प्रदान भूसतह देखाउँदैन, त्यस्ता भूसतहमा अवस्थित वन क्षेत्रपनि त्यसले नाप्ने गरेको जबसम्म कित्ता नापीका आधारमा वन तथ्याङ्क निकालिँदैन, कुन तथ्याङ्क, कुन मिथ्याङ्क र कुन झुक्याङ्क हो, त्यो बुझ्न गाह्रो हुन्छ । वस्तुत: नेपालको साइज पूर्ण भूसतह वा यस्तै कुनै वस्तुपरक (लम्बाई गुणन, चौडाई गुणन, उचाई गुणन) आधारमा निर्धारण नभए सम्म हाम्रो तथ्याङ्कले नेपाल कत्रो छ भन्ने प्रश्नको वास्तविक उत्तर दिन सक्दैन ।

स्रोत : हिमाल खबरपत्रिका, १६ असोज-१५ कात्तिक, २०५७

सम्बन्धित समाचार