acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
मानिस बाच्नका लागि लाखौँ प्रयत्न गर्छ । डाँट, छल, चोरी, लुटपाट, ठगी, हत्या, इमानदारिता, पद, प्रतिष्ठा, सफलता सबै बाच्नका लागि गरिएका प्रयत्नभित्र हुने र गरिने कार्यहरू हुन् ।
जब प्रयत्न असफल हुन्छन् अनि मानिस बाच्नै नसक्ने पिडाले छट्पटी भएर आत्महत्या गर्ने अवस्थामा पुग्छ ।
मृत्यु वरण गर्न खोज्नु चानचुन कुरा होइन ! मृत्यु वरण गर्नु अघि मृत्युको कारण उल्लेख ( लिपिबद्ध ) गर्दै मृत्युतिर धकेलिएका प्रेमप्रसाद आचार्य सन्तोषले समस्या समाधानका लागि सयौँ संरचना र व्यक्तिहरूसँग आफ्नो समस्या राखे । समस्या सुनाएको मात्रै होइन,समस्याको निकासका लागि सयौँ प्रयत्न गरे । समस्या सुनाएकै कारण उनी अपमानित भए । त्यो अपमानले उनको आत्मसम्मानमा चोट लाग्यो । त्यो घाउले छट्पटिँदै समस्या समाधान गर्न र स्वाभिमानपूर्वक बाच्न प्रयास गर्दा सयौँ विकल्पहरू खोजे । विकल्पभित्र पनि उनी डगिए, लुटिए । उनलाई व्यक्तिले र बिचौलियाले मात्रै होइन राज्यले पनि ठगेको देखिन्छ ।
आफूले गरेको कामको महत्त्व र महिमा राजनीतिक दल, नेता र सरकारसँग पटकौँ-पटक पुर्याए । तर सम्बोधन भएन ।बिचौलियाले दिएको दु:खको कथा त दुनियाँले बुझ्ने भाषामा लेखेकै छन् ।
सयौँ प्रयास गर्दा पनि आफू असफल भएपछि सामाजिक इज्जत र इमानदारिता जोगाउन जीवनदेखि हारेर आत्मदाह गर्ने प्रयास गरेको देखिन्छ ।
उनको सामाजिक सञ्जालमा उनैले लेखेको कुरा पढ्न नसकेर म तीन पटक भाव विह्वल भएँ । भिडियो हेर्न अझै सकेकी छैन । उनको कथा पढ्दा मैले आफैँलाई नियालेँ । घर, परिवार, समाज, राजनीति र राज्यका हजारौँ विकृति विसङ्गति सम्झे । आफैँलाई परेका / पारेका र गरेका समस्या सम्झेँ र झसङ्ग भएँ । उनको पीडा र छट्पट्टीले मलाई गार्हो बनायो ।
मानिसलाई अपमान गर्नु भनेको नै हिंसा गर्नु हो । प्रेमप्रसाद सयौँपटक हिंसामा परे र हिंसाबाट उत्रिए तर ऋणको हिंसाबाट बाहिरिन सकेनन् ।
आचार्यजी राज्य र समाजमा दैनिक हुने आर्थिक सामाजिक संरचनाको हिंसामा परे।यसरी हिंसामा पर्नेको सङ्ख्या लाखौँको छ । घरघरायसी अंश, वंश, सम्पत्ति ( श्रोत र साधन) को उपयोगको विषयसँग जोडिएर हिंसा भइरहेका छन् ।
यी र यस्ता विषय हेर्दा व्यक्तिगत देखिए पनि सामाजिक समस्या हुन् । यसको सम्बोधन राज्य र सरकारले गर्नु पर्दछ ।
यस्ता घटनासँग जोडिएका सयौँ प्रेमप्रसाद सन्तोषहरू मृत्युवरण गर्ने ठाउँमा पुगेका छन् । राज्यको संरक्षणमा भएको भ्रष्टिकरण र प्रशासन संरचनाभित्र मौलाएको संस्थागत कार्य सम्पादन र संरचनागत भ्रष्टाचार अन्त्य गराउन नसकेको कारण यो घटना घटेको देखिन्छ । यो त प्रतिनिधि घटना मात्रै हो ।
सरकार !
तत्काल प्रेमप्रसाद आचार्यको समस्या सम्बोधन गर । हरेक ठाउँका बिचौलियाको अन्त्य गर्दै राज्यको संरक्षणमा भएको भ्रष्टिकरण र प्रशासन संरचनाभित्र मौलाएको संस्थागत कार्य सम्पादन र संरचनागत भ्रष्टाचार अन्त्य गराउन कार्यक्रम ल्याऊ !
अझै पनि दलसँग जोडिएको कारण कति खान्छौ ? भो अब पुग्यो।
आज उप्रान्त भ्रष्टाचार विरुद्धका काम गर । नहुने र नपुग्ने कुरा नबोल । बोलेको कुराप्रति उत्तरदायी बन । जनताले देख्ने र बुझ्ने भाषा र व्यवहारले भ्रष्टाचारको अन्त्य गर । यस्तो बेलामा अर्ती उपदेश होइन समस्याको हल गर्ने प्रयास गर । प्रेमप्रसाद आचार्यको तात्कालिक समस्या उपचार र ऋण देखिन्छ । त्यसको समाधान कसरी गर्ने ? प्रेम प्रसाद जस्ता सयौँ छन्, उनीहरूका समस्या पनि सँगसँगै आउँछन् । त्यसैले प्रेम प्रसादको बारेमा बोल्दा विचार पुर्याएर जनतालाई अपमान नहुने गरि बोल !
सरकारमा बसेकाहरू हो ! मानिसलाई मर्ने रहर हुँदैन । बाच्नको लागि साथ र आश चाहिन्छ ।नेपाली जनताले राजनीतिक दलसँग खोजेको साथ मात्रै हो । जनप्रतिनिधि र सरकार सँग खोजेको भरोसाको आस हो । हिजो भएको बानेश्वरको घटनाको तत्काल छानबिन र सम्बोधन गरियोस् ।
सीता ओझा
अध्यक्ष
महिला अध्ययन केन्द्र