यसरी सर्प मार्ने क्रममा सर्पका अङ्गहरूमध्ये पादुकामा पाउ खसेको, नाभिस्थानमा नाभि खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अङ्ग) खसेको भन्ने भनाई छ ।
Photo by: Mahendra UPdhyaya
जहाँतहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ती चौटाहरू
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकन
मानिसको धरिति डुल्न आउँछन् !! (वासु शशी, कवितांश)
प्रविधिसँगको ज्यादा लसपसका कारण पृथ्वीका धेरै चौटाहरू सित्तै खेर गएका छन् । प्रविधिको एउटा बैगुन, यसले हामीलाई प्रकृतिदेखि दूर गरिदियो । संसार जतिजति अगाडि बढ्दै जाँदो छ, घुम्ने संस्कार उतिउति पर सर्दो छ । जङ्गल जङ्गल घुम्दै फिर्दै सिकार खेल्ने, काँडे भ्याकुर, रिट्ठा कन्दमूलको खोजी गर्दै हिँड्नमा मजा मान्ने मान्छेको जातले आफ्नो सो प्राचीन बानी भुल्दै गइरहेको छ ।
हाम्रा सभ्यता, इतिहास, लोक परम्पराहरूलाई नियाल्ने हो भने मानवले लामो यात्रा गरेको छ । अनेकन् ठाउँहरू खोजेको छ । अनेकन् रीतिथिति बसाएको छ । जन्म, मृत्यु, बिहे, व्यापार, लेनदेन, युद्ध लगायतका अनेकन् घटनाहरूले सामाजिक, आर्थिक रूपमा जेजस्तो प्रभाव पारेता पनि घुमघामको संस्कार स्थापित गराएको थियो । महात्मा, ऋषि मुनिहरूदेखि लेखक, अनुसन्धानकर्ताहरू विभिन्न बहानामा अनेकन् ठाउँ पुगिरहेका थिए/छन् । धर्मको बहानामा तीर्थ यात्राका लागि निस्कनेहरूको सङ्ख्या पनि बाक्लै छ । आज पनि घुमन्ते र सिकारी जीवनयापन गरिरहेको अल्पसङ्ख्यकहरू विश्वका अनेकन् ठाउँहरूमा भेटिरहन्छन् । यस हिसाबले हामी मानव स्वभावैले घुमन्ते जाति हौँ ।
परापूर्व कालमा भैरी गाउँका एकजना वृद्ध व्यक्ति मर्न लाग्दा उनको प्राण छिटो नगएकाले उनका छोराहरूले बुढाको अन्तिम इच्छा सोधे।
त्यसो भए घुम्ने जाने होइन त ? आउनुहोस्, यसपालि दैलेखको पन्चकोशी क्षेत्र घुम्न जाऊ ।
पञ्चकोशी दैलेख जिल्लामा पर्ने नेपालकै एक पवित्र तीर्थस्थल हो । यस तीर्थस्थललाई ज्वाला क्षेत्र अथवा ज्वाला तीर्थ पनि भनिन्छ। । हिन्दू धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्दपुराणमा यस क्षेत्रलाई वैश्वानर तीर्थ भनेर वर्णन गरिएको छ। हिन्दु धर्म अनुसार यस क्षेत्रमा आएर पन्चतत्त्व – जल, वायु, भूमि, अग्नि र आकाशको मिलन हुन्छ । हिन्दु धर्म ग्रन्थमा यश क्षेत्रको महिमा यसरी गरिएको छ ।
वाराणस्याः प्रयागश्च मायापुर्याः विशेषतः ।
इदं क्षेत्रं महापुण्यं कलौ कल्मषनाशनम् ॥
अथवा ( वाराणसी, प्रयाग, मायापुरी (हरिद्वार)भन्दा विशेष गरेर यो ज्वालाक्षेत्र महापूण्यदायक र यो कलियुगमा पापनाशक पनि छ। )
त्यसैले मानव चोला लिएका हरेक आत्मले यस चोलामा जानी नजानी केही पाप गरेका भए पाप मोचनका लागि एकपल्ट दैलेखको पन्चकोशी क्षेत्र पुग्नैपर्ने बताइन्छ ।
इतिहासको एक पाटो
परापूर्व कालमा भैरी गाउँका एकजना वृद्ध व्यक्ति मर्न लाग्दा उनको प्राण छिटो नगएकाले उनका छोराहरूले बुढाको अन्तिम इच्छा सोधे। बुढाले दुल्लुको नाग दुलोमा रहेको ठुलो सर्पलाई मारी आफ्नो दाहसंस्कार नाभिस्थनमा गराउनु पर्ने इच्छा प्रकट गरे । बुढाका पाँच भाइ छोराहरूले अनेक प्रयास गरी सदियौँदेखि मलामीहरूलाई खाने सर्पलाई मारेर आफ्नो बाबुको अन्तिम इच्छा पुरा गरेका थिए । सर्पलाई मारेर आफ्ना धनुषहरू नाभिस्थनमा गाडेर आएका थिए । उक्त धनुषहरू पलाएर बनेका बाँसका झाङहरू र दुल्लुको नाग दुलोअझै पनि छदै छन् । यसरी सर्प मार्ने क्रममा सर्पका अङ्गहरूमध्ये पादुकामा पाउ खसेको, नाभिस्थानमा नाभि खसेको, कोटिलामा कोखा खसेको, श्रीस्थानमा शिर खसेको र धुलेश्वरमा धुलो (बाँकी रहेको अङ्ग) खसेको भन्ने भनाई छ ।