सोमबार , भाद्र ८, २०८३

आलमत (आकाशदीप): सबैभन्दा सुन्दर र उज्यालो चन्द्रमा बादलले छेक्यो

image

आजको रातलाई शरद पूनमको रात भनिन्छ । यस रातमा चन्द्रमा सबैभन्दा सुन्दर र उज्यालो रहने गर्दछ । यस वर्ष अप्रत्याशित आएको वर्षातले पूर्णिमाको चन्द्रमा हेर्न वञ्चित भए पनि यस रातको कथा वा वर्णन भने निकै सुन्ने गर्दछौँ ।

आजको सोह्रौँ दिनमा आउने लक्ष्मी पूजाको आरम्भ आजबाट नै हुने गर्दछ । आजबाट लगातार सोह्र रात सोह्र लक्ष्मीको पूजा गर्ने गरिन्छ ।

आजबाट चन्द्रमाको षोडश कलाको शुरुवात हुने गर्दछ । यसरी चन्द्रमाको प्रत्येक कलामा षोडश लक्ष्मीको पूजा गर्ने गरिन्छ ।
नेवा:हरूले आजबाट पूजा गर्ने षोडश लक्ष्मीहरूमा: महालक्ष्मी, सिद्धिलक्ष्मी, बुद्धलक्ष्मी, विश्वलक्ष्मी, भूवनलक्ष्मी, मन्द:लक्ष्मी, गृहलक्ष्मी, धान्यलक्ष्मी, खड्गलक्ष्मी, सन्तानलक्ष्मी, सत्यलक्ष्मी, मोक्षलक्ष्मी, प्रतिलक्ष्मी, ज्ञानलक्ष्मी, राज्यलक्ष्मी तथा धनलक्ष्मी हुन् । यी सोह्र लक्ष्मीबाट हामी १. ज्ञान २. विवेक ३. साहस र बल ४. सफलता ५. बुद्धिमान सन्तति ६. सुन तथा अन्य प्रकारको धन ७. यथेष्ट अन्न ८. खुसी र आनन्द ९. बुद्धिमत्ता १०. सौन्दर्य र आकर्षण ११. उच्च लक्ष १२. उच्च सोच १३. ध्यान १४. नैतिकता १५. राम्रो स्वास्थ्य र १६. लामो आयु गरि सोह्र भिन्दा भिन्दै कुरा माग्दछौँ ।

आजकै दिन अधिकांश हिन्दुहरूले आकाशदीप बाल्ने गर्दछन् । नेवा:हरूले आकाशदीपलाई ‘आलमत’ भन्ने गर्दछन् । नेवारी भाषामा ‘आल’ भन्नाले आकाश बुझाउँछ भने ‘मत’ भन्नाले बत्ती भन्ने बुझाउँछ । यसर्थ नेवा:हरू आलमत भन्ने गरिए पनि अचेल कतै कतै अपभ्रंश भई आलुमत भन्ने पनि गरिन्छ ।

Tags:

सम्बन्धित समाचार