सोमबार , साउन १८, २०८३

६०० वर्ष पुरानो ‘बाग्रा गुम्बा’

मनाङको ब्रागा (भ्राका) गुम्बा करिब ६०० वर्ष पुरानो गुम्बा मानिएको छ । मनाङ पुग्नुभन्दा केही अगाडी यस गुम्बा डाँडा खोपेर बनाइएको छ ।

image

मनाङको ब्रागा (भ्राका) गुम्बा करिब ६०० वर्ष पुरानो गुम्बा मानिएको छ । मनाङ पुग्नुभन्दा केही अगाडी यस गुम्बा डाँडा खोपेर बनाइएको छ । मनाङको खङ्सार सडकको बाग्रा गाँउमा रहेको हुँदा नै यो गुम्बाको नाम ‘बाग्रा गुम्बा’ रहन गएको हो । तिलिचो ताल पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै यस सडकमा चहलपहल बढ्दै गएको छ ।

बाग्रा गुम्बाको इतिहास

५०० वर्ष भन्दा अगाडी तिब्बतबाट एघारौँ कर्मापा यस क्षेत्रमा आउँदा उनले यस गुम्बा निर्माण गरेको जनश्रुति प्रचलित छ । एघारौँ कर्मापाले बनाउन  लगाएका भएकाले यस गुम्बाको नाम उनकै नामबाट खाटु कर्मा लप्साङ गुम्बा रहन गएको थियो । गुम्बामा चार वटा ठूला ठूला मूर्तिहरू थिए । धेरै समय सम्म गुम्बा बेवास्तामा रह्यो । जसले गर्दा गुम्बा विस्तारै भत्कन थाल्यो । गुम्बामा रहेको मूर्तिहरू पनि केही हराए भने  केही नष्ट भए ।

पछि गाँउका सबै मिलेर नयाँ गुम्बा बनाइयो । यसपश्चात् गुम्बाको नाम गाँउको नामबाट ब्रागा गुम्बा रहन गयो । अहिले पनि पुराना मूर्ति र संरचनालाई विशेष ध्यान दिएर उस्तै बनाउने प्रयास गरिएको छ ।

यहाँ तस्बिरमा ५६ वर्ष अन्तरका बाग्रा गुम्बाको दुई तस्बिर राखेको छु । पुरानो तस्बिर जीर्ण देखिएका गुम्बा तथा घरहरू हाल बनाइएको देखिन्छ । पर्यटक बिस्तारै बढ्ने क्रम भएपछि पनि यो ठाउँको विकास भएको स्पष्ट देख्न सकिन्छ ।

सम्बन्धित समाचार