मंगलबार , कार्तिक ११, २०८३

ओशो उन्मन ध्यानमा “अझै केही गर्छु” भन्ने आँट बोकेकी विष्णु कुमारी शाही

image

ओशोधारा मैत्री संध सौराहा नेपालको आयोजनामा ५ दिने ओशो उन्मन ध्यान साधना शिविरमा भेटिएकी विष्णु कुमारी शाही, जो अहिले ६८ वर्षकी भइन् । उनी भन्छिन्, ‘म मा अझै केही गर्छु भन्ने आँट छ र उर्जा छ ।’

एकाबिहानै ध्यानमा जाँदै गर्दा मैले उनलाई सोधेकी थिएँ । ‘तपाईं पनि ध्यान गर्न आउनु भएको हो ?’ मलाई देखेर उनले मुस्कुराउँदै भनेकी थिइन्, ‘ हो नि’ त्यसपछि हामीले केही बेर गफ गरेका थियौँ । उनी आफ्नो छोरा र नातिनि मार्फत् आएकी रहिछन् ।

विगत लामो समय देखी ओशो ध्यान शिविरमा धाउने गरेकी उनको अबको इच्छा भनेको यसरी नै आफ्नो जिन्दगीको बाँकी समय ध्यान र तिर्थस्थलहरूमा बिताउने रहेछ । उनी थप भन्दै थिइन्, ‘मेरै उमेरको साथीहरूमा मर्ने इच्छा प्रवल देख्छु म, तर मलाई उनीहरूलाई जसरी  अहिले नै मर्नु छैन । अरू केही गर्न नसके पनि अब म उनीहरूको लागी प्रेरणाको स्रोत बन्न चाहान्छु ।’

उनी मलाई नातिनि भन्थिन्, म उनलाई हजुरआमा भन्थें । कहिले म उनको सेवा गर्थें त कहिले उनी मेरो सेवा गर्थिन् ।  मेरो शिरमा हात राख्दै भन्थिन्, ‘जसले तिमीलाई दुख दिएको छ उनीहरू बिस्तारै हार्दै, सकिँदै जानेछन् । बस् तिमी आफ्नो हिम्मत नहार्नु, निरन्तर अघि बढिरहनु, मेरो आशीर्वाद र शुभकामना सधै तिमी सँग हुनेछ ।’

यसरी आफ्नो परिवार नै ओशोप्रति एकदमै सकारात्मक भएकोमा उनी अहिले खुशी छिन् । र, पछिल्लो समय दुख बाट मुक्ति पाउनको निम्ति यो मार्ग रोज्न उनले अरूलाई समेत सल्लाह दिने गरेकी छिन् ।

सम्बन्धित समाचार