hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

मानव बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो

image

नवीन जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बस्दै आएका छन् । उनी मानव बेचविखनविरुद्धका एक चर्चित नेपाली अभियन्ता हुन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको एक संस्थाले उद्धार गर्दै आइरहेको छ । जोशी सामाजिक संस्था ‘किन इन्डिया’को निर्देशक समेत छन् । सोही संस्थामार्फत सयौंको उद्दार भइसकेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचिबिखन तथा ओसारपसारविरुद्ध उल्लेखनिय कार्य गरेबापत अठारौँ मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सम्मान ग्रहण गर्न नेपाल आएका बेला जोशीसँग  गरिएको संक्षिप्त कुराकानी :

यतिबेला भारतमा मानव बेचविखनको अवस्था कस्तो छ, घट्दो कि बढ्दो छ ?
दिल्लीमा बसेर हामी मानव बेचविखनविरुद्ध काम गरिरहेका छौं । दिल्लीलगायत भारतका अधिकांश सहरहरुमा बेचबिखनको अवस्था एकदमै गम्भीर छ । बर्षौंदेखि गम्भीर बन्दै आएको छ । मानव बेचविखन भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो । तर अहिले सबै मानिसहरु बेचनविखनमा परिरहेका छन् । कुनै लैङ्गिकताका आधारमा बेचविखनमा फरक छैन् । बालक, युवा, महिला, किशोरी जोसुकै बेचविखनको शिकारमा छन् । भारत वा भारत हुँदै तेस्रो मुलुक निर्यात भइरहेका छन् ।

विशेषगरी नेपालका कुन भेगबाट बेचविखनमा परेका व्यक्तिहरु दिल्लीमा भेटिन्छन् ? बेचबिखनको तौर तरिका कस्तो छ ?
नेपालका नुवाकोट र सिन्धुपाल्चोकलगायतका जिल्लाबाट धेरै मानिसहरु बेचविखनमा परेको भेटिन्थ्यो । दिल्लीको जिबी रोड, कलकत्ताको सुनागाछी अथवा मुम्बइको कोटीहरुमा नेपाली युवतीहरु बेचिने गरेको सुनिन्थ्यो र भेटिन्थ्यो । तर अहिले डिजिटल युगमा धेरै परिवर्तनहरु भइरहेको छन् । यो क्षेत्रमा पनि सोही अनुसार परिवर्तन भइरहेका छन् । कानुन संयन्त्र भन्दा दुई कदम माथि बेचबिखन भइरहेको छ । बेचबिखन नभएको कुनैपनि त्यस्तो निश्चित ठाउँ छैन् । अहिले त वाट्सएपमार्फत कुनै फ्ल्याटमा बोलाएर धन्दा चलाएको पाइन्छ । फ्ल्याटमै बसेर विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ । बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो । सोही अनुसार सप्लाइ भइरहेको छ । दिल्ली, मुम्बइ र कलकत्ताका कोठाहरुमा मात्र सिमित छ भन्न सकिदैन् ।

 नेपालको कुन कुन नाका बेचबेखिनका लागि बढी जोखिमयुक्त लाग्छन् ?
पूर्व झापादेखि पश्चिम महेन्द्रनगरसम्मका लगभग प्रायः सबै नाकाहरु जोखिमपूर्ण नै छन् । त्यहाँका साना नाकाहरु पनि उत्तिकै चलायमान रहन्छन् । हुनत त्यहाँ हाम्रा सुरक्षाकर्मीहरु, विभिन्न संघ संस्थाका साथीहरुले निगरानी गरिरहनुभएको छ । तर यति हुँदाहुँदै पनि महिला, बालबालिकाहरु भारत पुगिरहेका छन् । नाकाबाट गइरहेकै छन् । कुनै नाका जोखिममुक्त छैनन् । यसका साथै साना साना नाकाहरुको प्रयोग गर्ने, जङ्गलको बाटो प्रयोग गर्ने, निजी गाडीहरुमा पारी कटाउनेक्रम जारी नै छ । कञ्चापुरतिर बाइकहरु प्रयोग गरेर पनि नाका पार गराउने गरेको पाइन्छ । पछिल्लो पटक हामीले कोभिडपछि १९ जना बालकहरुलाई लैजाने क्रममा रेड गरेर उद्धार गरेका थियौं । उनीहरुलाई खेतबाट बोर्डर कटाइएको रहेछ । तार समेत हटाएर बोर्डर कटाएको रहेछ । बोर्डर कटाउने तरिका सधैँ फरक फरक हुन्छ ।

मानव बेचविखनमा प्रहरी प्रशासन, राजनीतिक दल र अन्य निकायहरुको पनि कहीं कतै मिलेमतो भएजस्तो आशंका लाग्दैन् ?
राजनीति त सबै ठाँउमा जोडिएको हुन्छ । तर कुन रुपमा जोडिएको हो भन्ने कुरा बुझ्नपर्छ । दलहरु त मिडिया, व्यापारलगायत राम्रो नराम्रो सबै ठाँउमा जोडिएकै हुन्छन् । हामीलाई कुनैबेला माथि उल्लेख गरिएका सबै ठाउँबाट धम्की आउने गर्दथ्यो तर वास्ता नगरी अगाडि बढिरहेका हुन्थ्यौं । तर ब्यूरोक्रेसी अथवा प्रहरीहरु यस्तो जघन्य अपराधमा मिलेको छ कि भन्ने चाहीं लाग्दैन् ।

सामान्यतया मानव वेचविखन देहव्यापारमा मात्र केन्द्रीत हुन्छ भन्ने मान्यता छ, तपाइँहरुको अध्ययनले के देखाउँछ ?
पहिला यौन व्यवसाय गर्नको लागि मात्र लगिने गरेको जस्तो देखिन्थ्यो । तर समय धेरै परिवर्तन भइसक्यो । अहिले को मान्छे कहाँ फिट हुन्छ, त्यसलाई लगेर भीख मगाउने हो कि लागू औषध ओसार पोसारमा लगाउने हो कि अथवा बाल मजदुर गराउने हो कि भन्ने कुरा व्यक्तिलाई हेरेर निर्भर हुन्छ । दलालहरुको उद्देश्य भनेको पैसा कमाउने मात्र हो ।

तर पछिल्लो समय नेपालीहरुलाई भारतमा लगेर आफ्नो किट्नी निकाल्न लगाएर किड्नीको व्यापार पनि गराएको भन्ने समाचार आइरहेका छन् । यो सत्य हो ?
एक समय नेपालको होक्से गाँउबाट नेपालीहरुलाई कलकत्तामा लगेर किड्नी ट्रान्सप्लान्ट गर्ने कामहरु गर्न लगाएको हामीले थाहा पाएका हौं । त्यस बाहेक अन्य अंगको पनि व्यापार हुँदैछ रे भन्ने सुन्नमा आएको छ । यसमा भारत सरकार पनि संवेदनशिल छ तर यस्तो समस्या विश्वव्यापी रोगकै रुपमा छ । कम गर्न सकेको भएपनि रोक्न सकेको अवस्था छैन् ।

मानव बेचविखन रोक्न भारत र नेपालका प्रहरी प्रशासनको इमान्दार सहयोग पाइरहनुभएको छ ?
कानूनी रुपमा भारतको सरकार र प्रशासनले सहयोग गरिरहनुभएको छ । भारतमा १८ वर्षभन्दा मुनीका बालबालिकाहरुका लागि अलगै कानून र अदालत छ । त्यसो भएको हुनाले पनि सहयोग गर्दैनौ भनेर भन्नै मिल्दैन् । तथापी, १८ वर्षभन्दा माथिका व्यक्तिहरुको उद्धारमा भने केही समस्याहरु हुने गरेका छन् । उद्धार हुनुछैन भन्ने किसिमका कुराहरुले गर्दा व्यवहारिक समस्याहरु छन् । त्यस्तो केशमा पीडित हो की होइन भनेर प्रमाणीत गर्न चाहीं प्रहरी प्रशासनले सहयोग गर्छ । नेपालमा पनि पहिलाभन्दा अहिले युवाहरु प्रहरी प्रशासन वा व्यूरोक्रेसीमा हुनुभएकाले केही सहज भएको छ । तर यति हुँदाहुँदै पनि हामीमा कानुनी अभावहरुले गर्दा समस्या पर्ने गरेको छ । किनभने कानूनी रुपमा नेपाल र भारत दुवै देशको मानव बेचबिखनको लागि कसरी काम गर्ने भनेर कुनै सम्झौता छैन् । कानुन नहुँदा उद्धार गरिसकेपछि पनि स्वदेश फिर्ता गर्नको लागि त्यतिकै चुनौती भइरहेको छ । स्वदेश फर्काउने सवालमा प्रशस्त कानुनी र कागजी समस्याहरु झेलिरहनुपरेको छ ।

तपाई आफूचाहीं यो क्षेत्रमा लागेको कति भयो, अहिलेसम्म कतिको उद्धार गर्नुभयो ?
मैंले काम गरेको करिब १५ वर्ष भयो । हामी अर्थात मेरो नेतृत्वको टीमले आठ सय जनाको उद्धार तथा स्वदेश फिर्ता गरिसकेका छौ । त्यसमा ९९ प्रतिशत नेपाली अरु भारतीय थिए । हाम्रा सहयोगी संस्थाहरु छन् । एनसीआरसी जस्ता संस्थाहरु छन् । शक्ति समूह जस्ता धेरै संस्थाहरु छन् । उहाँहरु मार्फत उद्धार भएकाहरुलाई सुधार गृह वा पुनःस्थापना केन्द्र लैजाने, तालिम दिने काम गरिरहेका छौं ।
उनीहरुलाई सीप सिकाउने र जागिर दिने काम पनि भइरहेका छन् । उनीहरु फेरि पीडित नबनोस भन्नका लागि संघ संस्थाहरुसँग सहकार्यका काम गरिरहेका हुन्छौ । आवश्यक परे अनुसार पढ्न मन भएकाहरुलाई पढाउने काम पनि हुने गरेको छ । त्यसमा नेपाल सरकारको पनि भूमिका रहन्छ । सरकारका आफ्नै कार्यक्रमहरु पनि छन् ।

तपाईहरुको अध्ययनले भारत वा तेस्रो मुलुक मानव बेचविखनको प्रक्रिया चाहीं कस्तो हुँदोरहेछ, दलालहरुले कति कमाउँछन ?
मानव बेचविखनका अनेक रुप छन् । इराक, कुबेतलगायत खाडी मुलुक पठाउनेको छुट्टै संजाल र प्रक्रियाहरु छन् । त्यहाँ लगेर यौन व्यवसायहरुमा लगाउने गर्छन् । त्यहाँ बसेको मानिसले कराडौं कमाइ गर्छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बयान लिने क्रममा कति ठाँउमा जाने कति पैसा लिने भन्ने कुरा सोधेर हिसाब लगाउँदा एकजना बहिनी(युवती)बाट एक महिनामा दुई करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ । त्यस्ता बहिनीहरु एक पटकमा १०–१२ जनासम्म हुन्छन् । भनेको दलालको आम्दानी आफैं हिसाब गर्नुहोस ।

तपाईको कुराकानीको सार मानव बेचविखन बढिरहेको भन्ने रहयो । तर नेपालमा पहिलेजस्तो गरिबी र अशिक्षा छैन् । त्यस कारणले बेचबिखन घटेको छ पनि भनिन्छ नि ।
पहिलाको रिर्पोटहरु पढ्दा वा त्यो बेलाको गरिबी, अशिक्षाको कारणले बढी बेचबिखनमा पर्ने गरेका थिए । तर अहिले धेरै आकाङक्षाहरु बोकेको कारणले प्रलोभनमा बढी परेको जस्तो देखिन्छ । २०१६, १७ र १८ मा वैदेशिक रोजगारको विरुद्धमा क्याम्पेन नै चलाएका थियौं । जसमा सुरुमा १६ जना उद्धार गरेका थियौं । त्यसपछि पहाडजंगबाट ३९ जना साथै क्रमशः दर्जनौं व्यक्तिहरुको उद्धार गरेका थियौं । हुनत अहिले भारतलाई प्रयोग गरेर तेस्रो मुलुकमा महिलाहरुलाई कम नै पठाउने गरेको पाइन्छ ।

मानव बेचविखन रोक्ने मुख्य जिम्मेवारी भनेको सरकारको हो । हामीले सरकारलाई सहयोग गरेका छौ । सरकारले पनि यो विषयलाई गम्भीरतापूर्वक लिएर दुवै देशबीच सम्झौता गर्नुपर्छ । यसले उद्धार गरेका र मुद्दा परेका प्रतिवादीहरुलाई ल्याउन सहजीकरण हुन्छ ।

हुनत यो काम एकदमै जोखिमपूर्ण पनि छ । काममा खतरा एकदमै छ । चुनौतीहरु पनि धेरै नै छन । मानव बेचबिखन विरुद्धको अभियान भनेको जबसम्म मानिस आफै अथवा आफ्नै घरको मानिस बेचिदैँन् तबसम्म मान्छेलाई चासो लाग्दैँन् । बेचविखनविरुद्ध उत्रिने भनेको आफूलाई परिसकेपछि मात्र हो । तर यो गलत हो । यसमा चासो राख्नुपर्छ । घर घरबाट हरेक व्यक्तिले यसबारे सोच्ने हो भने घटना धेरै कम हुनसक्ने सम्भावना छ ।

सम्बन्धित समाचार