hacklink betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş matadorbet matadorbet giriş matadorbet güncel giriş matadobet güncel vevobahis vevobahis giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş dedebet dedebet giriş dedebet güncel dedebet güncel giriş piabellecasino piabellecasino giriş piabellecasino güncel piabellecasino güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş polobet polobet giriş polobet güncel giriş polobet güncel vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş vidobet vidobet giriş vidobet güncel vidoebet güncel giriş kingbetting kingbetting giriş kingbetting güncel kingbetting güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meritbet meritbet giriş meritbet güncel meritbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş polobet polobet giriş polobet güncel polobet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş betmoney betmoney giriş betmoney güncel betmoney güncel giriş realbahis realbahis giriş realbahis güncel realbahis güncel giriş holiganbet holiganbet giriş holiganbet güncel holiganbet güncel giriş pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil piabet piabet giriş piabet güncel giriş piabet mobil vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal mobil tlcasino tlcasino giriş tlcasino mobil tlcasino güncel portobet portobet giriş portobet güncel giriş portobet mobil pulibet pulibet giriş pulibet güncel pulibet güncel giriş meritking meritking giriş meritking güncel meritking güncel giriş meritking adres galabet galabet giriş galabet güncel giriş galabet güncel galabet mobil vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş pulibet pulibet giriş pulibet güncel giriş pulibet güncel betebet betebet giriş betebet güncel giriş betebet mobil tlcasino tlcasino giriş tlcasino güncel giriş tlcasino mobil interbahis interbahis giriş interbahis mobil interbahis güncel giriş

बिहिबार , फागुण २८, २०८२

भारतको दृष्टिकोण

image

नेपालले देश विकाशको लागि केही राम्रो कुरा सोच्यो भने छिमेकी देश भारत आतिन्छ । नेपाललाई सधैं आफ्नो छातामा राख्न चाहन्छ । यस देशमा शासन गरेका राननितीक नेताहरूलाई प्रभावमा पारेकै छ । भन्ने गरिन्छ भारत र नेपालको सम्बन्ध हिमालय र गंगा जति पुराना छन् उतिकै पुरानो हो । यि दुई देशको सम्बन्ध कागजको डुङ्गाबाट कायम भएको होइन । यि दुई देशका नागरिकको हृदयको ढुकढुकीले यस सम्बन्धको कथा बताउने गरेको छ ।

यि दुई देशको सम्बन्ध जनजनका मनको प्रतिघोषको रूपमा छ । नेपाल त्यो भूमि हो, जसमा विश्वलाई नै अचम्भित गर्ने भगवान बुद्ध जन्मनु भयो । भारतले त्यस्तो कुनै लडाई जितेको छैन, जहाँ नेपालीको रगत नबगेको होस् । भारतको रक्षाको लागि र भारतको स्वाभिमानका लागि नेपालका बहादुर मरिमेट्न कहिल्यै पछि परेनन् । भारतीय सेनामा एउटा भनाई छ— कोही सेनाको जवान मर्न डराउँदैन भन्यो भने बुझ्नु या त उ झूठो बोल्दैछ या ऊ गोर्खा हो । नेपालकै भूमिमा कुनै समयमा ऋषिमुनिले वेद, पुराण, संहिता लेखेका थिए ।

नेपाली जनताले संविधानबाट अधिकार पाएको भारतले सहन सकेन । प्रत्यक्षमा केही नबोले पनि अघोषित नाकाबन्दी गरेर सकेसम्म दुःख दियो । हिंसामा विश्वास गर्ने संसारका समूहहरूलाई नेपालले संन्देश दिएको छ बम, बन्दूक र पेस्तोलले भलाई हुँदैन बरु संविधानको सीमाभित्र लोकतान्त्रिक पद्धतिद्वारा इच्छित परिणाम प्राप्त गर्न सकिन्छ । नेपालको संविधान बनाउँनमा त्यस्ता मानिसहरूको सहभागिता रह्यो, जसले कुनै बेला शस्त्रमा भरोसा गरेका थिए । युद्ध छोडेर बुद्धको बाटो अपनाएको हुँदा संभवहुन सकेको हो । संविधानसभाको माध्यमबाट नेपालले जुन प्रयोग गरेको छ, छिमेकी मुलुक भारतको असन्तुष्टि रहँदा रहँदै पनि विश्वलाई हिंसाबाट मुक्तिका लागि एउटा उदाहरण बनेको छ । भारतले सुरुदेखिनै दखल दिदै आएपनि हाम्रो दृढ संकल्पले गर्दा आज यो स्थितिमा उभीन सकेका छौं । नेपाल एक सार्वभौम राष्ट्र हो, हिमालयको यो राष्ट्रले हिमालय जस्तो उचाई प्राप्त गर्न लम्कदै छ ।

नेपालको संविधान समावेशी छ । हरेक नेपाली नागरिक गरिब वा धनि, पढेको या अनपढ, गाउँको या सहरको सबैले संबिधानमा आफ्नो पनको सुगन्ध पाएको छ । नेपालको संविधान सर्वजन हिताय र सर्वजन सुखाय छ । संविधान, जनजनको आकांक्षा पूर्तिको लागि बनेको हुँदा एक आपसमा नेपाली मन जोडेको छ । संविधान आपसि विवादलाई संवादतर्फ लैजाने माध्यम बनेको छ । जसले वर्तमानबाट मुक्तिको अनुभूति गर्छ र आउँदो समयको गहिराईलाई राम्ररी देख्न सक्छ, त्यस्तो संविधानलाई सबल मानिन्छ । यसकारण नेपाल सधैं अशान्त रहोस् यो चाहना छिमेकीको छ र हामी अशान्तलाई स्मृतिमा परिणत गर्न चाहन्छौं । कारण, सधै एउटै अवस्थामा रहन अब हामीलाई स्वीकार छैन । नेपालको हरियो वन भारतले सिद्धाइसक्यो । ढुङ्गाबालुवा ओसार्दै छ अहिले । नदी नेपालको भए पनि पानीको उपयोग भारतले गर्ने गरेको छ । यहाँ खानी सञ्चालन गर्न अबरोध पुर्याउँछ, नेपाली सधै सस्तोमा स्रम बेच्ने र नेपालको जडीबुटी लगायत प्राकृतिक सम्पदा सितैमा भनेजस्तो लीने— लिदै आएको बानी बदल्न चाहदैन भारत ।

संसारको कतैको पनि संविधान सर्वकालीक वनेको छैन र हुँदैन पनि, जुन सुकै संविधानले पनि वर्तमान हेरेर भविष्यको गोरेटो कोर्ने गर्दछ र यहाँको संविधानले पनि गरेको छ । तर भारतले नेपालको यो संघीय लोकतान्त्रिक गणतन्त्रको दस्तावेजलाई आदर र स्वागत नगर्नूको पछाडी उस्को आफ्नै नीयतले काम गरेको छ ।
नेपालमा जन्मेका बुद्धले विचारको प्रकाश दिएर मानव मनको अँध्यारो हटाएका थिए । जसबाट मानव जातिलाई नयाँ चेतना प्राप्त भएको थियो ।
नेपाल पानीमा यति धनी छ, बिजुली बेचेर पनि समृद्ध देशको पंक्तिमा आउन सक्छ । आज चीन, बंगलादेश लगायत नेपालसँग बिजुलीको लागि जोडिन चाहन्छ, तर भारतले आन्तरिक किचलो सिर्जना गराएर खोचे थापेर हलो अड्काउने काम गर्दैछ । नेपालको हिमालयको गर्भमा रहेका जडिबुटीलाई स्वदेशमै हर्बल मेडिसिनको रूपदिन सक्यौं भने नेपाल संसारमा जडिबुटीजन्य हर्बल औषधिको सबैभन्दा ठूलो निर्यातकर्ता देश बन्न सक्छ ? यसो गर्दा भारतले सस्तोमा कच्चा पदार्थ (जडिबुटी) नपाउन सक्छ, त्यस कारण यो ऊ चाँहदैन । अहिले नेपालमा जे जति बचेको छ त्यो सबमा आफ्नो स्वामीत्व चाहन्छ भारत । केही गर्नु अघी नेपालले भारतसँग सोधोस् र उसको हित नहुने सोच्नु राम्रो हो, तर भारतको व्यवहार नवलपरासी, पर्सा, बारा, रौतहट, मोरङ, सुनसरी, सप्तरीका किसानले प्रत्यक्ष भोगेका व्योहेका छन्, पानी माथीको एकाधीकार बुझेकाछन् । धान, गहुँलाई जती खेर पानी चाहिन्छ, सो समयमा दिएको हुँदैन, बर्षामा बोडरमा बाधेको बाँधको ढोका थुनिदिएर सीमा छेत्रका गाउँ घर बर्षेनी डुबानमा पार्ने गरेको छ । अहिले नचेते, कहिले चेत्ने ।

नेपाललाई हिन्दू र बौद्ध धार्मिक पर्यटनका रूपमा विकास गर्न सकियो भने धेरैभन्दा धेरै पर्यटक नेपाल आउनेछन् । पर्यटन एउटा यस्तो क्षेत्र हो, जसमा कमभन्दा कम पुँजीबाट फाइदा लिन सकिन्छ । पर्यटक आएका बेला चना बेच्ने, हरियो मकै बेच्ने पनि कमाउँछन्, बदाम बेच्ने पनि कमाउँछन्, अटो रिक्सावाला पनि कमाउँछन् र ट्याक्सीवाला पनि कमाउँछन् ।
नेपालमा भएको जलस्रोतको सही सदुपयोग गर्न सकियो भने यहाँको मात्र होइन छिमेकी देशको पनि अँध्यारो हटाउन सक्नेछ । यो कुरो भारतले चाहदैन । नेपाल आत्म निर्भर नबनोस्, हरेक क्षेत्रमा भारतकै भर परोस् यही चाहन्छ । यस सोचलाई नेपालले आफ्नो बुद्धि विवेक प्रयोगगरि अन्त्य गर्न सकेमामात्र भविष्य उज्ज्वल बन्न सक्छ ।
आफ्नो घर बनाउँन छिमेकीको भर परेर बन्दैन । इष्ट इंडिया कम्पनी (अंग्रेजकोदास भारत) प्रतिको दृष्टिकोण उहिल्यै राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रष्ट बताएकै थिए । उनको सोच पालन गरेनौं । आज परनिर्भर बन्न पुग्यौं ।

बास्तवमा भन्ने हो भने भारतसँगको खुला बोर्डर नै यो देशको उन्नतीको बाधक हो । हिमालयमा यति धेरै प्राकृतिक सम्पदा छ, भारतले त्यसमा आँखा गाडेको छ र त्यो सम्पदा आफ्नो देशको हितमा प्रयोग गर्न चाहन्छ । भारतले जे जति नेपाललाई दिएको छ, त्यसलाई सहयोग नभनेर उपकार गरेको ठान्दछ, हो यही ठुलदाईको सोच नै

बिस्तारबाद हो, व्यवहारले त्यो देखाएको छ । हर्बल मेडिसिनजस्तै अर्गानिक खेतीको पूरै विश्वमा ठूलो बजार छ ।
नेपालले अर्गानिक उत्पादन विश्व बजारमा पुर्याउन सक्यो भने जुन सामान आज भारतले रुपैयामा किन्दै छ त्यही सामान डलरमा बेच्न सक्छौं । नेपालको भूमिमा अर्गानिक खेती सम्भव छ । अर्गानिक खेतीलाई मात्र पनि राज्यले प्रोत्साहन गर्न सकेमा जनताको जीवनस्तरमा परिवर्तन आउनसक्छ । अहिले विश्व बजारमा अर्गानिक उत्पादनको माग व्यापक छ । हो यो कुरो भारत चाहदैन, एक त उत्पादन नहोस् यो चाहन्छ, अर्को उत्पादन भएमा विश्ववजारमा पुर्याउने पारवहनमा अवरोध पुर्याउँछ— अदुवा, अलैची, चीया र सुपारी उत्पादन गर्दै आएका किसानले यस्तो समस्या समय समयमा व्यहोर्दै आएका छन् ।

भारतले नेपालको जलविद्युत, भौतिक संरचनालगायत सबै क्षेत्रमा सहयोगको नाममा अवरोध पुर्याउँदै आएको छ । भारतको कृदृष्टि नेपालप्रति छ । भारत ¥याल काँढदै लोभी स्यालले जस्तै आशाको नजरले नेपाललाई हेरिरहेको छ । शस्त्रको बाटोमा हिँडेका मानिसलाई शान्तीको बाटोमा हिडाउन सकेको कार्यलाई नेपालको सफलता भन्नै पर्छ । नेपाल अब विकासको मार्गमा हिडेर सफल बन्न सक्यो भने हामीबाट पाठ सिकेर युद्धग्रस्त देशहरू यस मार्ग अवश्य अपनाउने छन् । यस्तो हुनु भनेको लोकतन्त्र प्रति संसारको विश्वास जाग्नु हो । किनभने, नेपाल लोकतन्त्रको माध्यमले विकासको गोरेटो खोज्दैछ, गोरेटो खोज्ने प्रयासमा लागेको छ । भारतको कतिपय व्यवहारबाट यो गोरेटो मासीयोस् भन्ने आशय बुझिएको छ ।
नेपाल बुद्धको भूमि हो, लोकतन्त्रको पक्षमा नेतृत्व वर्गले विचार पुर्याएर, लक्ष्य र संकल्पशक्ति लगाउने हो भने अबको एक दशकमा नेपालमा अजंगको विकाश हुन सक्छ । मलाई लाग्छ नेपालले विकासको इतिहास अवश्य रच्नेछ । भारत जहिले पनि मैत्री सम्बन्ध फलाकी रहेछ र अमैत्री व्यवहार गरिरहेछ । नेपालले आफ्ना छिमेकी देशसँग समानताको आधारमा मैत्री पूर्ण व्यवहार गर्नसक्यो भने शीखर चढ्न खासै धेरै समय लाग्दैन । नेपाल सार्वभौम राष्ट्र हो यो कुरा प्रत्येक नेपालीले आत्मसात गर्नै पर्छ । छिमेकीको व्यवहारबाट सचेत भएर समानताको आधारमा सम्बन्ध स्थापीतगरी देशको हितमा काम गरेमा यो पवित्र नेपाल स्वच्छ भै चम्कनेछ ।

  • शीतल गिरी

Tags:

सम्बन्धित समाचार