शिलु महादेव मन्दिरलाई फरक–फरक नामले चिनिन्छ । नेपाली भाषामा यस मन्दिरलाई शिलु महादेव मन्दिर भनेर चिनिन्छ, जुन चाहिँ गोसाइँकुण्डको नेवारी नामबाट आएको हो ।
शिलु महादेव !!
भक्तग्राम/ भक्तपुर/ ख्वपा !!
ई. १६१३ मा जग्ज्योति मल्ल भक्तपुरका राजा भए । विभिन्न योगदान (धार्मिक, कृषि,भाषा, संस्कृति, मठ मन्दिर लगायत)गरेका उनको २३ वर्षकाे शासनपछि ई. १६३६ मा निधन भयो । उनीपश्चात् छोरा जागतप्रकाश भक्तपुरका राजा भए । जगतप्रकाशकाे २८ वर्षकाे शासनपश्चात् उनको निधन (ई. १६७२) भयो।
जगतप्रकशकाे निधनपछि उनको छोरा जितामित्र राजा भए । उनको राज्यशासनमा कान्तिपुर र यलसँग खासै राम्रो राजनैतिक सम्बन्ध राम्रो भएन, यद्यपि यस्तो अस्थिर राजनीतिको चपेटामा भए पनि उनले केही निर्माण र विकासको काम गरेका थिए।
(शिलु महादेव मन्दिर भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा वि.सं १७०७ सालमा निर्माण भएको थियो भनिन्छ र केही विवरणका अनुसार यो मन्दिर जितामित्र मल्लको शासन कालमा ठडिएको भनिन्छ । शिलु महादेव या फसी:देग (फर्सी जस्तो देखिएको ले), खोज अझै जारी छ।)
यिनले कालियदमन मूर्ति स्थापना, जलद्रोणीकाे निर्माण, कुमारीचोककाे जीर्णोद्धार, अष्टमातृकाकाे प्रतिष्ठापन र विश्वनाथ महादेवकाे स्थापना गरेका थिए। थु थु दरबार पनि यिनले बनाएका थिए ।
सङ्गीत र भाषामा दखल राख्ने जितामित्रले भक्तपुरमा राजकुलो र पिउने पानीको व्यवस्था अनि ढुङ्गे धाराहरूको निर्माण पनि गरेका थिए ।
भक्तग्राम/ भक्तपुर/ ख्वपा !!
शिलु महादेव मन्दिर भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा वि.सं १७०७ सालमा निर्माण भएको थियो भनिन्छ र केही विवरणका अनुसार यो मन्दिर जितामित्र मल्लको शासनकालमा बनेको भनिए पनि विसं १९१० सालमा बेलायती चित्रकार हेनरी एम्ब्रोस ओल्डफिल्डले लेखेका थिए कि शिलु महादेव नेपालकै सबैभन्दा ठुलो ग्रन्थकुट वा शिखर शैलीको मन्दिर हो भने र।
शिलु महादेव मन्दिरको चारै दिशामा उडान सिंहहरू स्थापित छन् जुन चाहिँ भक्तपुरको नृत्यवत्सला मन्दिर र ललितपुरको कृष्ण मन्दिरमा पनि देख्न सकिन्छ । साथै, स्थापित सुरक्षा ढुङ्गाहरूले तपाईँलाई त्यो मन्दिर पहिचान गर्न मद्दत गर्नेछ । ती सुरक्षात्मक ढुङ्गाहरूमा हात्ती, सिंह र गोरुको जोडी समावेश छ । कुनै न कुनै रूपमा, यस गुम्बज जस्तो मन्दिरको अगाडि यी उभिएका मूर्तिहरूले तपाईँलाई यसको पाँच-तहको खुड्किला पार गर्न लगायो । मञ्चका ती पाँच तहहरू पञ्चमहाप्रेताको प्रतीक हुनसक्छन् भनी मानिसहरूले विश्वास गर्ने गरेको अझै देखिन्छ । पञ्च महाप्रेतामा रुद्र, ईश्वर, विष्णु, ब्रह्मा र सदाशिव पर्दछन् । त्यो विनाशकारी भूकम्पमा पनि यहाँको शिवलिंग मन्दिरमा केही हानि नोक्सानी भएन । मन्दिरमा शिवलिंगको आशीर्वाद छ, जुन २०१५ को भूकम्पसँगै रहस्यमय ढङ्गमा ठडिएको छ।
शिलु महादेव मन्दिरलाई फरक–फरक नामले चिनिन्छ । नेपाली भाषामा यस मन्दिरलाई शिलु महादेव मन्दिर भनेर चिनिन्छ, जुन चाहिँ गोसाइँकुण्डको नेवारी नामबाट आएको हो । अर्को नाम फसी देग मन्दिर वा सरल रूपमा “फसी देग” अथवा “फसी:देग” (फर्सी मन्दिर; किनभने यो मन्दिर फर्सी जस्तो देखिन्थ्यो) पनि व्यापक रूपमा प्रयोग गरिन्छ। अर्को नाम नीलकण्ठेश्वर महादेव मन्दिर पनि हो ।
सन् १९९० अघिको चुचुरो शैलीमा मन्दिरको पुनर्निर्माण भइरहेको छ । राजा जयप्रकाश मल्लको पालामा १७०७ मा बनेको नीलकण्ठेश्वर महादेवको नामले पनि चिनिने ऐतिहासिक शिलु महादेव मन्दिरमा अहिले केही परिवर्तन भएका छन् । भक्तपुर दरबार स्क्वायरमा रहेको गोसाइँकुण्डको नामले पनि चिनिने यस मन्दिरको चारैतिर उडिरहेका सिंहहरू बसाइएका छन् । ८८ वर्षअघि भक्तपुर नगरपालिकाको पुरानो भवनको ढोकामा मन्दिर भत्किएपछि भक्तपुर नगरपालिका–७ मा रहेको गहहिटी (ढुङ्गाको खोला) को दाहिने र देब्रेपट्टि दुईवटा सिंह राखिएको थियो । स्मारक संरक्षण तथा दरबार मर्मत सम्भार कार्यालयले केही हदसम्म पुनर्निर्माणकाे कामलाई तीव्रता दिएको छ।
लिच्छवी र मल्लकालदेखि नै मन्दिरको पेटीको पाँचमध्ये तीन तहमा जनावर राख्ने चलन छ । शिलु महादेव मन्दिरमा हात्तीलाई सबैभन्दा तल्लो तहमा, दोस्रो तहमा सिंह र त्यसभन्दा माथि गोरुलाई/ साँढे राखिएको छ । मन्दिरको देवताको संरक्षकका रूपमा सिंह र अन्य जनावरहरूलाई ढोका वा सिँढीमा राख्ने ऐतिहासिक परम्परा हो । यो धार्मिक आस्थासँग पनि जोडिएको छ ।
शिलुलाई नेवारी भाषामा गोसाईंकुण्ड भनिन्छ । गोसाइँकुण्डकाे तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी (आमा बाबा) र अशक्तहरूका लागि यो मन्दिर बनाइएको थियो । यो मन्दिर सुरुमा शिखर शैलीमा बनेको थियो । १७ औँ शताब्दीतिर यो मन्दिर निर्माण गरिएको स्थानीय बासिन्दा (जीआर रञ्जित सर)ले बताउनुभयो । लगभग पुरानै शैलीमामा पुनर्निर्माण गरिएको यस मन्दिरको दाहिने र देब्रेपट्टि अन्य दुईवटा मन्दिर रहेको पुरानो तस्बिरमा देख्न सकिन्छ । सन् १९९० अघि यस मन्दिरको देब्रे कुनामा हरिशङ्करको मन्दिर थियो । नेपाली भाषामा लापा देग अर्थात् बाटो काटेर बनेको मन्दिर वा देवल भनेर चिनिने यो मन्दिर अहिले यहाँ देखिँदैन । सन् १९९० को भूकम्पमा यो मन्दिर भत्किएपछि पुनर्निर्माण नहुँदा मन्दिर हेर्न पाइँदैन र मूर्ति राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरमा राखिएको छ । शिलु महादेव मन्दिरको दायाँपट्टि भुईँ तल्लामा दक्षिणामूर्तिको मन्दिर र माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुको मन्दिर छ । सन् १९६५ र १९९० को भूकम्पमा ध्वस्त भएको तीनतले गुम्बज शैलीको मन्दिर सन् १९९० पछि पुनर्निर्माण भएन र फोटोमा मात्रै देख्न सकिन्छ ।