hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

कुखुरा नबास्ने कुन्छाल गाउँ

नेपालमा पर्यटनका लागि इतिहासभित्र लुकेर रहेको जीवित संग्रहालय भएका गाउँ पनि छन् । पर्यटनका लागि मकवानपुरको थाहा नगरपालिका–१ मा पर्ने कुन्छाल गाउँ नेपालकै एउटा अनौठो गाउँ मानिन्छ ।

image

पर्यटन केवल रमाइलो गर्ने वा मनोरञ्जन प्राप्त गर्ने यात्रा मात्र होइन । पर्यटन ऐतिहासिक ज्ञान प्राप्त गर्ने महत्वपूर्ण माध्यम पनि हो । विशेष गरी इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि पर्यटन नयाँ ठाउँको भौगोलिक दृष्यावलोकन मात्र नभएर पुगेको ठाउँको ऐतिहासिक कुरा जान्ने उत्सुकता हुन्छ । इतिहास पर्यटनको क्षेत्रमा गहिरो रुपमा जोडिएको विषय हुन्छ । पर्यटनको क्षेत्रमा इतिहास कहिल्यै पुरानो हुँदैन । इतिहास सर्वव्यापक हुन्छ । सबै चीज वा वस्तुमा इतिहास लुकेको छ । तर सबै इतिहास दृश्यमान हुँदैन । इतिहासका कतिपय पाटा अदृश्य हुन्छन् । इतिहास कसैको मौलिक रचना हुँदैन । इतिहास त तथ्यगत ऐतिहासिक स्रोत सामग्रीको आधारमा तयार पारिएको लिखत हुन्छ ।

नेपालमा पर्यटनका लागि इतिहासभित्र लुकेर रहेको जीवित संग्रहालय भएका गाउँ पनि छन् । पर्यटनका लागि मकवानपुरको थाहा नगरपालिका–१ मा पर्ने कुन्छाल गाउँ नेपालकै एउटा अनौठो गाउँ मानिन्छ । कुन्छाल गाउँमा पर्यटकहरुले जीवित संग्रहालयको अनुभूति गर्न सक्छन् । जीवित संग्रहालयमा पर्यटकहरुले इतिहास, संस्कृति, परम्परा, जीवनशैली कुन्छाल गाउँको जीवनशैलीलाई जीवितरुपमा देख्न सक्छन् । जीवित संग्रहालयले पर्यटकहरुलाई इतिहास र संस्कृतिको सजीव अनुभव गराउने माध्यम र अनुभव पनि दिन्छ । कुञ्छाल गाउँ जीवित संग्रहालय हो । कुन्छाल गाउँमा लोपोन्मुख परम्परा, कला र संस्कृति जोगाउन कुन्छालका सबै मानिस लागेका छन् । पर्यटकहरुले गोपाली वंशको इतिहास, संस्कृति, रहनसहन आदि कुरामा चासो राख्छन् । नेपालको इतिहासमा पहिलो शासकीय वंश गोपालवंश मानिन्छ । गोप भन्नाले गाई पालन गर्ने, पाल भन्नाले रक्षा गर्ने भन्ने हुन्छ । गोपालीहरुलाई पशुपतिनाथको प्रारम्भिक रक्षक तथा उपत्यकाको प्राचीन वैदिक समाजका संरक्षकका रुपमा लिइन्छ । इतिहासकार लेखनाथ पौड्यालका अनुसार, गोपालवंशीहरुले पशुपति क्षेत्रको रक्षा गर्दै उपत्यकामा सात पुस्तासम्म शासन गरेका थिए ।

कुन्छाल गाउँका गोपालीहरु नेपालका प्राचीन शासक गोपाल वंशका सन्तान मानिन्छन् । कुन्छाल गाउँमा गोपाली समुदायको मौलिक संस्कृति, परम्परागत घरहरु र जीवनशैली जीवित संग्रहालयको रुपमा पर्यटकहरुले अवलोकन गर्न सक्छन् । कुन्छाल गाउँ पुग्ने पर्यटकहरुले गोपालीहरुको इतिहास खोज्छन् । कुन्छाल गाउँलाई चिन्न नेपालको प्राचीन इतिहासको पाना पल्टाउनुपर्ने हुन्छ । नेपालमा शासन गर्ने वंशहरुबारे लेखिएको इतिहासका पानामा सबैभन्दा पहिला गोपाल वंशका शासक थिए । यिनीहरुको मुख्य पेशा गाई पालन थियो । गाई पालन मुख्य पेशा भएकोले यिनीहरुलाई गोपाल भनिन्थ्यो । यसै कारणले गर्दा गोपाल वंश भनियो । उपत्यकामा चौथो शताब्दीतिर लिच्छवी वंश भारतको बिहार क्षेत्रबाट प्रवेश गरे । लिच्छवी वंशको प्रवेशसँगै गोपालवंशी राजाहरुले सत्ता गुमाउनुपर्यो । लिच्छवीहरुले गोपाली वंशहरुलाई उपत्यका बाहिर पठाउने नीति अपनाए । गोपालवंशीहरुको समाजले वर्णव्यवस्थामा स्थान गुमाएपछि गाईपालन र खेतीका लागि कुन्छाल गाउँमा प्रशस्त घाँस, पानी, जंगल भएको हुँदा गोपालीहरुले कुन्छाल गाउँलाई आफ्नो बासस्थान बनाएको इतिहास छ ।

नेपालमा सबैभन्दा पहिला शासन गरेका गोपालहरुको वंशको बसोबास कुन्छाल गाउँमा छ । त्यसैले कुन्छाललाई गोपाली गाउँ पनि भनिन्छ । जहाँ गोपाली समुदायको मात्रै बसोबास छ । टिस्टुङ–पालुङ उपत्यकाको उत्तर–पश्चिमी कुनामा रहेको कुन्छाल गाउँमा प्रवेश गर्ना साथ पर्यटकहरुले दौरा–सुरुवाल र इस्टकोटमा सजिएर पिँढीमा बसेर हुक्का तान्दै गरेका हजुरबाहरु, हाकुपटासीमा सजिएका आमाहरु, झ्यालबाट गर्दन तन्काउँदै बाटो नियालिरहेका वृद्ध–वृद्धाहरु नयाँ मान्छे देख्ने बित्तिकै सोधिहाल्छन् बाबु नानीहरु कहाँबाट आयौ ? भोक तिर्खा लाग्यो होला, चिया खाने हो ? एउटा सुन्दर हरियाली थुम्काको काखमा काँचो इँटाले बनेका उस्तै खालका अग्ला–अग्ला दुई र तीन तले गाउँले घरहरु एकै ठाउँमा झुप्प मिलेर बसेका छन् । एउटै रंग र आकार प्रकारका टायलले छाएका दुई पाखे छानो अनि बुट्टे झ्याल ढोकाहरु । छानोलाई टेको दिइरहेका टुँडाल अनि तिनमा झुन्डिइरहेका मकैका झुत्ताहरु, बुट्टे झ्यालसँगैका साना साना बार्दलीहरु घरलाई झनै सुन्दर देखाउन गहना बनेका छन् । झट्ट हेर्दा लाग्छ, निकै पुरानो बस्ती हो । जति नजिक पुगियो, त्यति नै अग्ला देखिन्छन् घरहरु । गाउँभित्र पसेर हेर्दा गगनचुम्बी महल जस्तै देखिन्छन् । घरको आँगन छेउछाउमा बाँधिएका गाई, भैंसी र गोबरको गन्ध अनि सँगै खेलिरहेका, हुल बाँधेर यताउता ओहोरदोहोर गरिरहेका हाँसका बथानहरुले गाउँको सुगन्ध दिन्छ ।

पर्यटकहरुलाई कुन्छाल गाउँभित्रका दृश्यहरुले अर्कै लोकमा पुगेको अनुभूति गराउँछ । त्यसमाथि गाउँका बासिन्दाहरुले प्रेम र सद्भावले भरिएका यस्ता प्रश्नहरु पर्यटकहरुलाई गर्दा साँच्चै भावविभोर बनाउँछ । पर्यटकहरु गाउँमा पुग्दा प्राचीनकाल र प्राचीन गाउँमा पुगेको अनुभूति गराउँछ । गाउँमा रहेका प्राचीनता झल्कने घर, मठ मन्दिर, पाटी पौवा, धारा, गाउँलेहरुको जीवनशैली, उनीहरुले प्रयोग गर्ने परम्परागत प्रविधि, विश्वास, मूल्य मान्यता, सामाजिक संरचना, सामूहिकता, सद्भाव र सहअस्तित्वको भावनाले प्राचीनताको झल्को दिन्छ । जहाँ मानवता जीवित छ, सांस्कृतिक मूल्यमान्यताले भरिपूर्ण, परम्परागत प्रविधिले सम्पन्न जीवनशैली, कृषिमा आधारित आत्मनिर्भर अर्थतन्त्र भएको अर्थात् जीवित संग्रहालय कुन्छाल पुग्ने पर्यटकले अनुभव गर्न सक्छन् । पर्यटकहरुलाई अचम्म लाग्ने कुरा त झनै अर्कै छ । कुन्छाल गाउँमा कुखुरा बास्दैन । किनकि कुन्छाल गाउँमा कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिकाको कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्रायःले हाँस पालेकै हुन्छन् । यी बस्तीमा गोपाली समुदायको बसोबास रहेको छ । कुन्छाल गाउँमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनन् । कुन्छाल गाउँमा भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाउने गरिन्छ । कुन्छाल गाउँको सामाजिक प्रचलन पनि अनौठो छ । अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन ।

कुन्छाल गाउँमा जीवित संग्रहालय भएको कारणले आजभोलि धेरै पर्यटकहरु पुग्छन् । इतिहास र संस्कृतिमा रुचि राख्ने पर्यटकहरु कुन्छाल गाउँमा गहिरो अध्ययन अनुसन्धान गर्दछन् । कुन्छाल गाउँमा तीन सय वर्ष पुराना घर मात्र होइन, तीन सय वर्ष अगाडि बनेका ढुङ्गेधाराको पानी पिउन पनि पाइन्छ । पर्यटनका लागि कुन्छाल गाउँ झट्ट हेर्दा स्वीटजरल्याण्ड र इटलीतिर देखिने गाउँभन्दा कम देखिँदैन । हरियाली वातावरणको बीचमा कुञ्छाल गाउँ अत्यन्तै सुन्दर छ । बुट्टेदार झ्याल र रातो टायलका छानो भएका पुराना घर पर्यटकहरुले टाढाबाट हेर्दा पनि आकर्षण देखिन्छ । प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कुञ्छाल गाउँमा पर्यटकहरुका लागि सामुदायिक घरबास अर्थात् होमस्टे सञ्चालनमा छ । कुञ्छाल गाउँलाई त्यहाँ उपलब्ध शिलालेख र ताम्रपत्रहरुका आधारमा तीन सय वर्ष पुरानो मानिए पनि स्थानीयहरुका अनुसार सय होइन, हजारौं वर्ष इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ मान्न सकिने बताउँछन् । कुन्छाल गाउँलाई आजसम्म प्राकृतिक प्रकोपले पनि कहिल्यै क्षति पु¥याएको छैन । लिच्छवीकालीन राजा अंशुवर्माको समेत शिलालेख रहेको भनिएको कुन्छाल गाउँको तथ्यगत इतिहास भने तीन सय वर्ष पुरानो छ । कुन्छाल गाउँ वरपरका अन्य गाउँमा नेवाः समुदायभित्रका मिश्रित जातिको बसाइ रहे पनि कुन्छाल गाउँमा भने केवल ग्वाला समुदाय अर्थात गोपालवंशीहरुको मात्र बसाइ रहेको छ ।

कुन्छाल जान त्रिभुवन राजपथ हुँदै टिस्टुङ पुग्नुपर्दछ । टिस्टुङ पुगेपछि बज्रबाराही मन्दिर नजिकै सबैका आँखा पर्छन् । एकनासका घर ढुँगा, ईंटा र माटोबाट बनेका घरमा टायलको छाना भएको सुन्दर गाउँ कुन्छाल । कुन्छाल गाउँमा गोपाली वंशका २५० घर छन् । गोपाली थरका मानिसहरु साँस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध छन् । गाउँको घना बस्तीमाथी जंगल, बाह्रै महिना हरियाली देखिने खेत र बारी । एउटै विशाल ढुँगामाथि बसेको बस्ती, गाउँमा चटयाङ समेत पर्दैन । नब्बे साल र ७२ सालको भुइँचालोले समेत कुन्छाल गाउँमा क्षति भएन । वरिपरी हरिया डाँडा अनि खेतहरुले भरिएको कुन्छाल गाउँका घरहरुले त्यहाँ घुम्न जाने पर्यटकलाई मोहित बनाउँछ । कुन्छाल गाउँ पर्यटकीय हिसाबले मात्र नभएर ऐतिहासिक दृष्टिले पनि निकै महत्व मानिन्छ । गाउँमा मानिसहरु गाईपालनसँगै खेती किसानी गरेर जीविकोपार्जन गरिरहेका छन् । विशेष गरेर कुन्छालका मानिसहरु व्यावसायिक तरकारी खेती गर्दछन् । कुन्छाल गाउँका गोपाली जातिको मौलिक कला संस्कृति, उनीहरुको पहिचानसँग जोडिएको बस्ती र परिवेश अवलोकन गर्न पर्यटकहरु कुन्छाल पुग्ने गर्दछन् ।

नेपालका मुखिया प्रथाहरु अन्त भएको धेरै बर्ष भयो । तर कुन्छाल गाउँमा भने अझै पनि गाउँमाथिको डाँडोमा गएर उर्दी लगाउने गर्छन् । उर्दी लगाएपछि सबै भनेको ठाउँमा जम्मा हुनु पर्दछ । कुन्छाल गाउँमाथि डाँडामा गएर आज फलानोको रोपार्इं छ है, भनेर कराएपछि सबै जुट्छन् । खेत खन्ने बेला, धान गोड्ने बेला वा धान रोप्ने बेलामा उर्दीका भरमा सिंगो गाउँ जम्मा हुने गर्दछ । कुन्छाल गाउँको मुखिया प्रथालाई उनीहरुले थकाली प्रथाका रुपमा मान्दै आएका छन् । कुन्छालमा जो पाको हुन्छ उसैलाई थकालीका रुपमा मान्ने चलन छ । एउटा थकाली अर्थात् मुखिया हुन्छ भने अरु पाँचजना मुखियाका सहयोगी रहने गर्छन् । सामूहिकतामा विश्वास गर्ने कुन्छाल गाउँका गोपालीहरु खेतीको काम गर्ने बेला एकै ठाउँमा खाना खाने गर्छन् । विशेषगरी वैशाख र मंसिरमा सिंगो गाउँका लागि एउटै डेक्चीमा खाना पाक्छ । कुन्छालका मानिस बोल्ने क्रममा लवज नेवारी जस्तो लागे पनि ठेट नेवारी भन्दा अलि फरक भाषा बोल्छन् । कुन्छालका मानिसले आफूलाई ब्राह्मण भन्दा माथिको जात मान्ने गरेका छ ।

कुन्छाल गाउँमा पञ्चायतकालसम्म आफ्नो थर ग्वाला लेख्ने गरेका थिए । तर ती ग्वालाहरुपछि एकाएक कसरी गोपाली भए ? ग्वालाबाट गोपाली भएको पञ्चायतकालमा नै हो । जुन बेलाका प्रधानपञ्च रामलाल ग्वालालाई ग्वाला भन्न र लेख्न अफ्ठ्यारो लागेछ । उनले त्यसपछि ग्वाला थरलाई गोपाली बनाएछन् । त्यसभन्दा अघिका नागरिकता र लालपुर्जाहरुमा ग्वाला नै लेखिएको छ । मकवानपुर जिल्ला मालपोतमा अहिले पनि ग्वाला थरका कागजात भेटिन्छन् । कुन्छाल गाउँका बासिन्दाबीच सामान्य भनाभन भए पनि आजसम्म अदालती मुद्दा परेको छैन । सामान्य मुद्दाहरु गाउँका मुखियाले नै मिलाउने गरेका छन् । अहिले कुन्छाल गाउँमा एग्रो टुरिज्मको विकास भएको छ । गाउँलेहरु कृषिकर्ममा रमेका छन् । उनीहरु धान, आलु, गहुँ, मकै र मौसमी तरकारी फलाउँछन् । गाउँमा घुम्न जाने पर्यटकले कुन्छालमा दुई रात सजिलै बिताउन सकिन्छ । गाउँका दर्जन भन्दा बढी घरमा होमस्टे सुविधा छ । पर्यटकको इच्छा अनुसार होमस्टे व्यवस्थापन समितिले डबलीमा साँस्कृतिक कार्यक्रम देखाउँछ । साँस्कृतिक कार्यक्रममा हिले नाचका झलक देखाइन्छ । कुन्छालबाट गुन्द्रुक, सिजनेवल तरकारी, सन्चाना, किवी र भुइँ स्याउ कोसेलीको रुपमा पर्यटकहरुले लिने गर्दछन् ।

कुन्छाल गाउँमा पुग्दा पर्यटकहरुले पदमार्गमा समेत रमाउन सक्छन् । पदयात्रा गर्दा पर्यटकहरुले बज्रवाराहीको सरस्वती बजारबाट वाराहीचौर हुँदै नासपाती बगैँचा हुँदै कुन्छाल गाउँ अवलोकन र गणेश मन्दिर दर्शनपश्चात टिस्टुङको वनस्पति उद्यानमा पुग्न सकिन्छ । उद्यानबाट विश्रामसहित ग्रामीण क्षेत्रको जीवनशैली र प्रकृतिको मनोरमताको अवलोकन गर्न समेत पर्यटकहरुले सक्छन् । वनस्पति उद्यानबाट कार्कीछाप गाउँको दैनिकी किसानको जीवनशैली, गोठालाको अनुभव, प्राकृतिक मनोरम दृश्यावलोकन, खेतीपाती गर्दै गौखुरेश्वर महादेवको दर्शन गर्न सकिन्छ । ढल्टगाउँको अवलोकन गरेपछि अध्याय रिसोर्ट हुँदै उन्मत्तेश्वर महादेवको मन्दिर दर्शन गरी कोत दरबारको अवलोकन पश्चात थाहा नगरकै प्रमुख शक्तिपीठका रुपमा रहेको बाराही मन्दिर र सँगैको चौरबाट जंगल सफारीमा प्रकृतिसँग लुकामारी गर्न सकिन्छ । पर्यटकहरुलाई बाराही मन्दिरबाट उकालो हिँडेर पुगिने बाराही डाँडामा पुग्दा यात्राका सबै थकान मेटिएको अनुभव हुन्छ । निकै मनोरञ्जनात्मक र साहसी पैदलयात्री जस्तै अनुभव गर्न सकिने यस मार्गको दूरी करिब १६ किलोमिटर पर्दछ । बाराही डाँडाबाट पुनः जगंल सफारीसँगै नन्दिकेश्वर महादेव दर्शन गरेर पदयात्राको अन्त्य हुन्छ ।

नेपालमा पहिलो पल्ट चन्द्रशमशेर राणाको पालामा चित्लाङ र टिस्टुङका स्थानीयहरुले गाडी बोकेर उपत्यका पु¥याउने ऐतिहासिक गोरेटो राजमार्ग पनि कुन्छालमा छ । यस्ता धेरै इतिहास बोकेको यो क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा पनि धनी छ । सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको कोट दरबार पनि टिस्टुङमै रहेको छ । अहिले दरबारको भग्नावशेष मात्र रहेको छ भने कोटदरबार नजिक तलेजु भवानीको मन्दिर रहेको छ । टिस्टुङमा केही आधुनिक शैलीका घर सडकछेउमा बने पनि अधिकांश घर पुरानै नेवारी शैलीका छन् । टिस्टुङ उपत्यका कुलेखानी जलविद्युतका लागि जलाधार र काठमाडौं उपत्यकाका लागि तरकारीको प्रमुख आपूर्ति गर्ने उपत्यका हो । टिस्टुङ उपत्यका प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र र साँस्कृतिक वस्तीका रुपमा रहेको मकवानपुरको टिस्टुङ पालुङ र चित्लाङ क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा परिचित छ ।

कसरी पुग्ने

कुन्छाल गाउँ जान काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथको यात्रा गर्नुपर्दछ । त्यसैगरी, नयाँ खोलिएको थानकोट–चित्लाङको बाटो हुँदै पनि ३० किलोमिटरको यात्रामा कुन्छाल पुग्न सकिन्छ । अर्कोतर्फ फर्पिङ–फाखेल–मार्खु हुँदै जाने हो भने ५५ किलोमिटर यात्रामा कुन्छाल गाउँ पुग्न सकिन्छ । हेटौंडा अथवा पोखरादेखि कुन्छाल जान त्रिभुवन राजमार्गमा पर्ने टिष्टुङ पुग्नुपर्दछ । टिष्टुङ छाडेर ढुंगा छापेको बाटो उक्लेपछि कुन्छाल गाउँ पुग्न सकिन्छ ।

(नयाँ युगबोध राष्ट्रिय दैनिकबाट)

सम्बन्धित समाचार