शुक्रबार , मंग्सिर २३, २०७९

मधुले राजेश हमालको खुट्टा ढोग्नु सहि कि गलत ?

image

काठमाडौं । आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता राजेश हमाल सधै‌ टीकाको भोलिपल्ट टीका लगाउँछन् ।

यसपटक दिदी र भिनाजुको हातबाट हमाल दम्पतीले टीका ग्रहण गरेका थिए । त्यसपछि हमालले मधु र निकट सहकर्मीलाई पनि बोलाएर टीका लगाइदिएका थिए र टीका थापेपछि मधुले हमालको खुट्टामा ढोगेकी थिइन् ।

मधुले खुट्टा ढोगेको तस्वीर अहिले ट्वीटर र फेसबुकमा भाइरल बनिरहेको छ । यो तस्वीरमाथि पक्ष र विपक्षमा फ्यानले मत जाहेर गरेका छन् ।

कतिपयले खुट्टा ढोग्नु हुँदैन किन ढोग्ने भन्दै प्रतिक्रिया दिएका छन् भने कतिपयले ढोगेको कति राम्रो देखिएको भन्दै प्रशंसा गरेका छन् ।

यो तस्वीरको पक्षमा समर्थन गर्नेहरु पनि प्रशस्तै छन् । विरोध गर्नेहरु पनि उत्तिकै । यसैमा आधारित रहेर नारिवादी लेखक सरिता तिवारी लेख्छिन्, ‘दाईले भाउजूलाई स‌ंस्कारी, सुशील बन्ने तालिम दिनु भएको रहेछ । यो देखेपछि दाई कुन चेतनाले चल्नुहुन्छ थाहा हुन्छ । मलाई त नेपाली सिनेमाका कलाकारहरूमाथि खासै अपेक्षा थिएन ।’

अर्का हेमजङ देवकोटा लेख्नुहुन्छ, ‘श्रीमान्को खुट्टा ढोग्नु हाम्रो संस्कार हो । यो विवाद गर्नुपर्ने ठूलो विषय होइन ।’

सम्बन्धित समाचार